काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा सुरु भएको छ। बैठकमा सहभागी हुन कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरू सानेपा पुगेका छन्।

बैठकमा पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको पार्टीको १५ औँ महाधिवेशन, आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन तथा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

पार्टीको संगठनात्मक तयारी, निर्वाचन रणनीति र समसामयिक राजनीतिक अवस्थाबारे पनि बैठकमा विस्तृत छलफल हुने जनाइएको छ।