समाज

    Showing 4,171-4,180 of 11,162 items.
  • इनास ग्लोबल समितिको सूचना तथा प्रचार–प्रसार (मिडिया)समितिको संयोजकमा पाण्डे नियुक्त

    काठमाडौं— अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ९इनास० ग्लोबल समितिले सन् २०२५–२०२७ कार्यकालका लागि सूचना तथा प्रचार–प्रसार (मिडिया) समितिको संयोजक पदमा दयाराम पाण्डेलाई नियुक्त गरेको छ ।गत जनवरी ११, २०२६ मा सम्पन्न इनास ग्लोबल समितिको बैठकको निर्णयअनुसार पाण्डेलाई ग्लोबल समिति अन्तर्गत रहने गरी उक्त जिम्मेवारी प्रदान गरिएको हो । इनासका महासचिव प्रकाश तिवारीद्वारा जारी औपचारिक पत्रमार्फत पाण्डेलाई नियुक्तिको जानकारी गराउँदै हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिएको छ ।नियुक्तिपत्रअनुसार संयोजक पाण्डेले समितिका सुपरिवेक्षकसँग आवश्यक सल्लाह तथा समन्वय गरी पत्र प्राप्त भएको १५ दिनभ

    • प्रकाशित मितिः माघ २३, २०८२
    • 553 पटक पढिएको
  • रौतहटमा कारको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, चालक फरार

    रौतहट— रौतहटको इशनाथ नगरपालिकामा कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बिहीबार दिउँसो भएको उक्त दुर्घटनापछि ठक्कर दिने कारका चालक फरार भएका छन् ।प्रहरीका अनुसार ईशनाथ नगरपालिका वडा नम्बर ४, मठिया टोलस्थित मस्जिद नजिकै बाटोमा खेलिरहेकी ४ वर्षीया बालिका अल्फा खातुनलाई बा १५ च ४२४४ नम्बरको कारले ठक्कर दिएको थियो । स्थानीय मोहम्मद सगिरकी छोरी अल्फालाई ठक्कर दिएलगत्तै कार चालकले नै उपचारका लागि गौरस्थित सिटी अस्पताल पु¥याएका थिए ।तर, घाइते बालिकालाई अस्पतालमा छाडेर चालक फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सिटी अस्पतालमा उपचार सम्भव नभएपछि प्रहरी टोलीले बालिकालाई थप उपचारका लागि

    • प्रकाशित मितिः माघ २३, २०८२
    • 487 पटक पढिएको
  • यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिद दर १४४ रूपैयाँ २८ पैसा र बिक्रीदर १४४ रूपैयाँ ८८ पैसा तोकिएको छ।यस्तै, युरोपियन युरो एकको खरिददर १७० रूपैयाँ ११ पैसा र बिक्रीदर १७० रूपैयाँ ८२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रूपैयाँ ३१ पैसा र बिक्रीदर १९७ रूपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रूपैयाँ ५५ पैसा र बिक्रीदर १८६ रूपैयाँ ३२ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर १०१ रूपैयाँ ७३ पैसा र बिक्रीदर १०१ रूपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रूपैयाँ ४३ पै

    • प्रकाशित मितिः माघ २३, २०८२
    • 507 पटक पढिएको
  • आज २०८२ साल माघ २३ गते शुक्रबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ २३ गते शुक्रबार फागुन कृष्ण पक्षको पञ्चमी तिथि । मेषः विरोधी साथी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ । व्यवहार गर्दा साथीको पहिचान गर्नुपर्ने समय आएको छ । सञ्चित धन खर्च हुनेछ । हरेक काममा स्वास्थ्यले साथ दिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।वृषः दिन सहज छ । साथीभाइसँगको भेटले नयाँ योजना बन्नेछन् । धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ । परिवारमा थोरै बोल्नु उचित हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।मिथुनः बोल्दा सचेत बन्नुपर्ने समय छ । शास्त्रको अध्ययनमा बितेको समय सफल बन्नेछ । व्यापारमा सहकार्य गर्नु उचित हुनेछ । परिवारको साथ र

    • प्रकाशित मितिः माघ २३, २०८२
    • 594 पटक पढिएको
  • विनोद विक स्मृति पत्रकारीता पुरस्कारबाट पत्रकार सिंह र रावल सम्मानित

    बाजुरा— प्रेस चौतारी नेपाल बाजुरा शाखाले स्थापना गरेको विनोद विक स्मृति पत्रकारीता पुरस्कारबाट दुई जना पत्रकार सम्मानित भएका छन् ।सम्मानित हुनेमा पत्रकार प्रकाश सिंह र सन्तोषी रावल रहेका छन् । प्रेस चौतारी नेपाल जिल्ला समिति बाजुराले हरेक वर्ष प्रदान गर्दै आएको विनोद विक स्मृति पत्रकारिता पुरस्कार यो बर्ष पत्रकार सिंह र रावललाई प्रदान गरिएको प्रेश चौतारी नेपाल बाजुराका सचिव सुशील रोकायाले जानकारी दिए ।२८ औं स्थापना दिवसको अवसर पारेर उनीहरुलाई सम्मानित गरिएको सचिव रोकायाको भनाई छ । विहिवार बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा उनीहरुलाई नगद ५ हजार ५ सय ५५ सहित सम्मानित गरिएको छ ।प्रे

