समाज

    Showing ४,३५१-४,३६० of ११,१६२ items.
  • झापा, मोरङ र धनकुटाबाट ब्राउन सुगर र गाँजासहित २ जना पक्राउ

    विराटनगर— झापा, मोरङ र धनकुटा जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागुऔषध ब्राउन सुगर र गाँजासहित २ जनालाई पक्राउ गरेको छ।माघ १५ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरबाट २८ वर्षीय अरुष दासलाई पक्राउ गरेको हो। उनको साथबाट १ ग्राम २७० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।त्यसैगरी, मोरङको इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाट क्षेत्रमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका एक व्यक्तिलाई शंका लागि चेकजाँच गर्दा दमक नगरप

    • प्रकाशित मितिः माघ १६, २०८२
    • ४५१ पटक पढिएको
  • ८२६ किलोभन्दा बढी गाँजासहित ट्रयाक्टर र ९ जना पक्राउ

    भोजपुर— भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवा क्षेत्रबाट प्रहरीले ८२६ किलो ६६० ग्राम लागुऔषध गाँजासहित एक ट्रयाक्टर र ९ जनालाई पक्राउ गरेको छ।माघ १५ गते बिहान प्रहरी चौकी हसनपुर भोजपुरबाट खटिएको प्रहरी टोलीले मचुवाबाट धनकुटाको अखुवाटारतर्फ जाँदै गरेको ना ७ त ३५० नम्बरको ट्रयाक्टरलाई शंका लागि चेकजाँच गर्दा डिकीभित्र लुकाइराखिएको ४३ बोरा गाँजा बरामद गरेको हो।प्रहरीका अनुसार बरामद गरिएको गाँजाको तौल ८२६ किलो ६६० ग्राम रहेको छ। घटनामा संलग्न रहेको आरोपमा आमचोक गाउँपालिका–९ का रुद्रबहादुर श्रेष्ठ, निशान मगर र नीरबहादुर श्रेष्ठ, धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका–२ का सुदीप पुर्कुटी, निलकुमार मगर,

    • प्रकाशित मितिः माघ १६, २०८२
    • ५०६ पटक पढिएको
  • अस्थायी मतदाता विवरण पनि संकलन हुँदै

    तनहुँ— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाता विवरण संकलन सुरु भएको छ । समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन पाउने जिल्लास्थित सरकारी कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दीलगायत विवरण संकलन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता पालना र सुरक्षा व्यवस्था चुस्त बनाउन सरोकार भएकाहरूसँग छलफल पनि गरिसकेको छ । हालसम्म आचारसंहिता उल्लंघनका उजुरी नपरेका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले बताए ।पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा सहभागी दुई लाख ५४ हजार ३९७ मतदा

    • प्रकाशित मितिः माघ १६, २०८२
    • ४३२ पटक पढिएको
  • आज पनि सहिदका सपना, राष्ट्रिय संकल्प र नागरिकका आकांक्षा अधुरै छन्ः उपसभापति अर्याल

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सहिद दिवसको अवसरमा सबै ज्ञात–अज्ञात अमर सहिदहरुको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।शुक्रबार रास्वपाका उपसभापति डीपी अर्यालको एक सन्देश जारी गर्दै सहिदहरूले प्राणाहुति दिँदा देखेको सपना राजनीतिक परिवर्तनमा मात्र सीमित नभएको बताए ।उनले भने, ‘सहिदहरूले प्राणाहुति दिँदा देखेको सपना राजनीतिक परिवर्तनमा मात्र पक्कै सीमित थिएन । त्यो त आम नेपालीको जीवनमा देखिने सुशासन, न्याय र समृद्धिको सपना थियो ।’उपसभापति अर्यालले लामो समयको राजनीतिक अस्थिरता, दलतन्त्रको मनोमानी र बेथितिका कारण आज पनि सहिदका सपना, राष्ट्रिय संकल्प र नागरिकका आकांक्

    • प्रकाशित मितिः माघ १६, २०८२
    • ४६४ पटक पढिएको
  • आधुनिकतासँगै सङ्कटमा पर्‍यो राना थारु समुदायको डोली–चन्डोल बोक्ने परम्परा

    कञ्चनपुर। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदायको विवाह संस्कृतिमा प्रयोग हुँदै आएको ‘डोली’ र ‘चन्डोल’ परम्परा आधुनिक जीवनशैली, यातायातको सहज पहुँच र बदलिँदो सामाजिक सोचका कारण क्रमशः लोपोन्मुख बन्दै गएको छ ।पुस्तौँदेखि निरन्तर चल्दै आएको यो मौलिक सांस्कृतिक अभ्यास संरक्षणको गम्भीर चुनौतीमा परेको स्थानीय राना समुदायका अगुवा र संस्कृतिविद्हरु बताउनुहुन्छ । विवाहका अवसरमा दुलहाका लागि ‘चन्डोल’ र दुलहीका लागि ‘डोली’ प्रयोग गर्नु राना थारु समुदायको सदियौँ पुरानो चलन हो । यसले समुदायको सामाजिक प्रतिष्ठा, आपसी सम्बन्ध र विशिष्ट सांस्कृतिक पहिचानलाई उजागर

