काठमाडौं— आगामी फागुनदेखि राष्ट्रियसभाका १९ जना सांसदको कार्यकाल समाप्त हुँदैछ। तीमध्ये सबैभन्दा धेरै, आठ जना सांसद नेपाल कम्युनिस्ट पार्टी (एमाले) का रहेका छन्।संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार कार्यकाल सकिने सांसदहरूमा नेकपा (माओवादी केन्द्र) का सात, नेकपा (एमाले) का आठ, एकीकृत समाजवादीका एक, जनता समाजवादी पार्टी (जसपा) का एक, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का एक र राष्ट्रपतिबाट मनोनीत एक जना सांसद छन्।राष्ट्रपतिबाट मनोनीत सांसद वामदेव गौतम पनि यसपटक कार्यकाल समाप्त भई बिदा हुने सांसदमा परेका छन्।माओवादी केन्द्रबाट बिदा हुने सांसदहरूमा गोपीबहादुर सार्की अछामी, गङ्गाकुम
रोल्पा— थबाङ गाउँपालिका–२ की वडाध्यक्ष अभिलाषा रोका मगरले गाउँपालिकाको उदासीनताप्रति असन्तुष्टि जनाउँदै वडा कार्यालय बन्द गरेर गाउँपालिका कार्यालयलाई साँचो बुझाएकी छन्।विकास निर्माणका काममा पालिकाले चासो नदेखाएको आरोप लगाउँदै वडाध्यक्ष रोकामगरले यस्तो कदम चालेकी हुन्। उनीका अनुसार लामो समयदेखि अवरुद्ध ग्रामीण सडक सञ्चालनमा नआएको, केन्द्रीय विद्युत् प्रसारण लाइनको काममा ढिलाइ भइरहेको र समग्र विकास कार्यमा पालिकाले ध्यान नदिएको कारण उनले साँचो बुझाउने निर्णय लिएकी हुन्।‘गाउँपालिकाको नेतृत्वले समस्याप्रति चासो नदेखाएपछि बाध्य भएर कार्यालय बन्द गर्नुपर्यो,’ उनले भनिन्। माग पूरा नभए राजीनामा दिने
काठमाडौं— आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दै छ।दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ। लिग–२ चक्रको यो ८८ औं खेल हो। एकदिवसीय अन्तर्राष्ट्रियमा कमजोर फर्ममा रहेका दुवैका दुई लागि यो खेल पुनरागमन गर्ने अवसरसमेत हो। यस त्रिकोणात्मक सिरिजमा दुबै एसियाली टोलीले अमेरिकासँग हार बेहोरिसकेका छन्।नेपालले पछिल्लो खेलमा अमेरिकासँग १०६ रनले लज्जास्पद हार बेहोरेको थियो। यूएई पनि अमेरिकासँग ४ विकेटको हारपछि यस खेलका लागि प्रतिस्पर्धामा उत्रिन लागेको हो।नेपाल र यूएईले हालसम्म एक अर्काविरूद
काठमाडौं— काठमाडौंबाट धनगढीका लागि छुटेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना भएको छ । गएराति २ बजेतिर पैदलयात्रुले झुक्काउँदा कपिलबस्तु शिवराज नगरपालिका–१ बनकसबासमा बा.प्र. ०१–००६ ख ८५०६ नं.को बस दुर्घटना भएको हो ।बस अनियन्त्रित भएर पल्टिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने पैदलयात्री हुन् ।उनको पहिचान नखुलेको कपिलवस्तुका प्रहरी प्रमुख सन्तोष आचार्यले जानकारी दिए ।यस्तै, बसमा सवार १७ जना यात्रुमध्ये ५ जना घाइते भएका छन् ।उनीहरूको संजिवनी सामुदायिक अस्पताल, चन्द्रौटामा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य छ ।
बैतडी— जिल्लाको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप मेलौली नगरपालिका–७ स्वाखानीमा गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा केहीबेर अघि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले बताए ।अन्य घाइतेहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
काठमाडौं— भारतको पूर्वी राज्य बिहार र झारखण्डमा छठ पूजाको अवसरमा नुहाउन नदी तथा तलाउमा डुबुल्की मार्ने क्रममा कम्तीमा १३३ व्यक्तिको डुबेर मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।बिहारमा डुबेर १०८ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । छिमेकी मुलुक झारखण्डमा यसरी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ ।छठपर्व मनाउने क्रममा यी प्रदेशका विभिन्न जिल्लाका नदीनाला र अन्य जलाशयमा डुबेर मृत्यु भएको हो ।स्थानीय प्रशासनले बेपत्ताको खोजीका लागि विपद् व्यवस्थापन बलको टोलीहरू परिचालन गरेको जनाएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार गोताखोर र प्रहरीको टोली खोजी तथा उद्धारमा संलग्न रहेको छ
काठमाडौं— सरकारले राष्ट्रिय सभा सदस्यका रिक्त पद पूर्तिका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले माघ ११ गते आइतबारका दिन निर्वाचन गराउने मिति तोकेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।सरकारका प्रवक्ता खरेलका अनुसार बैठकले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची–२ मा संशोधन गर्ने निर्णय पनि गरेको छ। सो संशोधनमार्फत स्वकीय सचिवालयको दरबन्दी घटाइने भएको छ।त्यस्तै बैठकले कतारको दोहामा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट कार्यक्रममा स
काठमाडौं— नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले पदबाट राजीनामा दिएका छन्। उनले बुधवार नेपाल प्रहरीका निरीक्षक महासंचालक (आईजीपी) को सचिवालयमा राजीनामा बुझाएको सचिवालय स्रोतले जानकारी दिएको छ।रानाभाट २०५८ सालमा प्रहरी इन्स्पेक्टरका रूपमा सेवामा प्रवेश गरेका थिए। गत साउनमा ११ जना एसपीलाई एसएसपीमा बढुवा गर्दा उनी पनि सो सूचीमा परेका थिए। हालसम्म उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए।परिवारका सबै सदस्य लन्डनमा बसोबास गर्दै आएको र उनीहरूसँग रहन चाहेकै कारणले राजीनामा दिएको रानाभाटले बताएका छन्।
काठमाडौं— पछिल्ला तीन कारोबार दिनदेखि उकालो लाग्दै आएको नेप्से परिसूचक बुधबार सामान्य करेक्सनसहित घटेर बन्द भएको छ । बजार बढेको मौकामा लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि करेक्सन देखिएको हो । बुधबार नेप्से परिसूचक ५.१७ अंक घटेर २,५६६.१६ विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स १.५६ अंकले कम भएको छ भने फ्लोट इन्डेक्स ०.५७ अंक र सेन्सेटिभ फ्ल
काठमाडौं— नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्रको एकता र आत्मविश्वास सुदृढ गर्न आग्रह गरेका छन् । वीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको ‘वर्तमान राजनीतिक विषयमा केन्द्रित’ कार्यक्रममा बोल्दै उनले पार्टीभित्रका मतभेदलाई छोडेर एकताको आवश्यकता रहेको बताए । उनले अहिले देश गम्भीर संकटमा रहेको र यस्तो अवस्थामा कांग्रेस नेतृत्वले संगठनलाई सशक्त र एकताबद्ध बनाउनुपर्ने बेला आएको बताए । उनले भने, ‘पार्टीको मूल मर्म र भावनालाई बुझेका मान्छेहरू मात्रै सक्रिय सदस्य हुन्छन् । सक्रिय सदस्यहरूले नै पार्टी नेतृत्व गर्छन्, हाम्रो पद्धति त्यही हो । अहिले हाम्रो बहस विशेष महाधिवेशन मंसिरमा भ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.