काठमाडौं— काठमाडौं महानगरपालिकाले थापाथलीमा नक्साबिना बनाइएका अवैध संरचनामा डोजर चलाएको छ ।

महानगरको वडा नम्बर ११ थापाथली चोकबाट त्रिपुरेश्वर जाने मोडमा रहेका संरचनामा डोजर चलाइएको हो ।

महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले गुठीसँग समन्वय गरेर डोजर चलाइएको बताए ।

“गुठीसँग समन्वय गरेर भत्काएका छौँ । त्यहाँ बनेका संरचना अवैध हुन् । नक्साविना बनेका थिए,” उनले भने ।

महानगरले लामो समयदेखि आफ्नो क्षेत्रभित्र पर्ने अवैध घरटहरामा डोजर चलाउँदै आएको छ ।