काठमाडौं— पश्चिमी वायुको प्रभाव र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको कारण काठमाडौं उपत्यकामा बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ। लगातारको वर्षाले उपत्यकाको जनजीवन प्रभावित बनेको छ।

मौसमविद्हरूका अनुसार यो मौसमी प्रणाली आज दिउँसोपछि क्रमशः कमजोर हुने अनुमान गरिएको छ। तर त्यसपछि बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव शनिबारसम्म नेपालमा पर्ने सम्भावना रहेको बताइएको छ।

मौसमविद्हरूले वर्षाका कारण तापक्रम घट्ने र हवाई तथा सडक यातायातमा समेत असर पर्न सक्ने चेतावनी दिएका छन्।