समाज

    Showing 4,561-4,570 of 6,797 items.
  • नवलपुरमा बाघको आक्रमण, एक जना घाइते

    नवलपुर — नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका–१ बेलुवामा बाघको आक्रमणमा परेर एक व्यक्ति घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार त्रिकोण सामुदायिक वनमा घाँस काटिरहेका ३८ वर्षीय दिपेन्द्र शेर्पुन्जा बाघको आक्रमणमा परेका हुन्। प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार बिहानको समयमा भएको उक्त घटनापछि घाइते शेर्पुन्जालाई उपचारका लागि कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।उनको दाहिने हात, छाती र ढाडमा चोट लागेको बताइएको छ। स्थानीयवासीका अनुसार बाघले आक्रमण गरेपछि उनी भागेर ज्यान जोगाउन सफल भएका थिए। घटनापछि बाघ जंगलतर्फ फर्किएको प्रहरीको भनाइ छ।

    • प्रकाशित मितिः असार २७, २०८२
    • 317 पटक पढिएको
  • आज विभिन्न कार्यक्रम गरि विश्व जनसंख्या दिवस मनाइदैँ

    काठमाडौं । आज विश्व जनसंख्या दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ । विश्व जनसंख्या दिवस प्रत्येक बर्ष जुलाई ११ मा मनाउने गरिन्छ ।सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको हो ।विश्व जनसंख्या दिवस २०२५ को नारा जुलाई ११ मा मनाइने विश्व जनसंख्या दिवस २०२५ को विषयवस्तु ‘मानिसहरूमा लगानीः प्रजनन् स्वास्थ्य र अधिकारलाई प्राथमिकता’ लागायत आर्थिक अनिश्चितता, लैङ्गिक असमानता र जलवायु संकटजस्ता चुनौतीहरूलाई सम्बोधन गर्ने कुरा उल्लेख ।यसले शिक्षा, स्वास्थ्य सेवा र परिवार नियोजनजस्ता सेवामा समान पहुँच सुनिश्चित गरेर

    • प्रकाशित मितिः असार २७, २०८२
    • 259 पटक पढिएको
  • मनसुनजन्य जोखिमका कारण बेसीशहर–मनाङ सडकमा राति सवारी सञ्चालनमा रोक

    काठमाडौं — मनसुनका कारण पहिरोको जोखिम बढेको भन्दै लमजुङको बेसीशहरदेखि मनाङ सिमानासम्मको सडकखण्डमा रातिको समयमा अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।डुम्रे–बेसीशहर–चामे सडकखण्ड अन्तर्गतको उक्त क्षेत्रमा असार २५ गतेदेखि साउन मसान्तसम्म हरेक साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो।जिल्ला प्रशासन कार्यालय लमजुङले बिहीबार सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो। जिल्ला सुरक्षा समितिको असार २४ गते बसेको बैठकले मनसुनजन्य सम्भावित विपद्‌बाट जनधनको क्षति कम गर्न यस्तो कदम उठाएको जनाएको छ।प्रशासनका अनुसार सडकखण्डमा पहिरोको उच्च जोखिम रहेकाल

    • प्रकाशित मितिः असार २६, २०८२
    • 342 पटक पढिएको
  • चन्द्रपुर नगरका ४४ वटा गाईभैसीमा लम्पी स्किन रोगको सङ्क्रमण

    रौतहट –  पशुहरुमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट चन्द्रपुर नगरपालिका क्षेत्रका पशु चौपाय मर्न थालेका छन । केहि दिन अघि मात्र चन्द्रपुर नगरपालिका वाड नं. ८ मर्धरटोलका कृष्ण गौतमले पालेका गाई मरेका हुन् । लम्पी स्किन रोगको उपचार गर्दा गर्दै  गौतमले पालेको गाई मरेको चन्द्रपुर नगरपालिका पशु शाखाका प्रमुख डा. सुलभ चौधरीले बताए । उनका अनुसार चन्द्रपुर वाड नं.४ मा २ वटा, वाड नं. ८ मा ४ वटा, १ मा १० वटा, वाड नं. २ मा २५ वटा,  वाड नं. १० मा १० वटा गाईमा र वाड नं. ५ को एउटा भैसीमा सो रोग संक्रमण देखिएको छ । यो तथ्याङक अझै बढन सक्ने उनले बताए । लम्पी स्किन रोगबाट

    • प्रकाशित मितिः असार २६, २०८२
    • 289 पटक पढिएको
  • मधेश प्रदेशमा औंलोका आयातित बिरामीले गर्दा निवारणमा चुनौती

    जनकपुर–  मधेश प्रदेशमा औंलोका आयातित बिरामीका कारण निवारणमा चुनौती थपिएको छ । प्रदेशस्तरीय औंलो निवारण निर्देशक समितिको बिहीबार जनकपुरधाममा बसेको अद्र्धवार्षिक बैठकमा प्रस्तुत गरिएको तथ्यांकहरुले आयातित बिरामीले मधेशमा औंलो निवारणमा चुनौती थपिएको देखाएको हो ।बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंहले खुला सीमानाले औंलो रोग निवारणमा चुनौती थपिएको बताए । मन्त्री सिंहले खुला सीमानाले आंैलो निवारणका लागि लिएको लक्ष्य पूरा हुन नसकेको तर्क गरे ।सन् २०१६ देखि २०२५ भित्र नेपालबाट औंलो निवारण गर्ने राष्ट्रिय लक्ष्य थियो । तर, अझै औंलोका बिरामी फेला पर्ने गरेकालाई सन् २०३० सम्

