समाज

    Showing 4,281-4,290 of 10,061 items.
  • कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

    कैलाली— जानकी गाउँपालिका–२ प्रगतीनगरका २९ वर्षीय श्यामलाल चौधरी माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।सोमबार दिउँसो रोरा नदीमा माछा मार्दा घाइते भएका चौधरीलाई तत्काल टीकापुर अस्पताल लगिएको थियो ।  उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 483 पटक पढिएको
  • ब्रिटिश कलेज तोडफोड आरोपमा ५ जना पक्राउ

    काठमाडौं— काठमाडौंको थापाथलीस्थित ब्रिटिश कलेजमा मंगलबार तोडफोड भएको घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।‘सम्बन्धित तथा असम्बन्धित पक्षका केही युवाहरू कलेज पुगे र हुलहुज्जत गरेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए । प्रहरीले हटाउनेक्रममा उनीहरूले तोडफोड गरेका हुन्।’केही दिन यता कलेजमा इन्टर्नशीपसँग सम्बन्धित विवाद चलिरहेको थियो। केही विद्यार्थीहरू युएईमा पठाइने इन्टर्नशीपका क्रममा अलपत्र परेको उजुरी गरेका थिए।ब्रिटिश कलेजले जारी गरेको विज्ञप्तिमा भनेको छ कि हस्पिटालिटी कोर्सका विद्यार्थीहरू ‘द उलविच इन्स्टिच्युड’ दुबईमा पठाइने छन् र उक्त संस्थाले युएईको क

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 530 पटक पढिएको
  • सरकारको राजनीतिक संवाद टोलीले एमाले कार्यालय अनुगमन गर्यो

    काठमाडौं—  सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले नेकपा एमालेको पार्टी कार्यालय अनुगमन गरेको छ।जेनजी आन्दोलनका क्रममा आगजनी भएका संरचनाको अवस्थाबारे अवलोकन गर्न मन्त्रीसहितको टोली आइतबार च्यासलस्थित पार्टी कार्यालय पुगेको हो। टोलीले घटनास्थलको निरीक्षण गर्दै आवश्यक विवरण संकलन गरेको स्रोतले जनाएको छ।सरकारी टोलीले आगजनीको तथ्यांक बुझ्ने र राजनीतिक छलफलमा उपयोग गर्न रिपोर्ट तयार गर्ने बताइएको छ।

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 482 पटक पढिएको
  • अस्थायी रुपमा रोकियो भारत–बंगलादेश भिसा सेवा

    काठमाडौं—  बंगलादेशले दिल्लीस्थित उच्चायोगपछि विभिन्न स्थानहरूमा भिसा सेवामा अस्थायी रोक लगाएको छ । बंगलादेशले दिल्लीस्थित आफ्नो उच्चायोगमा भिसा सेवाहरू अस्थायी रूपमा बन्द गरेपछि अगरतलामा रहेको भिसा कार्यालय र सिलिगुडीस्थित भिसा आवेदन केन्द्र पनि बन्द गरेको छ ।भारतको त्रिपुरा राज्यको अगरतलास्थित बंगलादेश भिसा तथा काउन्सुलर सेवाहरूलाई मंगलबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको बीबीसी बंगला सर्भिसले बताएको छ ।त्यसैगरी, पश्चिम बंगालको सिलिगुडीस्थित बंगलादेश भिसा आवेदन केन्द्रको कामकारबाही पनि अस्थायी रूपमा निलम्बित गरिएको छ ।बंगलादेशमा हिन्दु युवक दीपुचन्द्र दासको हत्यापछि विगत केही दिनदेखि

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 499 पटक पढिएको
  • राजनीतिक संवाद समितिको टोलीद्वारा कांग्रेस पार्टी कार्यालयको अनुगमन

    काठमाडौं—  सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले नेपाली कांग्रेसको पार्टी कार्यालयको अनुगमन गरेको छ ।मंगलबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले सानेपास्थित जेनजी आन्दोलनका क्रममा आगजनी भएको कांग्रेस कार्यालयमा पुगेर अनुगमन गरेको हो ।साथै उनीहरुले कांग्रेसका प्रतिनिधिहरुसँग छलफल समेत गरेका थिए । छलफलमा सञ्चारमन्त्री खरेलले जेनजी जनआन्दोलनबाट प्राप्त मुख्य म्यान्डेट आगामी फागुन २१ गतेको निर्वाचन रहेको बताउँदै निर्वाचनको वातावरण निर्माणको लागि आफूहरु वार्तामा गएको जानकारी गराए ।उनले भने,‘जेनजी जनआन

