समाज

    Showing 4,561-4,570 of 11,162 items.
  • रेशम चौधरीको उम्मेदवारी खारेज

    काठमाडौं— कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गरेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा उनको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ ।सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का एक, रौतहट जिल्ला क्षेत्र नम्बर १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ का दुई वटा उजुरीको भने दाबी नपुगेको आयोगले जनाएको छ ।उम्मेदवारमाथि बुधबार दिउँसो ३ बजेदेखि जाँचबुझ सुरु भएको थियो । देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा प्राप्त जानकारी

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 502 पटक पढिएको
  • आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ ९ गते शुक्रबार माघ शुक्ल पक्षको पञ्चमी तिथि । मेषः उपचारमा भए रोगबाट मुक्ति मिल्नेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ । परिवारमा भने खटपटी बढ्नेछ ।वृषः लगानीबाट तत्काल फाइदा नभए पनि धैर्य हुँदा फाइदा हुनेछ । सानो कुराले मन अशान्त बन्नसक्छ । रोग बढ्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।मिथुनः  शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट मनमा सन्तुष्टि प्राप्त हुनेछ । गुम्न लागेको धन हात लाग्नेछ । स्वास्थ्यमा सुधार हुँदै जानेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।कर्कटः शिक्षामा गरेको प्रयास सफल बन्नेछ । पर

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 499 पटक पढिएको
  • कांग्रेस मुख्यसचिव पौडेलले राजीनामा दिए

    काठमाडौं— नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राजीनामा दिएका छन् ।लामो समयदेखि पार्टी मुख्यसचिव भएर काम गर्दै आएका पौडेलले राजीनामा दिएका हुन् । उनले बिहीबार नै राजीनामा बुझाएको जनाएको छ । ‘निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारलाई जिताउन अहोरात्र खटिनुपर्ने भएकाले राजीनामा दिएको उनको भनाइ छ । २७ देखि ३० पुससम्म भएको विशेष महाधिवेशनको समयमा उनी तत्कालीन संस्थापन पक्षमा उभिएका थिए । नयाँ कार्यसमिति आएपश्चात् उनले पदबाट राजीनामा दिएको बुझिएको छ । पौडेल हाल राष्ट्रियसभा सदस्य पनि रहेका छन् ।

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 565 पटक पढिएको
  • वित्त र विकास बैंक समुह चम्किँदा नेप्सेमा सामान्य सुधार

    काठमाडौं— साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । बुधबारको कारोबारमा सामान्य करेक्सन देखिएको नेप्से यस दिन ९.२३ अंकले बढेको हो ।सामान्य वृद्धि भएको नेप्से आज २ हजार ७१४.६१ विन्दुमा पुगेर रोकिएको छ । यस दिन फ्लोट इण्डेक्स ०.६६ अंकले बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१४ अंकले घटेका छन् ।नेप्सेसँगै यस दिन कारोबार रकममा पनि वृद्धि देखिएको छ । अघिल्लो दिन बुधबार ८ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३३२ स्टकको ९४ हजार १७४ पटकको कारोबारमार्फत ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँ बराबरको १ करोड ९० ला

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 573 पटक पढिएको
  • पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको हो: शेखर कोइराला

    मोरङ— नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन् ।बिहीबार मोरङ क्षेत्र नम्बर ६ सुन्दरहरैंचामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा नेता कोइरालाले पार्टीलाई जोगाउनका लागि आफूले शान्त र सौम्य पक्षलाई रोजेको बताएका हुन् ।प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको बताउँदै नेता कोइरालाले निर्वाचनले मुलुकलाई प्रष्ट निकास दिने बताए ।छलफलमा नेता कोइरालाले विशेष महाधिवेशनमा सहभागि नभएको विषयमा प्रष्टाउदै भने, ‘म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो । पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएको हो ।’विशे

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 541 पटक पढिएको
  • गाउँगाउँमा आयुर्वेद स्वास्थ्य सेवा दिँदै आरोग्य केन्द्रहरू, सेवा थप विस्तार गर्नुपर्ने स्थानीयको माग

    रामेछाप— रामेछाप जिल्लामा रहेका आरोग्य केन्द्रहरूले गाउँगाउँबाट पनि स्वास्थ्य सेवा दिएका छन् । आयुर्वेद उपचार पद्धति प्रति सर्वसाधारणको आकर्षण बढेसँगै गाउँमा रहेको आरोग्य केन्द्रहरूले दिने सेवा बढ्दै गएको छ ।जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका प्रमुख दीपक कार्कीका अनुसार रामेछापको मन्थलीमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय छ भने मन्थली नगरपालिकाको चिसापानीमा आयुर्वेद सेवा केन्द्र रहेको छ ।त्यस्तै खाँडादेवी गाउँपालिकाको गागल, रामेछाप नगरपालिकाको सुकाजोर, गोकुलगंगा गाउँपालिकाको रस्नालु र सुनापति गाउँपालिकाको बेथान डहुमा आरोग्य केन्द्र सञ्चालनमा छन् । आजै दोरम्बा गाउँपालिकाको टोकरपुर

