काठमाडौं— गुण्डा नाइके युवराज गुरुङ उर्फ सानुभाइ धरौटीमा रिहा भएका छन् ।
जेनजी प्रदर्शनपछि व्यवसायीलाई ‘धम्क्याएको’ आरोपमा असोज १९ गते टोखाबाट पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतको आदेश अनुसार ७ हजार धरौटीमा रिहा गरेको हो ।
नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखास्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइलाई अदालतको आदेश अनुसार थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश बस्नेतले जानकारी दिए ।
उनी यसअघि पनि विभिन्न कसुरमा पटकपटक पक्राउ पर्दै छुट्दै आएका थिए । सानुभाइ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् । कुमार ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए ।






































