समाज

    Showing 6,721-6,730 of 11,162 items.
  • नेपाल लाइफ इन्स्यारेसले इक्रा नेपालबाट प्राप्त ग¥यो डबल ए माइनस क्रेडिट रेटिङ

    काठमाडौं—  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई इक्रा नेपालले डबल ए माइनस क्रेडिट रेटिङ प्रदान गरेको छ । जसले कम्पनीलाई वित्तीय दायित्वहरू समयमै चुक्ता गर्ने उच्च क्षमता तथा न्यून क्रेडिट जोखिम भएको संकेत गर्छ सन् २००१ मा स्थापना भएको यस कम्पनीले देशभर १९० भन्दा बढी शाखामार्फत सेवा प्रदान गर्दै आएको छ र जीवन बीमा बजारमा २५ प्रतिशतभन्दा बढी हिस्सा कायम राख्दै सबैभन्दा ठूलो कम्पनीको रूपमा रहेको छ । यही बजार नेतृत्व, ठूलो एजेन्सी सञ्जाल, अनुभवी व्यवस्थापन र संचालन दक्षताले कम्पनीको वित्तीय स्थायित्व मजबुद भएको इक्रा नेपालले जनाएको छ ।कम्पनीको दाबी भुक्तानी क्षमतासूचक सोल्भेन्स

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 579 पटक पढिएको
  • गुन्डा नाइके सानुभाइ ७ हजार धरौटीमा रिहा

    काठमाडौं—  गुण्डा नाइके युवराज गुरुङ उर्फ सानुभाइ धरौटीमा रिहा भएका छन् ।जेनजी प्रदर्शनपछि व्यवसायीलाई ‘धम्क्याएको’ आरोपमा असोज १९ गते टोखाबाट पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतको आदेश अनुसार ७ हजार धरौटीमा रिहा गरेको हो ।नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखास्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइलाई अदालतको आदेश अनुसार थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश बस्नेतले जानकारी दिए ।उनी यसअघि पनि विभिन्न कसुरमा पटकपटक पक्राउ पर्दै छुट्दै आएका थिए । सानुभाइ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् । कुमार ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 599 पटक पढिएको
  • दक्षिण कोरियामा ट्रम्प–सी वार्ता: व्यापार समझदारीतर्फ सकरात्मक संकेत

    काठमाडौं—  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा अमेरिका–चीनबीच व्यापार सम्झौताको सम्भावना रहेको संकेत गरेका छन् । दक्षिण कोरियाको बसानमा आयोजित २०२५ एपीइसी शिखर सम्मेलन पूर्व यो भेटवार्ता सम्पन्न भएको हो ।पत्रकारद्वारा सम्भावित व्यापार सम्झौताबारे सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले दुवै देशबीच सुमधुर समझदारी कायम रहने विश्वास व्यक्त गरे । ‘हामीबीच उत्कृष्ट बुझाइ छ । धेरै लामो समयसम्म हाम्रो सम्बन्ध शानदार रहनेछ,’ उनले भने । साथै, उनले राष्ट्रपति सीलाई ‘कडा वार्ताकार’ भन्दै प्रशंसा पनि गरे ।राष्ट्रपति सीले हालै दुवै देशका आर्थिक टोलीबीच प्रमुख

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 614 पटक पढिएको
  • सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

    काठमाडौं— नेपाली बजारमा आज(बिहीबार) सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार  भएको थियो ।त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 665 पटक पढिएको
  • दाउने सडकमा जामको समस्या अझै टरेन, यात्रुहरू सास्ती भोग्दै

    काठमाडौं— दाउने खण्डको सडकमा जामको समस्या लामो समयदेखि निरन्तर रहँदै आएको छ । दैनिक सयौं सवारी साधन आवागमन हुने यो मुख्य राजमार्गमा ट्राफिक व्यवस्थापन कमजोर र सडक मर्मतको ढिलाइका कारण यात्रुहरूले ठूलो सास्ती भोग्दै आएका छन् ।‎धनगढीबाट काठमाडौंतर्फ यात्रा गरिरहेका कमल बोहराका अनुसार यहाँबाट गाडी समयमा छुटे पनि दाउने पुग्नेबित्तिकै घण्टौंसम्म जाममा बस्नुपर्छ । कहिलेकाहीँ ४ देखि ५ घण्टासम्म सवारी अड्किन्छन् । उनका अनुसार यात्रुहरूलाई समयमा गन्तव्य पुग्न कठिन भइरहेको छ ।‎सरकारले यो सडक खण्डमा ध्यान नदिँदा समस्या झन् गम्भीर बन्दै गएको उनको गुनासो छ । बोहराले भने, ‘सायद नेताहरूले पनि यो बाटो हि

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 542 पटक पढिएको
  • बालुवाटार बैठकः सबै दलहरु निर्वाचनमा भाग लिन सहमत

