काठमाडौं— मुस्ताङको उत्तरी सीमामा पर्ने कोरला नाका आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तीन दिनका लागि सिल गरिने भएको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाल–चीन सीमावर्ती आवागमन अस्थायी रूपमा रोक्न लागिएको हो।
कोरला नाका (लोमान्थाङ गाउँपालिका, मुस्ताङ) फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द रहनेछ। जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार यस अवधिमा अत्यावश्यक सेवाबाहेक सबै प्रकारका आवागमनमा पूर्ण निषेध रहनेछ।






































