झापा— दमक नगरपालिका–७ लालीगुराँस टोलको भित्री सडकमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटना मंगलबार राति भएको प्रहरीले जनाएको छ।

बागमती प्रदेश ०२–०१७ प ३३४४ नम्बरको मोटरसाइकल हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गर्दा अनियन्त्रित भई ढलको नालीमा खसेको थियो। उक्त दुर्घटनामा कमल गाउँपालिका–६ का ३८ वर्षीय विनोद राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको नेतृत्वमा खटिएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै दुर्घटनाबारे अनुसन्धान अघि बढाएको छ।