काठमाडौं— जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सम्पूर्ण मृतकहरूको आत्मा शान्तिको कामनासहित सोमबार मृतकका आफन्तहरूले संघीय संसद भवन अगाडि हवन गरेका छन्।

आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित हवन कार्यक्रममा मृतकका परिवारजन तथा आफन्तहरूको सहभागिता रहेको थियो। उनीहरूले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै न्यायको मागसमेत गरेका छन्।

हवनमार्फत मृतकहरूको आत्माले शान्ति पाओस् भन्ने कामना गर्नुका साथै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरिएको सहभागीहरूले बताएका छन्।