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 518 पटक पढिएको
  • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छैटौं वार्षिक प्रतिवेदनमाथि छलफल

    काठमाडौं— सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१/०८२ माथि बिहीबार छलफल भएको छ ।छलफलमा सभापति माया प्रसाद शर्माले प्रतिवेदन अन्तिम चरणमा पुगेको जानकारी दिँदै समितिले पछिल्लो समय भएका विभिन्न राजनीतिक घटनाक्रममाथि गहिरो अध्ययन गरेको बताए ।उनले जेनजी आन्दोलनको विषयलाई पनि समितिले प्राथमिकताका साथ उठाउँदै सम्बन्धित मन्त्रीहरूसँग छलफल गरी उनीहरूलाई जवाफदेही बनाउने काम गरिएको उल्लेख गरे । सभापति शर्माले समितिले अन्य विषयहरूलाई समेत सन्तुलित ढंगले सम्बोधन गर्दै छलफल अघि बढाइरहेको बताए ।उनले भने, ‘हामीले धेरै कुराहरुको अध्यन गरेका छौं । यो प्रतिवेदन करिब करिब अन्ति

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 542 पटक पढिएको
  • सडकको विद्रोहबाट संसदको यात्रा स् समृद्ध बागलुङको सपना बोकेर सोम शर्मा चुनावी मैदानमा

    काठमाडौं— नेपाली राजनीतिमा जेनजी पुस्ताको एउटा सशक्त हस्तक्षेप सुरु भएको छ । सडक आन्दोलनको राप–तापबाट उदाएका युवा अभियन्ता सोम शर्माले अब संसदीय राजनीतिमार्फत अवस्था बदल्ने उद्घोष गरिसकेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शर्मालाई बागलुङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेसँगै जिल्लाको चुनावी सरगर्मी थप चुलिएको छ ।गत भदौ २३ र २४ गते सम्पन्न ऐतिहासिक जेनजी आन्दोलनका क्रममा सडकको अग्रपंक्तिमा उभिएका शर्मा ती अभियन्ता हुन्, जसले परिवर्तनको खोजीमा आफ्नै शरीरमा गोली थापे। खुट्टामा गोली लागेर पनि नडगमगाएका तिनै विद्रोही तन्नेरी अब सडकको आवाज संसद्को रोस्ट्रम

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 537 पटक पढिएको
  • आईसीसी महिला टी–२० विश्वकप छनोटमा नेपालको लगातार दोस्रो हार

    काठमाडौं— आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको रोमाञ्चक खेलमा नेपाल नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको छ ।जितका लागि १४१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो, जसका कारण नेपालले घरेलु मैदानमा स्तब्धकारी हार बेहोर्नुपरेको छ । यो नेपालको लगातार दोस्रो हार हो ।नेपालकी रुविना क्षेत्रीले सर्वाधिक ३७ रन बनाइन् । उनले ३२ बलमा पाँच चौका प्रहार गरिन् । सीता रानामगरले १२ बलमा चार चौका र एक छक्कासहित २७ रन बनाए पनि टिमको हार टार्न सकिनन् । नेपाललाई अन्तिम ओभरमा जितका निम्ति १३ रनको आवश्

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 567 पटक पढिएको
  • खानेपानी तथा सरसफाइ क्षेत्रको समस्या बुझ्दै महासंघका पदाधिकारी

    काठमाडौं— राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघका पदाधिकारीबाट निजगढ, बर्दिवास, कमलामाई खानेपानी लगायत विभिन्न खानेपानी क्षेत्रमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरूसँग खानेपानी तथा सरसफाइ क्षेत्रसँग सम्बन्धित समसामयिक विषयहरू र संस्थागत समस्याबारे छलफल गरेका छन् ।छलफलका क्रममा खानेपानी तथा सरसफाइ संस्थाहरूले भोग्दै आएका प्रमुख चुनौतीहरू—जस्तै स्रोत संरक्षण, गुणस्तरीय खानेपानी आपूर्ति, वित्तीय दिगोपन, प्राविधिक दक्षता अभाव, उपभोक्ता व्यवस्थापन, नीतिगत जटिलता तथा स्थानीय तहसँगको समन्वयका विषयहरूमा विस्तृत रूपमा विचार–विमर्श गरिएको अध्यक्ष खेमराज वलीले जानकारी दिए ।साथै, साना तथा समुदायमा आधा

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 544 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.