    • प्रकाशित मितिः माघ १६, २०८२
    • २४० पटक पढिएको
  • प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली, जनउत्तरदायी शासनको आह्वान

    काठमाडौं— प्रधानमन्त्री सुशिला कार्कीले नागरिक स्वतन्त्रता, लोकतन्त्र र न्यायका लागि जीवन आहुति दिने सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छन्।शुक्रबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको अपेक्षासहित उठेको ‘जेनजी आन्दोलन’मा सहादत प्राप्त गर्ने वीर योद्धाप्रति पनि नमन व्यक्त गरेकी छन्।‘नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली,’ उनले लेखेकी छन्, ‘न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने वीर योद्धाहरूलाई पनि

    • प्रकाशित मितिः माघ १६, २०८२
    • ४१९ पटक पढिएको
  • सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प

    काठमाडौं— नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिद दिवसको अवसरमा नेपाली जनताको अधिकार, स्वतन्त्रता र लोकतन्त्रका लागि जीवन आहुति दिने सम्पूर्ण शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।एक सन्देश जारी गर्दै थापाले २००७ सालको जनक्रान्ति अघिदेखि २०८२ सालको ‘जेनजी’ विद्रोहसम्म इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलन तथा संघर्षमा बलिदान दिने वीर सहिदको योगदानकै कारण आज नेपाली जनता स्वतन्त्रताको युगमा सास फेर्न सक्षम भएको बताएका छन् ।उनले सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाललाई शान्त, स्थिर र समुन्नत राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने धारणा व्यक्त गर्दै वीर सहिदले देखाएको त्याग, बलिदान

    • प्रकाशित मितिः माघ १६, २०८२
    • ४९८ पटक पढिएको
  • सहिद दिवसमा बालेनको सन्देश: ८५ वर्षमा व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले राणा शासनविरुद्ध संघर्ष गर्ने सहिदको बलिदानपछि पनि राज्य जनताकै बन्न नसकेको टिप्पणी गरेका छन्।शुक्रबार सामाजिक सञ्जालमार्फत उनले गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष पूरा भएको स्मरण गराएका छन्।ती सहिदको बलिदानको करिब एक दशकपछि राणा शासनको अन्त्य भए पनि राज्यको चरित्र नफेरिएको उनले बताए ।‘८५ वर्षमा पटक–पटक व्यवस्था फेरियो, तर सत्ताको चरित्र फेरिएन,’ बालेनले लेखेका छन्, ‘नेपाली जनताले निरन्तर संघर्ष गर्नुप¥यो, पटक–पटक जनता सहिद भए, तर सहिदका

    • प्रकाशित मितिः माघ १६, २०८२
    • ५२३ पटक पढिएको
  • प्रहरीको रासन स्केल वृद्धि गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं— बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । गृहमन्त्री एवम् सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले बैठकका निर्णयहरू सार्वजनिक गर्दै विभिन्न महत्वपूर्ण निर्णय गरिएको जानकारी दिए ।प्रवक्ता अर्यालका अनुसार नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको अवसरमा आगामी ०८२ साल माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा जाने प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरिएको छ ।त्यस्तै, नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति–०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय मन

    • प्रकाशित मितिः माघ १६, २०८२
    • ४२० पटक पढिएको
  • काठमाडौंका विभिन्न स्थानमा लुटपाट गर्ने १० जना नियन्त्रणमा, मुख्य नाइकेलाई गोली लाग्यो

    काठमाडौं— काठमाडौं उपत्यकामा रातको समयमा बढिरहेको लुटपाट र आतंकका घटनालाई नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ ।मूलपानीमा बुधबार राति प्रहरीले विशेष अभियान चलाएर १० जना लुटेरा पक्राउ गरेको काठमाडौं प्रहरीले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।पक्राउ परेकामध्ये मुख्य नाइके विनय तामाङलाई गोली लागेको छ र अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता रमेश थापाका अनुसार गिरफ्तार आरोपीहरूले उपत्यकाका विभिन्न क्षेत्रमा महिलाहरूको गहना चोरी र एकान्तमा बसेर लुटपाट गर्दै मोटरसाइकलमा भाग्ने गरेका थिए । प्रहरी अनुसन्धान अनुसार लुटेरा समूहले हालसम्म उपत्यकामा २७ वटा

    • प्रकाशित मितिः माघ १६, २०८२
    • ४९१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.