काठमाडौं— संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको आइतबार जारी अमेरिकाविरुद्धको खेलमा नेपालले पाँचौं विकेट लिएको छ ।
अमेरिकाको पाँचौं विकेट दीपेन्द्रसिंह ऐरीले लिएका हुन् । दीपेन्द्रले अमेरिकी ब्याट्सम्यान सायान जहाँगिरलाई ११ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काए ।
दीपेन्द्रले सायानलाई आरिफ शेखमार्फत क्याच गराए । ४०औं ओभरको दोस्रो बलमा जहाँगिर आउट हुँदा अमेरिकाले एक सय ७१ रन बनाएको छ ।




































