समाज

    Showing 11,061-11,070 of 11,162 items.
  • बर्दियामा बाघ आतङ्क : स्थानीय त्रासमा

    बर्दिया  / बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ । त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो । बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैँ घरभित्र बस्न बाध्य भएका छन् ।बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, गोला, पशुपतिनगर क्षेत्रमा यतिखेर बाघले आतङ्क मच्चाएको स्थानीयको भनाइ छ । “दुई महिनायता मात्र धेरैका गाई, भैँसी र बाख्रा बाघले खाएको छ भने केही दिनअघि मात्र घोठियामा एक जनाको बाघको आक्रमणबाट ज्यान गएको छ”

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 110 पटक पढिएको
  • ‘बजारलाई व्यवस्थित बनाउने प्रयास’

    बिर्तामोड / उपभोक्ता अधिकार संरक्षण गर्ने जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यावसायिक क्रियाकलापलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउन सदैव क्रियाशील रहेको जनाएको छ । शुक्रबार यहाँ आयोजित कार्यक्रममा विभागका महानिर्देशक प्रकाश पौडेलले दैनिक बजार अनुगमनलाई निरन्तरता दिइएको बताएका छन् । “दिनमा तीन÷चार टोलीलाई बजार अनुगमनमा खटाएका छौँ । विभागको क्षमताअनुसार हामीले बजारलाई व्यवस्थित बनाउने कोशिस गरिरहेका छौँ”, विभागका पर्याप्त जनशक्ति नहुँदा अनुगमनलाई व्यापक बनाउन नसकिएको उनको गुनासो थियो ।सुशासन र बजार अनुगमनलाई प्रभावकारी बनाउन अधिकारकर्मी, सचेत उपभोक्ता र सम

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 116 पटक पढिएको
  • भारतमा कोठी सञ्चालन गर्ने महिला पक्राउ

    काठमाडौँ / नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुल्न आएको छ ।प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोटको साविक गाउँखर्क गाविस–९ की ६२ वर्षीया रुकमाया तामाङ (चमेली) लाई पक्राउ गरेको छ । उनले सीता तामाङका नाममा मानव बेचबिखन गर्ने गरेको खुल्न आएको छ ।उनले भारतको नयाँ दिल्लीस्थित जिबी रोडको ५६ नम्बर गल्लीमा कोठी सञ्चालन गरेर बस्ने गरेको पत्ता लागेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले नुवाकोट प्रहरीको सहयोगमा विदुर नगरपालिकाबाट पक्राउ गरी अनुस

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 131 पटक पढिएको
  • अधिकांश गाउँघर पुरुषविहीन बन्दै

    झापा / अधिकांश ग्रामीण क्षेत्रका गाउँघर पुरुषविहीन बन्दै गएका छन् । रोजगारीका लागि युवाहरु विदेश जान थालेपछि गाउँमा पुरुष भेटिन मुश्किल हुने गरेको हो ।पुरुष विदेश गएसँगै गाउँघरमा मजदूरीको काम महिलाले सम्हाल्नु परेको छ । व्यास नगरपालिका–५ साँगे, सेराका कृषक बेदकुमार श्रेष्ठले मेलापातको काममा पुरुष कामदार नपाइने गरेको बताए । धेरैजसो गाउँका युवा पुरुष विदेश वा जागिरमा जाने हुँदा गाउँघरका मेलापातमा महिला नै जाने गरेको उनले बताए । पहिलापहिला गाउँका एक÷दुई जना मात्रै विदेश जाने हुनाले फलानो लाहुरेको घर हो भनेर चिनिन्थ्यो, अहिले धेरै विदेश जान थालेपछि लाहुरे नभएको घर भेटाउनै गाह्रो हुने उनले जना

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 118 पटक पढिएको
  • कौसी खेतिको आकर्षक बढ्यो

    तनहुँ/ तनहुँका मुख्य भाग आजभोलि घरले भरिएका छन् । कङ्क्रिटले बनेका संरचनाका कारण शहरमा खाली ठाउँ भेट्न मुस्किल छ । खेतीका लागि बारी भेट्नु त परको कुरा । शहरमा खेतीका लागि बारी नभए पनि एक महिलाले भने विगत केही वर्षदेखि आफ्नै घरको कौसीमा तरकारी फलाइरहेकी छन् ।दमौलीको मुख्य बजार व्यास नगरपालिका–२ कालिकामार्ग निवासी कल्पना गौलीले खेतबारी नभए पनि कौसीमा प्रशस्त तरकारी उत्पादन गर्न सकिन्छ भन्ने पुष्टि गरेकी छन् । उनले घरको कौसीमा करीब एक दर्जन थरीका तरकारी र जडीबुटी लगाएकी छिन्। उनको घरको कौसीमा मात्र होइन, हरेक तलाको बरण्डामा समेत गमलामा तरकारी फलेको छ ।घरमा भ¥याङलगायतको भाग छोड्दा जम्माजम्मी आधा आ