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 351 पटक पढिएको
  • गोरटो एजुकेशनल कन्सल्टेन्सीको साधारणसभा: पारदर्शी, जिम्मेवार र भरोसायोग्य सेवामा प्रतिवद्ध

    काठमाडौं— गोरटो एजुकेशनल कन्सल्टेन्सीले आफ्नो पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।रिफाईन, रिफ्रेश र रिचार्ज भन्ने मूल नारासहित सम्पन्न साधारणसभाले संस्थाको दीगो सेवा, सामाजिक उत्तरदायित्व र विद्यार्थी–केन्द्रित परामर्श संस्कृतिलाई थप मजबुत बनाउने उद्देश्य लिएको आयोजकले जनाएको छ ।नेपाल तथा क्यानाडाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त साधारणसभा बैठकमा मात्र सीमित नभई सिकाइ, आत्मसमीक्षा, टीम–बिल्डिङ र संस्थागत सुधारमा केन्द्रित रहेको आयोजकको दाबी रहेको छ ।आगामी वर्षका लागि स्पष्ट कार्यदिशा तय गर्दै विद्यार्थी सेवा गुणस्तर सुधार र आन्तरिक टीमवर्क सुदृढ बनाउने

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 549 पटक पढिएको
  • जेनजी आन्दोलनपछि नष्ट सर्वोच्च अदालतको भवन पुनर्निर्माण तीव्र

    काठमाडौं— जेनजी आन्दोलनका क्रममा पूर्ण रूपमा नष्ट भएको सर्वोच्च अदालतको भौतिक संरचना पुनर्निर्माणको काम तीव्र गतिमा बढिरहेको छ।आन्दोलनका क्रममा भएको आगजनी, ढुङ्गामुढा, तोडफोड तथा लुटपाटका कारण सर्वोच्च अदालतको भवनमा व्यापक क्षति पुगेको थियो। घटनामा अदालतको भौतिक संरचना पूर्ण रूपमा ध्वस्त हुनुका साथै विभिन्न मुद्दासम्बन्धी महत्वपूर्ण मिसिलहरू समेत जलेर नष्ट भएका थिए।हाल क्षतिग्रस्त संरचना पुनःनिर्माण गरी अदालतको सेवा सुचारु बनाउने लक्ष्यसहित काम धमाधम भइरहेको सम्बन्धित निकायले जनाएको छ। पुनर्निर्माण कार्य सम्पन्न भएसँगै न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने अपेक्षा गरिएको छ।

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 601 पटक पढिएको
  • नक्कली एक हजारका नोटसहित एक युवक पक्राउ

    सुनसरी— सुनसरीको हरिनगरा गाउँपालिका–१ बाट नेपाली एक हजार रुपैयाँ दरका २८ थान नक्कली नोटसहित एक युवक पक्राउ परेका छन्।बुधबार राति इनरूवा नगरपालिका–१० निवासी २५ वर्षीय बहिस मियालाई प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।प्रहरीका अनुसार बहिस मियाको साथबाट नेपाली एक हजार रुपैयाँ दरका नक्कली नोट बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 528 पटक पढिएको
  • बालेनको झापा–५ मा रहेको सम्पर्क कार्यालयमा तोड्फोड

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह बालेनको झापा–५ मा रहेको सम्पर्क कार्यालयमा बुधबार राति तोड्फोड भएको छ।झापाको कमल गाउँपालिका–२ मा बालेनको सम्पर्क कार्यालय रहेको घरको सिसा फुटेको अवस्थामा भेटिएको प्रहरीले बताएको हो। सिसा फुटेको जानकारी पाएपछि प्रहरी त्यस क्षेत्रमा गएर बुझिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 588 पटक पढिएको
  • नेपाल टेलिकम दुरसञ्चार संस्था मात्र होइन, राज्यको डिजिटल मेरुदण्ड होः गृहमन्त्री

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकमलाई राज्यको डिजिटल मेरुदण्डका रूपमा व्याख्या गरेका छन् । नेपाल टेलिकमको २२ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले नेपाल टेलिकम केवल एक दूरसञ्चार संस्था मात्र नभई राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलापको महत्वपूर्ण आधार भएको बताए ।उनले भने, ‘नेपाल टेलिकम केवल एक दुरसञ्चार संस्था मात्र होइन । राज्यको डिजिटल मेरुदण्ड हो । दुर्गम हिमालदेखि तराईका गाउँबस्तीसम्म सञ्चारको पहुँच पुर्याएर यस संस्थाले राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलाप गर्दै आइरहेको छ । प्राकृतिक विपद्, महामारी वा अन्य आपतकालिन अवस्थाहरुमा नेपाल टेलिकमले खेलेको भूमिक

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 576 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.