समाज

    Showing 3,581-3,590 of 11,162 items.
  • प्रधानमन्त्री कार्कीले रारा भ्रमणपछि चन्दननाथ मन्दिरको दर्शन गर्ने

    जुम्ला— प्रधानमन्त्री सुशीला कार्की कर्णाली भ्रमणका लागि जुम्ला पुगेकी छिन् । मुगुको रारा ताल भ्रमण सकेर उनी जुम्ला पुगेकी हुन् ।जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलका अनुसार उनी रारा तालको अवलोकनपछि जुम्ला पुगेकी हुन् ।प्रधानमन्त्रीको औपचारिक कार्यक्रम कुनै नभए पनि रारा भ्रमणपछि प्रधानमन्त्री कार्की एक दिन जुम्लामा बास बसेर भोलि बिहान चन्दननाथ मन्दिरको दर्शन गर्ने तालिका छ ।कार्की मुगुबाट जुम्लाको नम्बर २४ बाहिनीमा आउनु भएको र यही बास बस्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीले जुम्लाको चन्दननाथ मन्दिर दर्शन गर्ने कार्यक्रम छ ।

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 489 पटक पढिएको
  • समानुपातिक सांसदलाई आयोगद्वारा प्रमाणपत्र प्रदान

    काठमाडौं— निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गरेको छ ।बिहीबार आयोगमा आयोजित विशेष समारोहकाबीच आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले समानुपातिकतर्फका सांसदहरुलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।समानुपातिक निर्वाचनतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ५७ सांसद निर्वाचित भएका छन् । यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार–चार जना सांसद निर्वाचित भएका छन् ।फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वा

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 462 पटक पढिएको
  • सर्लाहीमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

    सर्लाही— सर्लाहीमा स्कुल बसको ठक्करबाट द्ई वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको बागमती नगरपालिका– २ सानो डाबरीस्थित भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको हो ।बिहीबार बिहान करिब ९ बजे जिरायतबाट हरिवनतर्फ जाँदै गरेको ना.१ क ७३८२ नम्बरको सगुन शिक्षा आवासीय विद्यालयको बसले स्थानीय श्याम गोलेका २ वर्षीय छोरा यनस गोलेलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा संलग्न बस र चालक हरिवन नगरपालिका– ११ प्रगति टोल निवासी करिब ५० वर्षीय सुर्य बहादुर थापालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको छ ।अहिले बालकको शव घटनास्थल

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 524 पटक पढिएको
  • जेनजी आन्दोलनमा क्षति पुगेका बागमती प्रदेशका भौतिक संरचनाको मर्मत अन्तिम चरणमा

    हेटौँडा— बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले ‘जेनजी’ आन्दोलनका क्रममा क्षति पुगेका प्रदेशका भौतिक संरचना तथा सरकारी कार्यालयहरूको मर्मत सम्भार कार्यको स्थलगत अनुगमन गरेका छन्।मंगलबार मन्त्री डा. देवकोटासहितको टोलीले हेटौँडास्थित ४ वटा मन्त्रालय रहेको पाँच तले भवन, बागमती प्रदेशका प्रमुख सचिवको निवासलगायत क्षतिग्रस्त भवनको निरीक्षण गरेको हो । अनुगमन टोलीमा मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठा र सहरी विकास तथा भवन निर्माण महाशाखाका प्रमुख भूपेन्द्रकुमार यादवसमेत सहभागी थिए ।निरीक्षणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री डा। देवकोटाले आन्दोलनबाट क्षति पुगे

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 473 पटक पढिएको
  • आज सुनको मूल्य तोलामा ५ हजार ४०० रुपैयाँ घट्यो

    काठमाडौं— नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ४०० रुपैयाँले घटेर ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन मूल्य प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 506 पटक पढिएको
  • कैलालीमा श्रीमान्, श्रीमतीमाथि चल्यो गोली, श्रीमतीको मृत्यु, श्रीमान् घाइते

    धनगढी— कैलाली गोदावरी नगरपालिका वडा नम्बर–४ अमलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगर र उनकी २८ वर्षीय श्रीमती संजिता मगरमाथि गोली प्रहार भएको छ ।गोल प्रहारबाट २८ वर्षीया संजिता मगरको मृत्यु भएको छ, भने ३१ वर्षीय रामबहादुर मगर घाइते भएका छन् ।बुधबार जङ्गलमा बाख्रा चराउन गएका बेला उनीहरूमाथि गोली प्रहार भएको थियो ।प्रहरीले राम बहादुरले आफ्नी श्रीमतीमाथि भरुवा बन्दुकको गोली चलाएर आफूलाई पनि गोली हानेको हुन सक्ने अनुमान गरेको छ ।अहिले घाइते अवस्थाका रहेका रामको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय माला खेतीका डिएसपी रण बहादुर चन्दले बताएका