    काठमाडौं— निर्वाचनको वातावरण बनाउनका लागि सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच त्रिपक्षीय छलफल भएको छ ।बुधबार राति बालुवाटारमा  प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको पहिलो त्रिपक्षीय बैठक बैठकमा विशेषगरी निर्वाचन सफल बनाउने तथा मुलुकमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका विषयमा विचारविमर्श भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उनले निर्वाचन सबै दलहरुले भाग लि तयार रहेको प्रतिक्रिया बैठकमा दिएको भन्दै अधिकांश राजनीतिक दलले सरकार निर्वाचनका लागि अगाडि बढोस् हाम्रो साथ सहयोग रहन्छ भन्ने कुरा राखेको जानकारी दिए । उनले भने,

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 537 पटक पढिएको
  • नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि जारी

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय समिति तेस्रो पूर्ण बैठक आज पनि जारी छ। बुधबारदेखि काठमाडौंको मिराकल भेन्युमा सुरु भएको बैठकको पहिलो दिन पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए।राजनीतिक प्रतिवेदनमार्फत अध्यक्ष नेपालले वर्तमान सन्दर्भमा कम्युनिस्ट एकता आवश्यक भए पनि स्पष्ट वैचारिक र संगठनात्मक आधार नभई एकता सम्भव नहुने बताएका थिए। बैठक कात्तिक १४ गतेसम्म चल्नेछ। बैठकमा पार्टीले वैचारिक दृष्टिकोण र सैद्धान्तिक आधार स्पष्ट गर्ने, संगठन पुनर्गठनको कार्ययोजना तय गर्ने छ । त्यस्तै, वर्तमान नेतृत्व पुस्तान्तरणबारे निर्णय गर्ने तयारी पनि रहेको छ

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 603 पटक पढिएको
  • उपत्यकामा बिहानैदेखि वर्षा, जनजीवन प्रभावित

    काठमाडौं— पश्चिमी वायुको प्रभाव र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको कारण काठमाडौं उपत्यकामा बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ। लगातारको वर्षाले उपत्यकाको जनजीवन प्रभावित बनेको छ।मौसमविद्हरूका अनुसार यो मौसमी प्रणाली आज दिउँसोपछि क्रमशः कमजोर हुने अनुमान गरिएको छ। तर त्यसपछि बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव शनिबारसम्म नेपालमा पर्ने सम्भावना रहेको बताइएको छ।मौसमविद्हरूले वर्षाका कारण तापक्रम घट्ने र हवाई तथा सडक यातायातमा समेत असर पर्न सक्ने चेतावनी दिएका छन्।

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 574 पटक पढिएको
  • तारकेश्वरमा लुटपाट गर्ने दुई जना पक्राउ

    काठमाडौं— काठमाडौंको तारकेश्वर नगरपालिका–५, गोलढुंगा फूलबारी गेट नजिक बुधबार राति भएको लुटपाट प्रकरणमा संलग्न दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका–५ का २६ वर्षीय सूर्यबहादुर घलान र सिन्धुली दुधौली नगरपालिका–१० का २३ वर्षीय मनोज चौधरी रहेका छन्। बुधबार राति करिब ११ बजे बा ४२ प ४०६९ नम्बरको कालो पल्सर मोटरसाइकलमा आएका उनीहरूले धारिलो हतियार देखाएर एक युवकसँग रहेको ब्याग लुटेका थिए।घटना सम्बन्धि जानकारी पाएपछि डयुटीमा खटिएको प्रहरी टोलीले मोटरसाइकलसहित दुवै जनालाई पक्राउ गरी लुटिएको ब्याग पनि बरामद गरेको जनाएको छ।लुटिएको ब्यागमा केही नगद, ‘रोलेक

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 503 पटक पढिएको
  • जग्गा विवादका कारण महिलामाथि कुटपिट, नौ जना घाइते

    सर्लाही— सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरमा जग्गा विवादका कारण एक परिवारमाथि कुटपिट भएको छ। घटनामा नौ जना घाइते भएका छन्।स्थानीय बरण रायका छोरा राम दरेश रायको परिवारले बुधबार स्थानीय हृदय रायकी श्रीमती र छोरीमाथि आक्रमण गरेको पीडित पक्षले बताएको छ।पीडित हृदय रायका अनुसार उनीहरूको परिवारमाथि यसअघि पनि पटक–पटक आक्रमण भए पनि स्थानीय प्रशासनले कुनै कारबाही नगरेको गुनासो छ। घटनापछि प्रहरी चौकी भवानीपुरमा उजुरी दिन जाँदा प्रहरीले उजुरी लिन अस्वीकार गरेको र पछि इलाका प्रहरी कार्यालय बरहथवामा गए पनि उजुरी दर्ता नभएको पीडितको भनाइ छ ।घाइतेहरूको अहिले बरहथवा स्थित गोल्डेन हस्पिटलमा उपचार भइरहेको

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 629 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.