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 146 पटक पढिएको
  • अलपत्र बन्यो बाग्मती पुल

    सर्लाही / सर्लाही र रौतहट जोड्ने वाग्मती नदीको पुलको निर्माण कार्य करीब आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । निर्माण शुरु भएको आठ वर्ष बितिसक्दा पनि ठेकेदारको लापर्बाहीका कारण पुल निर्माण कार्य सम्पन्न नभएको हो । समयमा पुल नबनेका कारण स्थानीयलाई आवतजावतमा समस्या भएको हजरियाका गोविन्द पोख्रेलको गुनासो छ । सर्लाहीको हजरिया र रौतहटको समनपुर जोड्ने वाग्मती नदीमा निर्माण कार्य शुरु भएको करिब आठ वर्ष बितिसक्दा पनि पुलको निर्माण कार्य सम्पन्न नहुदा स्थानीयले सास्ती खेप्नुपरेको अर्का स्थानीय रवीन्द्र महतोले गुनासो गरेका छन् । पूर्व–पश्चिम लोकमार्गबाहेक ४२ किलोमिटर दक्षिण नेपाली सीमासम्म वाग

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 118 पटक पढिएको
  • सडक दुर्घटनामा एकको मृत्यु

    दमक / झापाको दमक नगरपालिका –५ गोर्खा डिपार्टमेन्ट नजिक सडकखण्डमामोटरसाईकल र स्कुटी एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ  । विहिबार राती १–०१–१३ प ८७६६ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको मे।९प ६२१९ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटी चालक दमक ८ बस्ने ५० बर्षीय ईन्द्र भुजेलको उपचारका क्रममा लाईफ लाईन दमक अस्पताल मृत्यु भएको छ ।  दर्घटनामा परेको मोटरसाईकलका चालक दमक ४ बस्ने २६ बर्षीय संजोक सुन्दास घाईते भएको र उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 126 पटक पढिएको
  • आगलागीबाट एक घर जलेर नष्ट

    ताप्लेजुङ/  फुङलिङ नगरपालिका– ५ स्थित उकालीपानीमा एक घर जलेर नष्ट भएको छ । आज अपराह्न अचानक भएको आगलागीबाट सन्तोष लिम्बूको घर जलेर नष्ट भएको हो ।  घरमा कोही नभएका अवस्थामा भएको आगलागीबाट  दुई लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।  एक्लै बस्दै आउनुआएका लिम्बूको आगलागीबाट ८० हजार रुपैयाँ, ३० हजार रुपैयाँ बराबरको अन्नपात र  लत्ताकपडालगायत सामान र करीब रुपैया एक लाख ५० हजार बराबरको कच्ची घर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नगरपालिकाको दमकलको सहायतामा स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीको कारण भने

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 103 पटक पढिएको
  • झापा कारागारमा थपिँदै नयाँ भवन

    बिर्तामोड / क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेको झापा कारागारमा एक चौथाइलाई सुविधाजनक हुने गरी नयाँ भवन बनाउन शुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले महाशिवरात्रिका अवसरमा वैदिक विधिबाट पूजा गरी आज नयाँ भवनको शिलान्यास गरेका छन् ।हालको कारागार भवनको दक्षिणको खाली परिसरमा पर्खाल लगाएर नयाँ भवन थप्न लागिएको हो । तीन सय ५०  कैदीबन्दी अट्ने क्षमताको बन्न लागेको दुईतले भवनको भुइँतला पक्की र माथ्लो तला टिनको छानाको हुने बताइएको छ । भद्रपुर नगरपालिका वडा नं– ८ मा साढे चार दशकअघि बनेको कारागारमा हाल एक हजार १ सय ८४  जना कैदीबन्दी छन् । तीमध्ये एक हजार एक सय १६ जना पुरु

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 108 पटक पढिएको
  • प्रदेश सरकार र वादी समुदायबीच पाँच बुँदे सहमति

    कर्णाली/  दुई सातादेखि भूमि र आवासको माग गर्दै आएका वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँच बुँदे सहमति भएको छ । यही फागुन १० गतेदेखि खेतीयोग्य भूमि र आवास माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बस्दै आएका वादी समुदायसँग बुधबार बसेको बैठकबाट पाँच बुँदे सहमति भएको हो । सहमतिपत्रमा प्रदेश सरकारका तर्फबाट कर्णाली प्रदेश, भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्र मिश्र र वादी सङ्घर्ष समितिका तर्फबाट हिक्मत वादीले हस्ताक्षर गर्नुभएको छ ।सहमतिअनुसार प्रदेश सरकारको कार्यक्षेत्र नभएको हुँदा जमिन उपलब्ध गराइदिन प्रदेश सरकार, मन्त्रिपरिषद्बाट निर्णय

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 96 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.