समाज

    Showing 5,341-5,350 of 11,162 items.
  • प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा जेनजी समूहको निरन्तर प्रदर्शन

    काठमाडौं— मिराज ढुंगानाको नेतृत्वमा रहेको जेनजी समूहले काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनलाई निरन्तरता दिएको छ। समूहले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दै दबाबमूलक कार्यक्रम सञ्चालन गरिरहेको छ।अन्तरिम सरकारको ध्यानाकर्षण गराउने उद्देश्यसहित गत सोमबारदेखि शान्तिपूर्ण रूपमा आन्दोलन सुरु गरिएको जनाइएको छ। आन्दोलनकारीहरूले सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै आफ्ना माग पूरा नभएसम्म प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन्।

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 507 पटक पढिएको
  • नेपाल टेलिकमको इन्टरनेट अब न्यूनतम १०० एमबीपीएस क्षमताको हुने

    काठमाडौं— नेपाल टेलिकमले हाल वितरण गरिरहेको फाइबर टु द होम (एफटीटीएच) प्रविधिको इन्टरनेटलाई अझै गुणस्तरीय बनाउन वाइफाइ ६ राउटर (सीपीई) र एपी उपलब्ध गराउने भएको छ। यसअनुसार अब वाइफाई ६ प्याकेज अन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच वितरण हुनेछ । नेपाल टेलिकमले पहिले वाइफाई ५ प्रविधिको सीपीई उपलब्ध गराइरहेकोमा अब वाइफाई ६ प्रविधिको सीपीईका साथै पहिलो पटक एपी समेत उपलब्ध गराउने भएको हो। नयाँ प्रविधिका यी उपकरण प्रयोग गर्दा विभिन्न स्थानमा वाइफाई सिग्नल पर्याप्त नहुने समस्याको समाधान हुनेछ भने इन्टरनेटको स्पिड पनि तीव्र हुनेछ। धेरै डिभाइसहरु कनेक्ट गर्न, सबैले फुल स्पिडमा इन्टरनेट चल

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 505 पटक पढिएको
  • प्रमुख आयुक्त भण्डारी भन्छन फागुनको २१ कोे निर्वाचन विकल्पविहीन हो,जसरी पनि सम्पन्न गर्छौ

    काठमाडौं—  निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले फागुनको २१ गते हुने निर्वाचन विकल्पविहीन निर्वाचन रहेको बताएका छन् ।बुधबार फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गर्ने सम्बन्धी अभिमुसीकरण कार्यक्रम, २०८२ समापन समारोहमा बोल्दै उनले नेपालको संविधानमा भएको छेडखानीलाई निम्ट्याएर संविधान बमोजिम सुशासन प्रवाह गर्ने विकल्पको रुपमा निर्वाचन मात्र रहेको बताए ।उनले भने,‘अब फागुनको २१ गते हुने निर्वाचन विकल्पविहीन निर्वाचन हो । यदी निर्वाचन भएन भने त्यसको विकल्प के हो त ? भनेर हामीले अहिले कल्पना गर्न सक्दैनौं । त्यसको परिभाषा गर्न सक्

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 534 पटक पढिएको
  • उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच तीन बुँदे सम्झौता

    काठमाडौं— उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबिच फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा संयुक्त रूपमा सहभागी हुन तीन बुँदे सम्झौता भएको छ । बुधबार एक कार्यक्रमकाबीच चुनावी एकतासम्बन्धी सम्झौतापत्रमा सर्वोदय पार्टीले उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गर्ने, साझा घोषणापत्र बनाउने र विवाद समाधानका लागि संयुक्त संयन्त्र बनाउने तीन बुँदे सम्झौता भएको हो ।उज्यालो नेपाल पार्टीका अध्यक्ष ई. अनुप कुमार उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष ई. दीपक कुमार साहबीच बुधबार भएको सहमतिअनुसार चुनावमा उम्मेदवार छनोट जनप्रभावकारिता र इमानदारीताको आधारमा अन्तिम टुंगो लगाइने उल्लेख छ ।कुन कुन बुँदा

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 533 पटक पढिएको
  • प्रमुख राजनीतिक दललाई पाखा राखेर निर्वाचनमा कसरी सम्भव छः मुख्यमन्त्री

    सुर्खेत— गृहमन्त्रालय र कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को संयुक्त आयोजनामा गृहमन्त्री प्रमूख अतिथि, मुख्यमन्त्री बिशेष अतिथि कार्यक्रमको बिषय प्रदेशस्तरीय सुरक्षा गोष्ठि सञ्चालन भयो। मञ्च एउटै बिषयबस्तु एउटै तर मुख्यमन्त्री र गृहमन्त्रीको फरक फरक अभिव्यक्तिले कार्यक्रमका सहभागिलाई समेत अन्योल बनायो ।कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्धारित मितिमै प्रतिनिधिसभा निर्वाचन गराउन प्रतिबद्ध भएको बताइरहँदा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मुलुकका प्रमुख राजनीतिक शक्तिलाई पाखा लगाएर कसरी चुनाव गराउन सकिन्छ ?  भनि प्रश्न गरे ।कर्णाली

