समाज

    Showing 281-290 of 11,160 items.
  • मनसुन अवधिमा हालसम्म एक हजार ३ सय १३ विपद्का घटना

    काठमाडौं / राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले रोल्पामा सडक खन्ने क्रममा थुप्रिएको माटोमा वर्षाको पानी पर्दा आकस्मिक बाढी आएको हुनसक्ने बताएका छन् । सोमबार आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा उनले प्राधिकरणको प्राविधिक टोलीले गरेको अध्ययनका क्रममा सडक खन्दा पहिरो गएको र त्यसबाट आएको माटो सडकको शिरानमा थुप्रिएको पाइएको बताए । उनका अनुसार उक्त क्षेत्रमा ४० देखि ५० मिलिमिटरसम्म वर्षा हुँदा थुप्रिएको ग्रेगान बगाएर ल्याएकाले एकैपटक आकस्मिक बाढी आएको हुनसक्ने देखिएको छ ।उनले भने, ‘रोल्पाको

    • प्रकाशित मितिः भदौ १, २०८३
    • 135 पटक पढिएको
  • रिसाङका पहिरो प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

    सुर्खेत / जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा बाढी तथा पहिरो प्रभावित स्थानीयवासीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । चार जनाको ज्यान जाने गरेर आएको बाढी तथा पहिराले १० जना घाइते भएका छन् । दर्जनौ मानिसहरु घर छाडेर खुल्ला आकाशमा विद्यालयमा आश्रय लिइरहेका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटको आयोजनामा तथा कर्णाली प्रदेश प्रहरी अस्पताल, सुर्खेतको समन्वयमा सोमबार विहान देखि त्रिभुवन आधारभूत विद्यालयको प्राङ्गणमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा कर्णाली प्रदेश प्रहरी अस्पताल, सुर्खेतबाट प्राविधिक प्रहरी नायब उपरीक्षक अमितकुमार ठाकुरको कमाण्डमा ६ जना स्वा

    • प्रकाशित मितिः भदौ १, २०८३
    • 186 पटक पढिएको
  • विद्युत उत्पादनसँगै आन्तरिक खपत र प्रसारण पूर्वाधार सुदृढीकरणमा सरकारको प्राथमिकता

    काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरण ४१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपाल झण्डै ३० अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात गर्नसक्ने अवस्थामा पुगेको बताएका छन् ।मन्त्री श्रेष्ठले विद्युत उत्पादन, प्रसारण तथा वितरण पूर्वाधारको विकाससँगै लाखौँ घरधुरीमा विद्युत सेवा पुर्याउँदै नेपाल विद्युत निर्यातको चरणमा प्रवेश गर्न सफल भएको बताए । उनले प्राधिकरणले चार दशकभन्दा लामो अवधिमा नेपालको ऊर्जा विकासमा निर्वाह गरेको भूमिका ऐतिहासिक रहेको उल्लेख गरे ।‘यतिबेला झण्डै ३० अर्ब रुपैयाँको विद्युत निर्यात गर्नसक्ने अवस्थामा पुगेका छौँ,’ मन्त्री श्

    • प्रकाशित मितिः भदौ १, २०८३
    • 168 पटक पढिएको
  • किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्चमा बहस जारी

    काठमाडौं / वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेको छ।न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुवेदीको संयुक्त इजलासमा रिटमाथिको बहस भइरहेको हो। श्रेष्ठको तर्फबाट बहस गर्न डेढ दर्जनभन्दा बढी कानुन व्यवसायीले नाम दर्ता गराएका छन्। वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई र शम्भु थापाले प्रारम्भिक बहस सम्पन्न गरिसकेका छन् भने चिया विश्रामपछि अन्य कानुन व्यवसायीले बहसलाई निरन्तरता दिनेछन्।बहस सकिएपछि अदालतले श्रेष्ठलाई थुनामै राख्ने वा रिहा गर्ने सम्बन्धमा आदेश जारी गर्ने अपेक्षा गरिएको छ। गत बुधबार राति ललितपुरस्थित नि

    • प्रकाशित मितिः भदौ १, २०८३
    • 145 पटक पढिएको
  • मोरङ कारागारमा तनाव, कैदीबन्दी छतमा चढेर विरोध

    विराटनगर / मोरङ जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूले कारागारभित्र गरिएको खानतलासीको विरोध गर्दै प्रदर्शन गरेका छन्।खानतलासीका क्रममा प्रहरीले अनावश्यक दुःख दिएको आरोप लगाउँदै केही कैदीबन्दी कारागारको छतमा चढेर विरोधमा उत्रिएका हुन्। आज बिहान प्रमुख जिल्ला अधिकारी युवराज कटेलको नेतृत्वमा गएको सुरक्षा टोलीले कारागारको सुरक्षा व्यवस्थालाई थप कडा बनाउने उद्देश्यले खानतलासी गर्नुका साथै केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरेको थियो। यसको विरोधमा कैदीबन्दीहरूले कारागारको ‘बी’ ब्लकमा अवरोध सिर्जना गर्दै प्रदर्शन गरेका हुन्।घटनापछि कारागार क्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ बनाइए

