समाज

    Showing 4,901-4,910 of 11,162 items.
  • दुर्गा प्रसाईंविरुद्धको बैंकिङ कसुर मुद्दा उच्च अदालत पाटनमा सुनुवाइ हुँदै

    काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा सुनुवाइ भइरहेको छ ।प्रसाईंसहित उनकी श्रीमती उमा प्रसाईं, छोरा नीराजन प्रसाईं र छोरी आर्जु प्रसाईंलाई विपक्षी बनाइएको यो मुद्दा न्यायाधीशद्वय खड्कबहादुर केसी र कृपासुर कार्कीको संयुक्त इजलासमा पेश भएको छ ।नेपाल राष्ट्र बैंकको पत्राचारपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रसाईंविरुद्ध १८ करोड ४४ लाख रुपैयाँ बिगो माग दाबी गर्दै कैद, जरिवाना तथा पीडित राहत कोषमा क्षतिपूर्ति भराउने माग गरेको छ ।मुद्दामा प्रसाईंमाथि राउन्ड ट्रिपिङ, स्वा

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 582 पटक पढिएको
  • ह्युमनोइड रोबोटिक्सः अब वालबच्चा र वृद्धहरूको हेरचाह

    एजेन्सी— वार्षिक रुपमा अमेरिकाको लस भेगासमा आयोजना हुने विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स शो अर्थात प्राविधिक प्रदर्शनी ‘सिइएस’मा चिनिया मानवरूपी रोबोटहरू प्राथमिकतामा परेका छन् ।टीसिएलको एमी रोबले घुम्न र अभिनय गर्न पर्याप्त बुद्धिमत्ता प्रदर्शन गर्ने गरेको निर्माताहरुको भनाइ छ । जसले धेरैको ध्यान तानिरहेको छ । चीनको शेन्जेनका ह्युमनोइड रोबोटिक्सले मान्छेले जस्तै सबै काम गर्न सक्नेगरी निर्माण गरिएका छन् ।निर्माण कम्पनी एजिबोटका प्रवन्धक सन किनका अनुसार रोबोट धेरै लचिलो हुने गरेको र त्यसले मनोरञ्जन, कार्यक्रम र शिक्षामा ध्यान केन्द्रित गर्दछ । उनका अनुसार अर्को चरणमा मानिसको घरमा बच्चाको हे

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 519 पटक पढिएको
  • स्वतन्त्र वाम समूह पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित

    काठमाडौं— गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उनीहरू नेकपामा समाहित भएका हुन् ।काठमाडौंमा आयोजित स्वागत कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल तथा पार्टी नेता नारायणकाजी श्रेष्ठले खादामाला लगाएर स्वागत गरे ।समाहित हुनेहरूमा गिरिराज केसी (एमालेबाट प्रदेशसभाका उम्मेदवार), ध्रुव आचार्य, कालुराम चौधरी, दुर्गादत्त शर्मा, दामोदर अधिकारी (पूर्वमेयर, घोराही नगरपालिका), आरडी यादव, पिताम्बर आचार्यलगायत छन् ।स्वतन्त्र वाम समूहमार्फत दाङलगायतका विभिन्न जिल्लाहरूमा क्रियाशी

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 541 पटक पढिएको
  • बखत बहादुर शाही भन्छन मेरो लक्ष्य सत्ता होइन, नीति सुधार, लगानीको संरक्षण र दिगो विकास हो

    काठमाडौं— लामो समयसम्म नेपालको जलविद्युत क्षेत्रमा काम गरिसकेका सिभिल इन्जीनियर तथा नेपाल सरकारको स्वामित्व रहेको विद्युत उत्पादन कम्पनी लिमिटेडका निवर्तमान प्रमुख कार्यकारी अधिकृत बखत बहादुर शाही राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजनीतिमा सक्रिय भएका छन् । दैलेखको क्षेत्र नं २ बाट रास्वपाबाट प्रत्यक्ष तर्फबाट सांसद लड्ने तयारीमा रहेका शाहीसँग कुराकानी गरेको छ ।तपाइँ राजनीतिमा आउनुपर्ने कारण के हो ? दिर्घकालीन चाहना थियो कि परिस्थिति उपज हो ?म राजनीतिमा दीर्घकालीन रूपमा आउनुपर्छ भन्ने सोच राखेको व्यक्ति होइन् । मूलतः म एक प्राविधिक व्यक्ति हुँ । मैले सुरुबाटै मेरा साथीहरू र मसँग नजिक र

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 539 पटक पढिएको
  • पोखरामा ‘आर्ट इन हिमालय’ कला प्रदर्शनी सुरु

