समाज

    Showing 5,861-5,870 of 7,880 items.
  • जुनसुकै मन्त्री आएपनि मलको हाहाकार हुन्छ : मन्त्री अधिकारी

    काठमाडौं -  कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले जुनसकै मन्त्री आएपनि मलको हाहाकार हुने बताएका छन् । विहीवार नेपाल डेरी एशोसियसनले काठमाडौंमा गरेको दही चिउरा प्रवद्र्धन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।रोपाइँको सिजनमा भइरहेको मल अभावको विषयलाई उठाउँदै उनले भने,‘मलको हाहाकार छ, हुन्छ । जोसुकै मन्त्री आएपनि मलको हाहाकार हुन्छ । सरकारले गत वर्ष मल खरिदका लागि २७ अर्ब ९५ करोड बजेट विनियोन गरेको थियो । त्यसबाट साढे ४ लाख टन भन्दा धेरै मल आउँदै आउँदैन बजारमा मलको माग ११ लाख देखि १३ लाख टनको छ । एक चौथाइ मलले कसरी किसानलाई पुर्ति गर्न सकिन्छ । राज्यप्रति दायित्व भइसकेपछि&nb

    • प्रकाशित मितिः असार १२, २०८२
    • 413 पटक पढिएको
  • लागुऔषध दुव्र्यसनी विरुद्ध जनचेतना अभियान

    काठमाडौं— खुला सिमानाका कारण लागुऔषध ओसारपसार तथा सेवन रोक्ने उद्देश्यले यहाँ तीन महिने चेतनामूलक अभियान आज समापन गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा जिल्लाभरी विभिन्न खालका जनचेतनामूलुक कार्यक्रम आयोजना गरिएका थिए । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले तीन महिने लागुऔषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रणसम्बन्धी तीन महिने सचेतनामूलुक कार्यक्रमले केही हदसम्म भए पनि लागुऔषधसम्बन्धी जनचेतना र जागरण फैलाउनलाई सहयोग गरेको बताउनुभयो ।‘‘यस्ता रचनामूलुक कार्यक्रम निरन्तर रुपमा भइराख्न जरुरी हुन्छ,’’ उनले भने,‘‘यो सुरुआत मात्रै हो ।प्रत्येक वर्ष लागुऔषध दुव्र्यसनी रोकथाम तथा न

    • प्रकाशित मितिः असार १२, २०८२
    • 456 पटक पढिएको
  • टिकटक भिडियो बनाउने क्रममा खोलामा हाम फालेका भारतीय युवक मृत भेटिए

    काठमाडौं— कपिलवस्तुमा टिकटक भिडिओ बनाउन खोलामा हाम फालेपछि बेपत्ता भएका भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय, पकडी कपिलवस्तुका अनुसार सुन्दर गाउँपालिका–६, गौरास्थित खोलामा हाम फालेका २१ वर्षीय इशक मुसलमानको शव बुधबार फेला परेको हो ।मुसलमान नेपालमा आफ्नो मामाघर आएका प्रहरी निरीक्षक सुवास खतिवडाले जानकारी दिए । सोमबार गर्मी छल्न भन्दै उनी नाता पर्ने दुई भाइसँग खोलामा पौडी खेल्न गएका थिए । सोही क्रममा उनले टिकटकका लागि भिडियो बनाउने भन्दै खोलामा डाइभ हान्ने योजना बनाएका थिए ।“म डाइभ हान्छु, भिडियो खिचेर टिकटकमा हाल्ने भन्दै उनले भाइलाई मोबाइल खिच्न दिएका रहेछन्,” प्रह

    • प्रकाशित मितिः असार १२, २०८२
    • 453 पटक पढिएको
  • ५३ वर्षीया महिला बलात्कार गरेको आरोपमा २२ वर्षीय युवक पक्राउ

    बारा— बारामा ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फेटा गाउँपालिका– ३ बस्ने २२ वर्षीय कृष्णा साह तुरहा रहेका छन् । उनलाई ​बिहीबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।साहले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार १२, २०८२
    • 436 पटक पढिएको
  • स्कोरपियोको ठक्करबाट २५ वर्षीय ठाकुरको मृत्यु

    सुनसरी— सुनसरीस्थित बर्जु गाउँपालिका–१ को शुक्रबारेमा स्कोरपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। विराटनगरबाट चिमडीतर्फ जादै गरेको स्कोरपियोको ठक्करबाट सोही दिन साइकलयात्री २५ वर्षीय दीपचन ठाकुरको मृत्यु भएको हो। हालसम्म नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो। त्यहीँ उपचारको क्रममा उनको निधन भएको हो। ठक्करपछि फरार चालक र स्कोरपियोको खोजी जारी रहेको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः असार १२, २०८२
    • 530 पटक पढिएको
  • विष्णुमतीमा गाडीसहित बगिएकी महिला सकुशल

