काठमाडौं— मिराज ढुंगानाको नेतृत्वमा रहेको जेनजी समूहले काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनलाई निरन्तरता दिएको छ। समूहले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दै दबाबमूलक कार्यक्रम सञ्चालन गरिरहेको छ।

अन्तरिम सरकारको ध्यानाकर्षण गराउने उद्देश्यसहित गत सोमबारदेखि शान्तिपूर्ण रूपमा आन्दोलन सुरु गरिएको जनाइएको छ। आन्दोलनकारीहरूले सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै आफ्ना माग पूरा नभएसम्म प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन्।