    काठमाडौं— पोखरामा शुक्रबार(आज)देखि ‘आर्ट इन हिमालय’ कला प्रदर्शनी सुरु भएको छ । सिर्जनशील कलाकार समूह, पोखराको आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित प्रदर्शनीको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए ।प्रदर्शनीले नेपाली कलाकार र कलाकृतिलाई अन्तरराष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रदर्शनीमार्फत नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारबीच अनुभव, सीप र प्रविधिको आदानप्रदान हुने र पोखरालाई कलाका माध्यमबाट विश्वसँग जोड्ने विश्वास गरिएको छ ।पोखरा–९ नयाँबजारस्थित पोखरा आर्ट ग्यालरीमा सुरु भएको प्रदर्शनीमा नेपालसहित सात देशका कलाकारका कलाकृ

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 562 पटक पढिएको
  • नेपाली महिला क्रिकेट टिमको अभ्यास खेलमा लगातार दोस्रो हार

    काठमाडौं— नेपाली महिला राष्टिय क्रिकेट टिमले अभ्यास खेलमा लगातार दोस्रो खेलमा हार बेहोरेको छ । शुक्रबार नेपाल स्कटल्याण्डसँग २७ रनले पराजित भएको हो ।स्कटल्याण्डले दिएको १८४ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । यस अघि नेपाल अभ्यास खेलमा अमेरिकासँग ८ विकेटले पराजित भएको थियो । अब नेपालले अर्को अभ्यास खेल जनवरी ११ मा जिम्बाबेसँग खेल्ने तालिका छ ।जनवरी १८ देखि फेब्रुअरी १ सम्म नेपालमै आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् । १० मध्ये शिर्ष चार देश इङल्याण्डमा २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनौट हुनेछन् । 

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 504 पटक पढिएको
  • कनकाई माई पुलमा बम राखेर आतङ्क फैलाउने एक पक्राउ

    झापा— जिल्लाको कनकाई नगरपालिका ४ कोटीहवन माईपुलमा प्रेसर कुकर बम राखेर आतङ्क फैलाउने एक जना पक्राउ परेका छन् । झापाको कन्काई –४ स्थित कन्काई पुलनजिक पुस १९ गते  बिहान बम राखेर आतङ्क फैलाउने झापाको कन्काई नगरपालिका–८ का ५५ वर्षीय खगेन्द्र खरेल (सञ्जय) पक्राउ परेका हुन् । उनी जिल्ला प्रहरी कार्यालय सुनसरी झुम्का काराकारबाट फरार कैदी समेत भएको पाइएको छ । उनलाई जिल्ला प्रहरी कार्यलय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पूर्वपश्चिम राजमार्गमा पर्ने माईखोला पुलनजिक सडकको उत्तरी भागमा फेला परेको शंकास्पद वस्तु अरीदमन गणस्थित नेपाली सेनाले त्यतिबेला निष्क्रिय पारेको थियो ।&nbs

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 480 पटक पढिएको
  • कांग्रेसले बोलाएको पत्रकार सम्मेलन स्थगित

    काठमाडौं— नेपाली कांग्रेस कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको पत्रकार सम्मेलन स्थगित गरिएको छ ।दुई महामन्त्रीले विशेष महाधिवेशन बोलाएको सन्दर्भमा पार्टीको संस्थागत धारणा सार्वजनिक गर्न खड्काले पत्रकार सम्मेलन बोलाएका थिए ।पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन बोलाए पनि अचानक स्थगित भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।हिजै मात्रै केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशन पार्टी केन्द्रीय कार्यसमितिको निर्णयबाट मात्रै बोलाउन सकिने भनेर फिर्ता लिन अपील गरेको थियो ।साथै नियमित महाधिवेशनको कार्यतालिका आइसकेको अवस्थामा व

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 535 पटक पढिएको
  • वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय पुरुष पक्राउ

    कैलाली— जिल्लामा १९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा भजनी नगरपालिका–८ जनकपुर बस्ने ६५ वर्षीय राम शंकर चौधरी रहेका छन् ।चौधरीले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 482 पटक पढिएको
  • कल्पना बस्नेतको नेतृत्वमा अपाङ्गता भएका बालबालिकाको भविष्य निर्माण

    काठमाडौं— अपाङ्गता तथा विकाससम्बन्धी समस्या भएका बालबालिकालाई सानै उमेरदेखि पहिचान गरी आत्मनिर्भर बनाउने उद्देश्यसहित बाल भौतिक चिकित्सक कल्पना बस्नेतले विगत २० वर्षदेखि निरन्तर काम गर्दै आएकी छन् ।काठमाडौं महानगरपालिका वडा नम्बर २०, रामघाटमा अवस्थित अर्ली इन्टरभेन्सन सेन्टरमार्फत उनले प्रारम्भिक हस्तक्षेप लाई उपचारको मूल आधार बनाएकी छन् ।यो सेन्टरमा छ सात महिनाको शिशुदेखि पाँच वर्षसम्मका बालबालिकालाई लक्षित गरी थेरापी सेवा दिइन्छ । बच्चाको अवस्था, कमजोरी र आवश्यकताको विस्तृत मूल्याङ्कन पछि लक्ष्य निर्धारण गरेर थेरापी सुरु गरिन्छ । बोल्न गाह्रो हुने, सेन्सरी इस्यु, व्यवहारगत समस्या देखिने बालब

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 471 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.