समाज

    Showing ३,९११-३,९२० of ११,१६२ items.
  • बहुजन पार्टी अध्यक्ष, नेकपा प्रदेश सदस्यसहित डेढसय कांग्रेसमा, डा.कोइरालालाई सघाउने

    मोरङ । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का उमेदवार डा.शेखर कोइरालाले विभिन्न दलका नेताहरुलाई कांग्रेस पार्टीमा प्रवेस गराएका छन् ।नेपाली कम्युनिस्ट पार्टी कोशी प्रदेश सदस्य बिजय कामत कांग्रेसमा प्रवेश गरेका छन् । कामत तत्कालीन माओवादीबाट बिराटनगर वार्ड नम्बर ६ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।त्यसैगरि बहुजन समाजवादी पार्टी मोरङका अध्यक्ष नारायण पासवान, नेपाली कम्युनिस्ट पार्टी बिराटनगर महानगर समिति सदस्य सन्तोस साह लगायत १५० जना कांग्रेसमा प्रवेश गरेका हुन ।

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • २५७ पटक पढिएको
  • आसन्न निर्वाचनलाई मध्यनजर गर्दै कोरला नाका तीन दिन बन्द

    काठमाडौं— मुस्ताङको उत्तरी सीमामा पर्ने कोरला नाका आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तीन दिनका लागि सिल गरिने भएको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाल–चीन सीमावर्ती आवागमन अस्थायी रूपमा रोक्न लागिएको हो।कोरला नाका (लोमान्थाङ गाउँपालिका, मुस्ताङ) फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द रहनेछ। जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार यस अवधिमा अत्यावश्यक सेवाबाहेक सबै प्रकारका आवागमनमा पूर्ण निषेध रहनेछ।

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • ४६९ पटक पढिएको
  • त्रिभुवन विमानस्थलमा यात्रुहरूको भिड

    काठमाडौं— मध्यपूर्वमा तनाव बढेपछि विभिन्न देशहरूले आफ्नो विमानस्थल बन्द गर्दा त्यसको असर नेपालमा पनि देखिएको छ । नेपालबाट युएई, कतार, कुवेतलगायतका देशहरू जाने विमान रद्द हुँदा त्रिभुवन विमानस्थलमा यात्रुहरूको भिड बढेको छ । खाडीबाहेक अन्य मुलुक जाने यात्रुहरू विमानस्थलमा खचाखच देखिन्छन् ।मध्यपूर्वमा तनाव बढेपछि विभिन्न देशहरूले आफ्नो विमानस्थल बन्द गर्दा त्यसको असर नेपालमा पनि देखिएको छ । नेपालबाट युएई, कतार, कुवेतलगायतका देशहरू जाने विमान रद्द हुँदा त्रिभुवन विमानस्थलमा यात्रुहरूको भिड बढेको छ । खाडीबाहेक अन्य मुलुक जाने यात्रुहरू विमानस्थलमा खचाखच देखिन्छन् ।

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • ५१८ पटक पढिएको
  • प्रहरीलाई कार्यक्षेत्रमा जुट्न महानिरीक्षक कार्कीको निर्देशन

    काठमाडौं— प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिई त्यसलाई भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सबै प्रहरी कर्मचारी सामूहिक जिम्मेवारीबोधका साथ कार्यक्षेत्रमा जुट्नुपर्ने बताएका छन्।निर्वाचन हुनुअघि, निर्वाचनको बेला र निर्वाचनपछि अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयमा आज श्रव्यदृश्यका माध्यमद्वारा प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उनले राष्ट्रप्रतिको आफ्नो दायित्व नबिर्सन निर्देशन दिए।साथै उनले सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै रणनीतिसहित कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिए। प्रहरी महानिरीक्षक कार्कीले भरपर्दो सुरक्षा योजना अवलम्

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • ४९६ पटक पढिएको
  • जुम्लाको खलाङ्गा बजारमा ज्ञानेन्द्र शाहीको बृहत् चुनावी सभामा

    मुगु— फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभालाई लक्षित गर्दै जुम्लाको सदरमुकाम खलाङ्गा बजारमा ज्ञानेन्द्र शाहीको बृहत् चुनावी आमसभामा सहभागी आम जनतामा सहभागी भिड रहेको छ भने अबको केही समयमै कार्यक्रम सुरु हुँदैछ ।

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • ५२३ पटक पढिएको
  • खाडी क्षेत्रमा तनाब बढेपछि कतार एयरवेजका उडान केही समयका लागि रद्द, यात्रु समस्यामा