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 456 पटक पढिएको
  • पाटन अस्पतालमा जनरल चेकअपको लागी टिकट काट्नेको भिड

    काठमाडौं— जनरल चेकअपका लागि पाटन अस्पतालमा बिरामीहरूको अत्यधिक भीड देखिएको छ। बिहीानैदेखि अस्पतालको टिकट काउन्टरअगाडि लामो लाइन लागेको छ, जहाँ सर्वसाधारण घण्टौँसम्म पालो कुरेर टिकट काट्न बाध्य भएका छन्।अस्पताल परिसरमा सेवाग्राहीको चाप अत्यधिक बढ्दा व्यवस्थापनमा समेत चुनौती देखिएको छ। सीमित टिकट काउन्टर र जनशक्तिको अभावका कारण बिरामीहरूले समयमै सेवा पाउन कठिनाइ भोगिरहेका छन्।यो अवस्थाले सरकारी अस्पतालप्रति नागरिकको निर्भरता उच्च रहेको देखाउँदासाथै सेवा प्रवाहमा सुधार, काउन्टर संख्या वृद्धि तथा प्रभावकारी व्यवस्थापनको आवश्यकता औँल्याएको छ।

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 503 पटक पढिएको
  • सिन्धुलीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    रामेछाप— सिन्धुली जिल्लामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।जिल्लाको सुनकोशी गाउँपालिका–६ घुमाउने चैनपुरस्थित बी.पी. राजमार्ग सडक खण्डमा सोमबार राति करिब ९ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्को टले जनाएको छ ।प्रहरीका अनुसार चैनपुरबाट खाल्टेतर्फ आउँदै गरेको बा.प्र ०२-०२७ प ११०० नम्बरको मोटरसाइकल र सिन्धुलीबाट काठमाडौँ जाँदै गरेको प्र.३-०२-०१४ प ८३६० नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।दुर्घटनामा डल्ले माझी ९अन्दाजी ४५०, मन्थली नगरपालिका–६का बासिन्दाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई आत्मीय सामुदायिक अस्पत

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 472 पटक पढिएको
  • बाजुराको स्वामिकार्तिकमा कृषि जैविक विविधता मेला, रैथाने बालीनालीको उत्पादनमा जोड

    बाजुरा— बाजुराको कर्णाली पारीको एक मात्र स्थानीय तह स्वामिकार्तिक खापर गाउँपालिकामा कृषि जैविक विविधता मेला भव्य रूपमा सम्पन्न भएको छ । सोही पालिकाको ४ देउरामा बुधबार कृषि जैविक विविधता मेला भव्य रूपमा सम्पन्न भएको हो ।‘कृषि जैविक विविधता तथा खाद्य परिकार प्रदर्शनी मेला–२०८२’ स्थानीय बालीको संरक्षण, प्रवद्र्धन र बजारीकरणलाई मुख्य लक्ष्य बनाउँदै सम्पन्न भएको गाउँपालिका कृषि शाखाले जनाएको छ ।गाउँपालिकाको आयोजना तथा परियोजनाको सह–आयोजनामा सञ्चालन गरिएको कृषि मेला प्रदर्शनी कार्यक्रमले अग्रानीक बस्तुहरूको उत्पादन,प्रशोधन र बजारीकरणमा सहज पुर्याउने भएको छ । उक्त कार्यक्रमले कृषकलाई प्रोत्साहन मिल्न

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 518 पटक पढिएको
  • बालिका बलात्कारको आरोपमा सार्की पक्राउ

    सुर्खेत— जवरजस्तीकरणीबाट बालिका गर्भवती बनाएको आरोपमा कालिकोटमा एक जना पक्राउ परेका छन् । रास्कोट नगरपालिका–१ की १३ बर्षिया बालिका बलात्कारको आरोपमा प्रहरीले स्थानीय एक जनालाई पक्राउ गरेको जनाएको छ ।साथीलाई भेट्न उनकै घरमा गएको समयमा साथीको बुवाबाट बलात्कार भएको भन्दै १३ वर्षीया किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन ।बलात्कारमा परेकी बालिकाको महिनावारी रोकिए पछि फुपूले सोधी खोजी गर्दा बालिकाले आफू बलात्कारमा परेको बताएकी थिइन् । त्यसपछि उक्त घटना प्रहरीको कार्यालयमा पुगेको हो । गत माघ १४ गते साथीको घरमा बसेकी बालिकालाई साथीको बुबाले आफूलाई बलात्कार गरेको ती बालिकाले बताएकी छन् ।रास्कोट–१ का ५३ वर

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 479 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.