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 501 पटक पढिएको
  • माघको अन्तिमदेखि देशभर पाठेघर क्यान्सरविरुद्धको एचपिभी खोप कार्यक्रम सञ्चालन हुने

    काठमाडौं—  सरकारले यही माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको ‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।नियमित राष्ट्रिय खोप तालिकाअनुसार माघको अन्तिम सातादेखि देशभर एचपिभी खोप कार्यक्रम सञ्चान हुन लागेको हो ।कक्षा ६ मा अध्ययनरत १० वर्ष पूरा गरेका साढे तीन लाख किशोरीलाई लक्षित गरेर खोप दिइनेछ ।गत वर्ष सरकारले कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १७ लाख किशोरीलाई खोप दिएको थियो । गत वर्ष दुई मात्राको खोप रहेको थियो । तर यस वर्ष भने एक मात्रा मात्र दिइने छ ।स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा औसतमा प्रत्येक दिन चार जना महिलाको पाठे घरको मुख

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 530 पटक पढिएको
  • राष्ट्रपति पौडेलद्वारा तीन शीर्ष नेतालाई शीतलनिवासमा छलफलका लागि आमन्त्रण

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई छलफलका लागि शीतलनिवासमा बोलाएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा सहभागी हुनेछन्।शीतलनिवास स्रोतका अनुसार छलफल आज दिउँसो ३ बजेका लागि तय गरिएको छ। समसामयिक राजनीतिक अवस्थाबारे विचार–विमर्श गर्न राष्ट्रपतिले शीर्ष नेताहरूलाई बोलाएको बताइएको छ।छलफलको एजेन्डाबारे औपचारिक रूपमा खुलाइएको छैन।

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 493 पटक पढिएको
  • हिमालयन बैंकले सेयरधनीलाई लाभांश नदिने

    काठमाडौं— हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय गरेको हो ।गत आर्थिक वर्षमा हिमालयन बैंकको वितरण योग्य मुनाफा ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेकाले लाभांश दिन नसकेको हो ।

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 485 पटक पढिएको
  • बंगलादेशमा हिन्दु युवकको हत्या विरोधमा नयाँ दिल्लीमा प्रदर्शन

    काठमाडौं— भारतको नयाँ दिल्लीस्थित बंगलादेश उच्च आयोग अगाडि मंगलबार विश्व हिन्दु परिषदका प्रदर्शनकारीहरूले प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए ।यो प्रदर्शन बंगलादेशमा हिन्दु युवक दिपु चन्द्र दासको एक भीडद्वारा हत्या गरिएको घटनाको विरोधमा गरिएको हो । स्थिति नियन्त्रणमा राख्न उच्च आयोग क्षेत्र वरिपरि ठूलो मात्रामा सुरक्षा व्यवस्था कडा गरिएको छ ।प्रदर्शनकारीहरूले बंगलादेशी अधिकारीहरूबाट जवाफदेहिता र अल्पसंख्यकहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् । भारतीय हिन्दी बंगाली संगठन, र बजरंग दलका सदस्यहरू पनि प्रदर्शनमा सहभागी छन् । उनीहरूले

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 530 पटक पढिएको
  • ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गरिने, नवपुस्तालाई समेटिने

    काठमाडौं— भवानी विद्यापीठ माध्यमिक विद्यालयमा ‘पालिकास्तरीय प्रतियोगितात्मक चित्रकला कार्यशाला’ तथा ललितकला अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।सोमवार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा भवानी विद्यापीठ माध्यमिक विद्यालय, फलेवास नगरपालिका– ५, खानिगाउँ पर्वत र फलेवास नगरपालिका, पर्वतको आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।भवानी विद्यापीठ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर नेपालीको सभाध्यक्षतामा भएको कार्यक्रममा फलेवास नगरपालिकाकी उपप्रमुख शोभाकुमारी क्षेत्रीको प्रमुख आतिथ्य रहेको थियो ।कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 454 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.