    काठमाडौं— खाडी मुलुकमा बढेको तनावका कारण कतारमा हवाइ उडान प्रतिबन्ध लागेपछि कतार एयरवेजको उडान अस्थायी रूपमा रद्द भएको छ ।कतार नागरिक उड्डयन प्राधिकरणले उडान प्रतिवन्ध हटाएपछि कतार एयरवेजले आफ्नो उडान सुरु गर्ने बताएको छ । थप जानकारी भोलि स्थानिय समयअनुसार ९ बजे दिइने कतार एयरवेजले जानकारी दियो । अमेरिका इजराइल र इरानबीच भइरहेको तनावका कारण अहिले विश्वभरिका उडानहरू प्रभावित भएका हुन् । आइतबारसम्म नेपालबाट यी क्षेत्रमा जाने २३ उडान रद्द हुँदा ४ हजारभन्दा बढी यात्रु समस्यामा परेका छन् ।

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • ५३२ पटक पढिएको
  • काठमाडौंमा ३२० मतदानस्थल र ८१७ मतदान केन्द्र

    काठमाडौं— यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ ।दश वटा निर्वाचन क्षेत्रमा तीन लाख ६४ हजार महिला, तीन लाख ४६ हजार ११६ पुरुष, र अन्य सात गरी कूल सात लाख १० हजार ७०८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका सूचना अधिकारी सृजना रायमाझीले जानकारी दिइन् ।काठमाडौं, निर्वाचन क्षेत्र नं. १ मा २२ वटा मतदानस्थल र  मतदान केन्द्र ५७ छन् । यहाँ २५ हजार २५२ महिला र २३ हजार २३७ पुरुष गरी कुल ४८ हजार ८४९ मतदाता रहेका छन् ।काठमाडौं क्

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • ५०९ पटक पढिएको
  • मध्यपूर्वमा विकसित घटनाक्रमप्रति एनआरएनएको आग्रहः उच्च सतर्कता अपनाउनुहोला

    काठमाडौं— गैरआवासीय नेपाली संघ एनआरएनएले मध्यपूर्व क्षेत्रमा हाल विकसित भइरहेका तनावपूर्ण घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यस क्षेत्रमा रहेका सम्पूर्ण नेपालीहरूलाई उच्च सतर्कता अपनाउन अपील गरेको छ।इजरायल र इरानसहित कतार, कुवेत, युएई र बहराइन जस्ता देशहरूमा रहेका करिब १९ लाख नेपालीहरूको सुरक्षालाई मुख्य प्राथमिकतामा राख्दै संघले विशेष सावधानी अपनाउन आग्रह गरेको हो।संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा प्रतिकूल परिस्थितिका कारण उत्पन्न जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन र नेपाली दूतावासले जारी गरेका सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्न अन

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • ५२५ पटक पढिएको
  • निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा ३ जना पक्राउ

    काठमाडौं— प्रहरीले प्रतिनिधि सभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सुनसरीबाट तीन जनालाई पक्राउ गरेको छ ।इनरुवास्थित जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा इलामको माङसेबुङ गाउँपालिका-१ बस्ने ३८ वर्षीय प्रविन मिश्र, मोरङको पथरी शनिश्चरे नगरपालिका-१० बस्ने ५१ वर्षीय सिताराम बुढाथोकी र भोजपुरको साप्लासिसो गाउँपालिका-१ बस्ने ४६ वर्षीय डिल्लिराम बोहोरा रहेका छन् ।उनीहरूलाई सुनसरीको विभिन्न क्षेत्रबाट पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीले बुढाथोकी र

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • ५४२ पटक पढिएको
  • निर्वाचन आचार संहिता उल्लंघनबारे कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

    काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनका घटनाबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।पार्टी केन्द्रीय कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा केही राजनीतिक दलहरूले स्वच्छ प्रतिस्पर्धाको सिद्धान्तलाई बेवास्ता गर्दै निर्वाचन आचारसंहिता विपरीत प्रचार–प्रसार गरिरहेको उल्लेख गरिएको छ ।लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धा अपरिहार्य हुने उल्लेख गर्दै कांग्रेसले आफू सदैव लोकतान्त्रिक मूल्य, संविधान र मानवअधिकारको संरक्षण तथा संवद्र्धनमा प्रतिबद्ध रहेको जनाएको छ ।विज्ञप्तिअनुसार निर्वाचन प्रचारका क्रममा केही दलहरूले भौत

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • ५४२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.