सर्लाही जिल्लाको अत्यन्तै दुर्गम क्षेत्र मानिने लालबन्दी नगरपालिका–१४, हात्तीसुढे स्थित श्री जनता प्रा।वि। लाई प्रशासनिक कार्य सहज बनाउन एक थान कम्प्युटर सेट र एक थान प्रिन्टर सहयोगस्वरूप प्रदान गरिएको छ। जनस्तरको सहयोग तथा अभिषेक नगरकोटीको नेतृत्वमा उक्त सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो।


विद्यालयमा १२२ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालय अत्यन्त दुर्गम स्थानमा रहेकोले सामान्य फोटोकपी गर्न पनि ५ घण्टा पैदल हिँडेर लालबन्दी बजार आउनुपर्ने बाध्यता रहँदै आएको थियो। कम्प्युटर र प्रिन्टर उपलब्धसँगै विद्यालयका प्रशासनिक तथा शैक्षिक गतिविधि सहज हुने अपेक्षा गरिएको छ।