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 492 पटक पढिएको
  • अमर बचाउ अभियान सुुरु, आन्दोलनका कार्यक्रम घोषणा

    काठमाडौं— दुबई अदालतले मुत्युदण्डको फैसला सुनाएका दार्चुला जिल्ला दुहुँ गाउँपालिका धारीका अमरबहादुर बमको बचाउका लागि अभियान सुरु भएको छ ।बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बमको रिहाईको लागि सरकारले पहल नगरे कडा संघर्ष गर्ने आयोजकले चेतावनी दिएको छ ।पत्रकार सम्मेलनमा अभियान्ता रजमान तामाङले बमको रिहाईका लागि चरणबद्ध संघर्ष गर्ने जनाउँदै पहिलो चरणमा संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।२२ वर्षदेखि निर्दोष हुँदाहुँदै पनि नेपाल सरकारको गैरजिम्मेवारीका कारण बमले मृत्युदण्डको सजाय कुरिरहेको बताउँदै भने, ‘नागरिकप्रतिको राज्यको बेवास्ता र बम जस्तै हजारौं नागरिकलाई विदेशी भूमिमा मर्न दिने समव

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 484 पटक पढिएको
  • निर्देशिका विपरीत गरिएका कार्य तत्काल बन्द गर्न एम्बुलेन्स चालकलाई मन्त्रालयको निर्देशन

    काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स चालकहरूले आर्थिक प्रलोभनमा परी बिरामीलाई महंगा अस्पतालमा लैजाने गरेको गुनासो आएको भन्दै यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका र बिरामीको इच्छा विपरीत हुने यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको हो ।अप्ठ्यारो अवस्थामा परेका बिरामी वा घाइतेहरूलाई सहयोग गर्नुको साटो उनीहरूबाट अवाञ्छित आर्थिक लाभ लिनु अत्यन्तै दुःखद कार्य भएको भन्दै मन्त्रालय दुःख व्यक्त गरेको छ । ‘आकस्मिक स्वास्थ्य सेवाका लागि परिचालन हुने एम्बुलेन्स सेवाको सञ्चालनलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 544 पटक पढिएको
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सानेपामा सुरु

    काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा सुरु भएको छ। बैठकमा सहभागी हुन कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरू सानेपा पुगेका छन्।बैठकमा पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको पार्टीको १५ औँ महाधिवेशन, आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन तथा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। पार्टीको संगठनात्मक तयारी, निर्वाचन रणनीति र समसामयिक राजनीतिक अवस्थाबारे पनि बैठकमा विस्तृत छलफल हुने जनाइएको छ।

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 474 पटक पढिएको
  • बंगलादेशमा भएको हिन्दू युवाको हत्या प्रकरणः जनकपुरधाममा भोली विरोध र्याली निकालिने

    जनकपुर— बंगलादेशमा केही दिन पहिला भएको हिन्दू युवा दिपु चन्द्र दासको निर्मम हत्याको विरोधमा भोली जनकपुरधाममा भव्य विरोध र्याली निकालिने भएको छ।जनकपुरधाममा बुधबार साधु सन्तहरुको संस्था वैषणव समाजले पत्रकार सम्मेलन गर्दै भोली विरोध र्याली निकाल्ने जानकारी दिएको छ ।समाजका अध्यक्ष एवम जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले भोली ३ बजे जनकपुरधामसहित सम्पूर्ण राष्ट्रभरका हिन्दूहरुलाई जानकी मन्दिरमा एकत्रित हुन आग्रह गरेका छन् ।उनले बंगलादेशमा भएको घटना अमानवीय रहेको भन्दै सम्पूर्ण हिन्दू समुदायले यसको विरोध गर्न आवश्यक रहेको बताए ।उनले दिपु दासको हत्यामा संलग्न सबैजनालाई दिपु दासको हत्या गरे जस्तै

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 462 पटक पढिएको
  • झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    झापा— दमक नगरपालिका–७ लालीगुराँस टोलको भित्री सडकमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटना मंगलबार राति भएको प्रहरीले जनाएको छ।बागमती प्रदेश ०२–०१७ प ३३४४ नम्बरको मोटरसाइकल हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गर्दा अनियन्त्रित भई ढलको नालीमा खसेको थियो। उक्त दुर्घटनामा कमल गाउँपालिका–६ का ३८ वर्षीय विनोद राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।घटनापछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको नेतृत्वमा खटिएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै दुर्घटनाबारे अनुसन्धान अघि बढाएको छ।

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 539 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.