    • प्रकाशित मितिः भदौ १, २०८३
    • 199 पटक पढिएको
  • विदेशी मुद्रासहित नेपाल वायु सेवा निगमका दुई कर्मचारी पक्राउ

    काठमाडौं / नेपाल वायु सेवा निगमका दुई कर्मचारीलाई तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा बोकेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार आइतबार काठमाडौंबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका उनीहरूलाई विमानस्थलमा जाँचका क्रममा नियन्त्रणमा लिइएको हो। विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी राजकुमार सिलवालले तोकिएको सीमा भन्दा बढी विदेशी मुद्रा फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए।उनका अनुसार नेपालबाट बाहिर लैजान पाइने विदेशी मुद्राको निर्धारित सीमाभन्दा बढी रकम साथमा रहेको

    • प्रकाशित मितिः भदौ १, २०८३
    • 150 पटक पढिएको
  • सरकार–म्यानपावर व्यवसायीबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

    काठमाडौं / वैदेशिक रोजगार व्यवसायीले घोषणा गरेको आन्दोलन अन्त्य भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयसँगको वार्तापछि व्यवसायीका माग ४५ दिनभित्र सम्बोधन गर्ने सहमति भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको हो।नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाँगीका अनुसार मन्त्रालयले व्यवसायीका मागहरू चरणबद्ध रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि भोलिदेखि सबै म्यानपावर कम्पनी नियमित रूपमा सञ्चालन हुनेछन्। संघले सेवा शुल्क निर्धारण, वैदेशिक रोजगार विभागले गरेका कारबाही फिर्ता लिनुपर्ने लगायत १५ बुँदे माग अघि सारेको थियो। माग सम्बोधन नभएको भन्दै व्यवसायीहरूले कार्यालय बन्द गरी वै

    • प्रकाशित मितिः भदौ १, २०८३
    • 149 पटक पढिएको
  • गोकर्णेश्वरका नगर प्रमुख रिसाल एशिया ग्लोबल एक्सिलेन्स अवार्ड

    काठमाडौं / गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसाललाई शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका लागि ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मान गरिएको छ।थाइल्यान्डको पटायास्थित सियामिज होटलमा अगस्ट १० मा आयोजित ‘नेपाल–थाइल्यान्ड मैत्री महोत्सव’ तथा ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड २०२६’ समारोहमा नगर प्रमुख रिसाललाई ‘शिक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट एसिया नेपाल नगर प्रमुख पुरस्कार’ प्रदान गरिएको हो।शिक्षा तथा स्वास्थ्य क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै समाजमा उल्लेखनीय योगदान पुर्याएको, व्यावसायिक उत्कृष्टता कायम गरेको तथा समर्पित सेवामार्फत समुदायमा

    • प्रकाशित मितिः भदौ १, २०८३
    • 145 पटक पढिएको
  • मुख्यमन्त्रीको सपथ पछि मात्रै सुदूरपश्चिममा नेकपाले मन्त्री टुंगो लगाउने

    धनगढी / सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लगेपछि मात्रै बाँकी मन्त्रीको टुंगो लग्ने भएको छ । विश्वासको मत प्रयोजनका लागि भदौ २ गते प्रदेश सभा बैठक बोलाउने तयारी भइरहेको जनाइएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा मन्त्री चयनमा समस्या भएपछि विश्वासको मत लगेपछि मात्रै सरकारलाई पूर्णता दिने निर्णयमा सो पार्टी पुगेको हो । नेकपामा रहेका साविकका तीन वटै घटकलाई एक एक मन्त्री दिने आन्तरिक सहमति भए पनि मन्त्रीका आकांक्षीको व्यवस्थापनमा समस्या भएपछि सरकारको पुर्णता दिने कार्य पछि धकेलिएको हो ।मन्त्री चयनमा असमmदारी बढ्दा सरकारलाई जोखिम बढ्न सक्ने आकलन गर्दै मुख्यमन्त

    • प्रकाशित मितिः भदौ १, २०८३
    • 145 पटक पढिएको
  • थारु समुदायको गुरिया पर्व मनाउँदै

    काठमाडौं / थारु समुदायले आज गुरिया पर्व मनाउँदै छ । विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारु समुदायमा यो पर्व मनाइँदैछ । थारु समुदायले मनाउने गुरिया पर्व एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको जनविश्वास छ । विशेषगरी पश्चिम नेपालका कैलाली,  कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँने गर्दछन् । यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ ।

    • प्रकाशित मितिः भदौ १, २०८३
    • 158 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.