    काठमाडौं  - काठमाडौंको टोखामा गएराति गाडीसहित बगेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ। बुधबार राति १० बजेको समयमा काठमाडौंको टोखा नगरपालिका– ६ ग्रान्डी अस्पतालपछाडि विष्णुमती खोला किनाराबाट बा।प्र०१–०३१ च ६१४१ नम्बरको निजी कार अचानक खोलामा खसेको थियो । काठमाडौंको धुम्बाराही बस्ने अंकुश सिंहले चलाएको कारबाट भावना ओली गाडीसहित बगेका थिए ।  चालक खोला किनारामा हाम फाल्न सफल भएका थिए भने गाडीभित्र सवार ओलीलाई खोलाले बगाएको थियो ।बानियाँटार पुलमा आइपुगी गाडी अड्किएको अवस्थाबाट महिलाको उद्धार गरिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

    • प्रकाशित मितिः असार १२, २०८२
    • 322 पटक पढिएको
  • ललितपुरको गाइफर्ममा १८ वर्षीया युवती मृत फेला

    ललितपुर— ललितपुरको गोदावरी नगरपालिका–९, छम्पीस्थित गाइफर्ममा मकवानपुरगढीकी १८ वर्षीया सुशिला बम्जन बिहीबार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेकी ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार उनी ११ दिनअघि श्रीमान् पाल्साङ बम्जनसँग गाइफर्ममा काम गर्न गएकी थिइन्। दम्पतीले चार महिनाअघि विवाह गरेका थिए। गाइफर्म बलराम रोका मगरले सञ्चालन गरेका हुन् भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः असार १२, २०८२
    • 497 पटक पढिएको
  • सप्तरी कारागारबाट भागेका थुनुवा डेढ महिनापछि पक्राउ

    सप्तरी — राजविराजस्थित जिल्ला कारागारबाट फरार भएका थुनुवा रमानन्द मण्डल घटनाको डेढ महिनापछि पक्राउ परेका छन्। चोरी मुद्दामा थुनामा परेका शम्भुनाथ नगरपालिका–११ निवासी ३५ वर्षीय मण्डल वैशाख १५ गते राति कारागारबाट भागेका थिए।उनी २०७९ पुस ६ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए। लामो समयदेखि फरार रहेका मण्डललाई बुधबार आफ्नै गाउँ क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।उच्च सुरक्षा सतर्कता र चारैतिर अग्लो पर्खालले घेरिएको कारागारबाट मण्डल कसरी भाग्न सफल भए भन्नेबारे अझै स्पष्ट विवरण प्राप्त भएको छैन। घटनाको सम्बन्धमा प्रहरीको छ

    • प्रकाशित मितिः असार १२, २०८२
    • 296 पटक पढिएको
  • सरकारद्वारा लागुऔषध नियन्त्रण विभाग स्थापनाको घोषणा

    काठमाडौं—  सरकार अब लागुऔषध दुरुपयोग र अवैध ओसारपसार नियन्त्रणमा थप कडाइ गर्ने तयारीमा जुटेको छ। यही सन्दर्भमा गृह मन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिने घोषणा गरिएको छ।बिहीबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा गृहमन्त्री रमेश लेखकले आउँदो आर्थिक वर्षदेखि विभाग स्थापनाको प्रक्रिया अघि बढाइने जानकारी दिए।सरकारले लागुऔषध नियन्त्रणका लागि विभिन्न रणनीति र योजनाहरू तयार पारेर कार्यान्वयन गरिरहेको मन्त्री लेखकले बताए ।कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधि, सामाजिक संघसंस्था तथा सरोकारवालाहरू उपस्थितमा  लागुऔषध दुरुपयोग रोकथाममा विभाग स्थापनाले नवीन पहल र प्रभावकारी निय

    • प्रकाशित मितिः असार १२, २०८२
    • 437 पटक पढिएको
  • ओभरलोड ट्रक नियन्त्रण गर्न गृह मन्त्री रमेश लेखकको निर्देशन

    काठमाण्डौं -  गृहमन्त्री रमेश लेखकले छिमेकी देशबाट नेपाल भित्रिने र देशभित्रै चल्ने मालबाहक सवारी साधनमा ओभरलोड गर्न नदिन र त्यसरी आउने ओभरलोड भएका मालबाहक ट्रकहरुलाई पूर्ण रुपमा नियन्त्रण गर्न निर्देशन दिएका छन् ।  बुधबार गृह मन्त्रालयमा सडक क्षेत्रमा हुन सक्ने विपद्को पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी बैठकमा कार्यक्रममा मन्त्री लेखकले देशका विभिन्न स्थानहरुमा रहेका तौलपुलहरुलाई दुरुस्त बनाउँदै भारबहन क्षमताका आधारमा सम्पूर्ण मालबाहक सवारीलाई नियमन गर्दै ओभरलोड सवारी साधनलाई सडकमा गुड्न नदिन निर्देशन दिएका हुन् । गृह सचिव गोकर्णमणी दुवाडी, भौतिक पूर्वाधार तथा यातायात मन्

    • प्रकाशित मितिः असार १२, २०८२
    • 293 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • Email: [email protected]
  • सम्पर्क:९८१४९१०४५४/९८५११६७५५४