समाज

    Showing 5,931-5,940 of 10,129 items.
  • युवाले फूलाए ढकमक्क सयपत्री, माग उच्च

    विराटनगर— नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै छ । तिहारमा फूलको अधिक मात्रामा किनबेच हुने गर्दछ । नेपालमा उत्पादित फूलले बजार धान्न समेत मुस्किल हुँदा तिहारमा खपत हुने फूल भारतीय बजारमा समेत निर्भर रहनुपर्ने बाध्यता रहेको छ । तर, मोरङको सुन्दरहरैंचा नगरपालिकामा भने युवाहरू मिलेर फूल खेती गरेका छन् । करिब एक विगाह क्षेत्रमा लगाइएको फूल यतिबेला ढकमक्क फूलेको छ । हेर्न जाने जोकोहीको आकर्षणको केन्द्रजस्तै बन्ने फूलले नै तिहारलाई स्वागत गरिरहेको अनुभूत गराउँछ । कोशी युवा कृषि फारमका युवाहरूले लगाएको फूल खेतीमा माग उच्च भएको सञ्चालकहरू बताउँछन् । ‘यो फूल हामी आफैँले बिरुवा उमार

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 756 पटक पढिएको
  • अवैध गाई–गोरु तस्कर नियन्त्रणमा, दुई गाडीबाट ११ पशु बरामद

    हेटौंडा— मकवानपुर प्रहरीले अवैध रूपमा तस्करी गरी ल्याइएका नौ वटा गोरु, एउटा गाई र एउटा बाछोसहितका दुई वटा गाडी नियन्त्रणमा लिएको छ ।प्रहरीले बुधबार साँझ मनहरी गाउँपालिका क्षेत्रबाट सर्लाहीको लालबन्दीतर्फ लैजाँदै गरेका ती गाडीहरू नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ परेका गाडीहरू — गाडी नम्बर  प्रदेश न २  ०३–००१ च ३३५६  र बा २१ च ८९२८ मा क्षमताभन्दा बढी पशुहरू राखी ढुवानी गरिएको थियो । ती पशुहरूलाई सर्लाहीस्थित लालबन्दीतर्फ तस्करी गर्न खोजिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। प्रहरीले दुवै गाडीका चालकहरूलाई नियन्त्रणमा ल

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 547 पटक पढिएको
  • नेप्से निरन्तर घट्दो क्रममा, कारोबार रकममा भने सामान्य सुधार

    काठमाडौं— साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक घटेर बन्द भएको छ । यसअघि दुई कारोबार दिन लगातार घटेको नेप्से आजपनि १८.४० अंकले घटेर २४८७.१७ अंकमा झरेर बन्द भएको हो ।यसदिन कुल ३११ स्टकको ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँको ७६ लाख ४३ हजार कित्ता शेयर कारोबार भएको छ । ३६ हजार ५३१ पट्कको कारोबारमा उक्त शेयर किनबेच भएको हो । यसअघि बुधबार ३ अर्ब १० करोड रुपैयाँको ७६ लाख ११ हजार कित्ता शेयर करोबार भएको छ ।आज सेन्सिेटिभ इन्डेक्स १.७३, फ्लोट इन्डेक्स १.१६ र सेन्सिेटिभ फ्लोट इन्क्डेक्स ०.६२ अंकले घटेको छ । आज हिमालयन पाावर लिसमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 661 पटक पढिएको
  • पोखरामा गण्डकी प्रदेशकै पहिलो केज फाइट हुँदै

    पोखरा । पछिल्लो समय नेपालमा मुवाथाईको लोकप्रियता बढ्दो छ । पोखरामा त मुवाथाईको अन्तर्राष्ट्रिय स्तरको इभेन्ट नै हुने गरेको छ । साक यान्त मुवाथाईले पोखरामा अन्तर्राष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज’ को आयोजना गर्दै आइरहेको छ । सोही आयोजकले अब भने मुवाथाईसँगै पछिल्लो समयमा चर्चामा आउन थालेको एमएमए (मिक्स मार्सल आट्र्स) को समेत आयोजना गर्ने भएको छ । जुन गण्डकी प्रदेशमा नयाँ अनुभव र क्रेजमा हुनेछ । तेस्रो संस्करणको सिरिज आगामी पुसको १०, ११ र १२ मा हुँदैछ । पहिलो र दोस्रो संस्करणको सफलतापछि तेस्रो संस्करणको आयोजना मिति तोकिएसँगै गण्डकी प्रदेशमै पहिलो पटक केज फाइट हुने भएको छ । पर्यटक

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 403 पटक पढिएको
  • “जेनजी” भन्दै धम्की र आतंक मचाउने अर्जुन शाही ठगी काण्डमा पक्राउ