    • प्रकाशित मितिः असार २६, २०८२
    • 296 पटक पढिएको
  • सुर्खेतमा ५ किलोभन्दा बढी अफिमसहित एक जना पक्राउ

    सुर्खेत – सुर्खेत प्रहरीले पाँच किलोभन्दा बढी अफिमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० सिर्पाका ४६ वर्षीय जयबहादुर बस्नेत रहेका छन्।जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्राप्त गोप्य सूचनाका आधारमा भेरीगंगा नगरपालिका–१० तालबारीमा निगरानी गर्दा बुधबार साँझ करिब साढे ६ बजे बस्नेतलाई पक्राउ गरिएको हो। चेकजाँचका क्रममा उनको झोलाभित्र लुकाइ राखिएको ५ किलो ५४० ग्राम अफिमजस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।बस्नेतको साथबाट एक थान डिजिटल तराजु, नागरिकता प्रमाणपत्र, विभिन्न बैंकका ५ थान चेक धितो, र नगद ४,७३० रुपैयाँ पनि बरामद गरिएको छ। उनलाई ल

    • प्रकाशित मितिः असार २६, २०८२
    • 297 पटक पढिएको
  • त्रिशूली नदी किनारमा पुरुषको शव फेला

    काठमाडौं – चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला परेको छ। सशस्त्र प्रहरीका अनुसार, शवको उमेर अन्दाजी ४५–५० वर्षको अनुमान गरिएको छ।बिहीबार बिहान फेला परेको शवको पहिचान खुल्न बाँकी छ। शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ।सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, शव असार २४ गते रसुवामा आएको बाढीमा बेपत्ता भएका व्यक्तिमध्ये एकको हुन सक्ने आशंका गरिएको छ।

    • प्रकाशित मितिः असार २६, २०८२
    • 335 पटक पढिएको
  • ‘प्रधानमन्त्री ओलीकै संलग्नतामा दमक भ्यू टावरमा संगठित भ्रष्टाचार ?’

    काठमाडौँ – झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा संगठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरुले छानबिनको माग गरेका छन् । स्थानीय तथा संचारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू टावर निर्माणको नाममा सार्वजनिक सम्पत्ति हिनामिना गर्न खोजेको भन्दै छानबिन गर्न माग गरेका छन् ।तत्कालिन ओली नेतृत्वको सरकारले गौरवको योजनाको रुपमा निर्माण गरेको उक्त भ्यू टावरसम्बन्धी सम्झौता पनि सार्वजनिक गर्न मेयाङ्ग्वोले माग गरे । दमक नगरपालिका–३ मा १८ तले भ्यू टावर ४ बिघा १८ कठ्ठा ७ धुरमा निर्माण गरिएको छ । भ्यू टावर निर्माणको लागि २०७३ सालतिर माँ पञ्चकन्य हाउजिङ प्रा.लि.लाई करिब

    • प्रकाशित मितिः असार २६, २०८२
    • 470 पटक पढिएको
  • २४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

    काठमाडौं – पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद् सम्बन्धी घटनाहरू दर्ता भएका छन् । यस अवधिमा चार जनाको मृत्यु, ६ जना बेपत्ता र ६ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।असार २५ गते बिहान १० बजेदेखि असार २६ गते बिहान १० बजेसम्मको अवधिमा सबैभन्दा धेरै बाढी र पहिरोका घटना दर्ता भएका छन् । बाढीका कारण १ जनाको मृत्यु, ५ जना बेपत्ता र ५ जना घाइते भएका छन् भने पहिरोका कारण १ जनाको मृत्यु, १ जना बेपत्ता र १ जना घाइते भएका छन् ।चट्याङ लागेर २ जनाको ज्यान गएको छ । त्यस्तै, आगलागी, जनावर आक्रमण लगायतका घटनाहरू समेत रिपोर्ट भएका छन् । यस अवधिमा

    • प्रकाशित मितिः असार २६, २०८२
    • 262 पटक पढिएको
  • बाढीबाट भएको क्षति, उद्धार र पुनर्स्थापना लापरवाही भएको गुनासो

    काठमाडौं – हालै देशभर बाढी र पहिरोका घटनाले निम्त्याएको जनधनको क्षति र आपत्कालिन व्यवस्थापनको अवस्थाबारे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २८३ औँ बैठकले गम्भीर चासो व्यक्त गरेको छ ।बिहीबार बसेको उक्त बैठकमा सांसदहरूले उद्धार, राहत र पुनस्र्थापनाको काममा सरकार तथा स्थानीय तहको उदासिनता रहेको भन्दै गृहमन्त्रीलाई समितिमा नै बोलाएर विस्तृत छलफल गर्नुपर्ने माग गरेका छन् ।कांग्रेसका सांसद युवराज शर्माले भोटेकोशी क्षेत्रमा अत्यधिक वर्षाको कारण आएको बाढीबारे प्रष्ट जानकारी लिनु आवश्यक रहेको धारणा राखे । उनले भने, ‘बाढीपछिको राहत, उद्धार र पुनस्र्थापनामा हामीले लापरवाही गरिरहेका छौं । भोटे

    • प्रकाशित मितिः असार २६, २०८२
    • 296 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा