कैलाली— जिल्लामा १९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा भजनी नगरपालिका–८ जनकपुर बस्ने ६५ वर्षीय राम शंकर चौधरी रहेका छन् ।

चौधरीले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।