    काठमाडौं— सरकारी कार्यालयहरूमा आफूलाई “जेनजी” भनेर चिनाउँदै धम्की र आतंक मचाउँदै आएका अर्जुन शाहीलाई प्रहरीले ठगी लगायतका गम्भीर आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ।शाहीले पछिल्ला केही दिनयता विभिन्न सरकारी निकाय तथा कर्मचारीहरूमाथि दबाब सिर्जना गर्दै अवैध लाभ लिने प्रयास गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा उनले सरकारी पदाधिकारीहरूलाई धम्की दिएको र सर्वसाधारणलाई ठग्ने प्रयास गरेको पुष्टि भएको बताइएको छ।शाहीको व्यवहार र सामाजिक सञ्जालमा देखिएका गतिविधिबाट सर्वसाधारणमा समेत डर र त्रासको वातावरण सिर्जना भएको जनाउँदै प्रहरी स्रोतले थप अनुसन्धानका लागि उनलाई हिरासत

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 525 पटक पढिएको
  • वीरगन्ज महानगरपालिकाको पानी प्रशोधन केन्द्रमा अख्तियारको छापा

    वीरगन्ज— वीरगन्ज महानगरपालिकाको नेतृत्वले व्यक्तिगत लाभका लागि वीरगन्जको छपकैयामा अवस्थित पानी प्रशोधन केन्द्रलाई बन्द गरी बाख्रा तथा माछा पालन गराउँदै आएको पाइएको छ । वीरगन्ज सहरबाट उत्र्षजित फोहोर पानीलाई प्रशोधन गर्न वीरगन्ज–१ छपकैयामा निर्माण भएको पानी प्रशोधन केन्द्रलाई विगत एक वर्षदेखि बन्दगरी  महानगरपालिकाको नेतृत्वले ऐन कानुनलाई लत्याउँदै व्यक्तिगत लाभका लागि बाख्रा तथा माछा पालन गराएको पाइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय मकवानपुरको टोलीले बुधबार पानी प्रशोधन केन्द्रमा छापा मारी गर्दा बाख्रा तथा माछा पालन हुँदै गरेको फेला पारेको थियो । सचेत नागरिकहरुका

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 653 पटक पढिएको
  • २१ निर्माण कम्पनी कालोसूचीमा, सार्वजनिक खरिद प्रक्रियामा भाग लिन निषेध (सूचीसहित)

    काठमाडौं— सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो ।सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाइने तथा कारबाही हुने सूचनामा उल्लेख गरिएको  छ ।

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 719 पटक पढिएको
  • आज २९ दलसँग चुनावबारे छलफल गर्दै निर्वाचन आयोग

    काठमाडौं— फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दै छ। दलहरूसँगको बैठक अहिले बिहान साढे ११ बजे कान्तिपथस्थित आयोगको कार्यालयमा हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। ‘यसका लागि हामीले यसअघि नै संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका २९ दललाई पत्र पठाइसकेको छौँ’, उनले भने, ‘आज उनीहरूलाई अहिलेसम्म निर्वाचनका लागि हामीले गरेका तयारीबारे जानकारी गराउने र उनीहरूबाट सुझाव लिने कार्यक्रम छ।’ गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 578 पटक पढिएको
  • साढे २ लाख नाघ्यो सुन

    काठमाडौं— आज सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज तोलामा २ हजार रुपैयाँ मूल्य बढेको हो । आजको सुनको भाउ हालसम्मकै उच्च हो ।अघिल्लो दिन २ लाख ४८ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३२४० रुपैयाँ रहेको चाँदी आज ३२७५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी ३३२५ रुपैयाँसम्म पुगेको थियो ।

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 505 पटक पढिएको
  • सङ्गठनका नेताको संरक्षणमा सङ्घीय मामिला मन्त्रालयको स्टोरमा पौडेलको मस्ती

    काठमाडौं— कर्मचारी सङ्गठनका नेताको संरक्षणमा लामो समयदेखि स्टोरमा हिनामिनाको खेल भइरहेको खुलासा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्टोरमा कार्यरत नायव सुब्बा तेजनारायण पौडेल  लामो समयदेखि मनपरी र हिनामिना गर्दै आएको खुलासा भएको हो ।उनी २०७८ सालदेखि सो मन्त्रालयको स्टोरमा निरन्तर कार्यरत छन् । सामान्यतया एक कर्मचारी कुनै अड्डामा दुई वर्षभन्दा धेरै बस्ने नियम छैन । तर, स्टोरमा यिनले मस्ती मारेको चार वर्ष भइसक्यो । पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पौडेललाई हटाउन खोज्दा पनि सफल हुन सकेनन् ।कर्मचारी सङ्गठनका नेता रामचन्द्र अधिकारी र उमेश पर

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 821 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.