काठमाडौं— जनरल चेकअपका लागि पाटन अस्पतालमा बिरामीहरूको अत्यधिक भीड देखिएको छ। बिहीानैदेखि अस्पतालको टिकट काउन्टरअगाडि लामो लाइन लागेको छ, जहाँ सर्वसाधारण घण्टौँसम्म पालो कुरेर टिकट काट्न बाध्य भएका छन्।

अस्पताल परिसरमा सेवाग्राहीको चाप अत्यधिक बढ्दा व्यवस्थापनमा समेत चुनौती देखिएको छ। सीमित टिकट काउन्टर र जनशक्तिको अभावका कारण बिरामीहरूले समयमै सेवा पाउन कठिनाइ भोगिरहेका छन्।

यो अवस्थाले सरकारी अस्पतालप्रति नागरिकको निर्भरता उच्च रहेको देखाउँदासाथै सेवा प्रवाहमा सुधार, काउन्टर संख्या वृद्धि तथा प्रभावकारी व्यवस्थापनको आवश्यकता औँल्याएको छ।