काठमाडौं— जेनजी आन्दोलनका क्रममा पूर्ण रूपमा नष्ट भएको सर्वोच्च अदालतको भौतिक संरचना पुनर्निर्माणको काम तीव्र गतिमा बढिरहेको छ।
आन्दोलनका क्रममा भएको आगजनी, ढुङ्गामुढा, तोडफोड तथा लुटपाटका कारण सर्वोच्च अदालतको भवनमा व्यापक क्षति पुगेको थियो। घटनामा अदालतको भौतिक संरचना पूर्ण रूपमा ध्वस्त हुनुका साथै विभिन्न मुद्दासम्बन्धी महत्वपूर्ण मिसिलहरू समेत जलेर नष्ट भएका थिए।
हाल क्षतिग्रस्त संरचना पुनःनिर्माण गरी अदालतको सेवा सुचारु बनाउने लक्ष्यसहित काम धमाधम भइरहेको सम्बन्धित निकायले जनाएको छ। पुनर्निर्माण कार्य सम्पन्न भएसँगै न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने अपेक्षा गरिएको छ।





































