समाज

    Showing 10,991-11,000 of 11,162 items.
  • भारतबाट लुकाएर ल्याएको मदिरा बरामद

    बिर्तामोड/ झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेमा भारतबाट  अबैध रुपमा ल्याएको मदिरा  प्रहरीले बरामद गरेको छ ।ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले मे१ज ३३५१ नम्बरको भेन नियन्त्रणमा लिई चेकजाँच गर्दा सिटमुनी लुकाएर  ल्याएको भारतिय मदिरा SIKKIM GOLDEN नामक ८४ बोतल र फायरबल ११ बोतल फेलापारी बरामद गरेको हो । बरामद गरिएको मदिर, भेन र भेन चालक ईलाम सुर्योद्धय–२ का २८ बर्षीय प्रकाश खड्कालाई श्री आन्तरिक राजश्‍व कार्यालय चन्द्रगढी झापामा बुझाई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 122 पटक पढिएको
  • आज चट्याङसहित वर्षाको सम्भावना

    बिर्तामोड / देशभर आज स्थानीय वायु र पश्चिमी वायुको प्रभाव परेकाले मौसममा परिवर्तन रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभरका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको र बाँकी भूभागमा आंशिक बदली भइरहेको महाशाखाले जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विवराण अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बाँकी प्रदेशका पहाडी भू–भागहरुका केही स्थानमा आंशिक र केही स्थानमा सामान्य बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 109 पटक पढिएको
  • मोेटरसाइकल चोरीको बिगबिगी

    महोत्तरी / महोत्तरीको उत्तरवर्ती नगर बर्दिवासमा मोटरसाइकल चोरीको बिगबिगी बढेको छ ।  सोमबार दिउँसै बर्दिवास–६ का प्रेमबहादुर खत्रीको ज९प ४३७९ नंको मोटरसाइकल बर्दिवास–१ पूर्वचोकस्थित आइएमई कार्यालय अगाडिबाट चोरी भएको थियो । चैत महिनामा मात्रै १० भन्दा बढी मोटरसाइकल चोरी भएका छन् ।“मोटरसाइकल अगाडि राखेर काम विशेषले आइएमई कार्यालय छिरेँ, पाँच मिनटमै फर्कँदा मोटरसाइकल चोरी भइसकेको थियो”, मोटरसाइकल धनी खत्रीले भन्छन् । दैनिकजसो मोटरसाइकल चोरीका वारदातबारे जानकारी आइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।चैत लाग्दै बर्दिवास–७ का वडाध्यक्ष फाल्गुण सुसलिङले प्रयोग गर्दै आएका बर्दिवास नगर

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 109 पटक पढिएको
  • बेनी–जोमसोम सडक चार दिन बन्द हुँदै

     म्याग्दी / म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक चार दिनका लागि बन्द गरिने भएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक २०७७ चैत १४ देखि १७ गतेसम्म बन्द गरिने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले सोमबार एक सूचना जारी गरेर सडक स्तरोन्नति र निर्माणका लागि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बेनी–जोमसोम सडकमा चार दिन सवारी साधन आवतजावत रोकिने जानकारी गराएका हुन् ।म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर सडक स्तरोन्नति र मुस्ताङको थासा

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 107 पटक पढिएको
  • मोबाइल पड्किँदा किशोरीको मृत्यु

    डोटी / चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो ।मृतक नाथ स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरथ थिइन् । मोबाइल पड्किँदा गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा  मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय डोटीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 110 पटक पढिएको
  • चौध वर्षीय बालक १० दिनदेखि बेपत्ता

    हुम्ला / हुम्लाको खार्पुनाथ गाउँपालिका–१ गोप्कागाउँका एक बालक १० दिनदेखि बेपत्ता भएका छन् । यही चैत १ गतेदेखि १४ वर्षीय राजु विक सुर्खेतको रङ्गशालाबाट बेपत्ता भएका छन् ।केही दिन अगाडि हुम्लाबाट मोबाइल मर्मत तालिम सिक्न सुर्खेत पुगेका उनी १० दिनदेखि सम्पर्कमा नआएको उनका दाजु राजेन्द्र विकले बताएका छन् । सुर्खेतमा प्रत्येक महिनाको १ र १५ गते लाग्ने मेला हेर्न १ गते सुर्खेत रङ्गशाला पुगेका विक त्यस दिनदेखि घर फिर्ता नभएको उनका दाजुले गुनासो गरेका छन् । दश दिनसम्म खोजी गरेको भए पनि कोही कसैको सम्पर्कमा नआएको उनले बताए । चैत १ गतेदेखि हराएका भाइको खोजी गरिदिनका लागि प्रहरी कार्यालय सुर्खेतमा शनिबार

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 100 पटक पढिएको
  • स्कूल बस दुर्घटनामा एकको मृत्यु, करिब दुई दर्जन घाइते

    दाङ / दाङमा स्कूल बस दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नं को बस तुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा  तुलसीपुर उपमहानरपालिका–१६ निवासी १९ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिएका छन् ।दुर्घटनामा परी २२ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पठाइएको छ भने अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तुलसीपुर उपमहानगरपालिका–

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 139 पटक पढिएको
  • राष्ट्रिय धर्मसभामा नयाँ नेतृत्व चयन

    काठमाडौँ / राष्ट्रिय धर्मसभा नेपालको चौथो केन्द्रीय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा प्रा डा. माधव भट्टराई र उपाध्यक्षमा ज्यो पं सूर्यप्रसाद ढुङ्गेल निर्विरोध निर्वाचित भएका छन् । यसैगरी महासचिवमा डा पवित्रबहादुर खड्का निर्वाचित हुनुभएको धर्मसभाले छ । धर्मसभाका  सचिवद्वयमा डा पुरुषोत्तम भट्टराई र पं लेखनाथ न्यौपाने तथा कोषाध्यक्ष्माा देवीप्रसाद पाठक चयन भएका छन् । यसैगरी केन्द्रीय सदस्यमा पूर्वराज्यमन्त्री कान्ता भट्टराई, प्रा वासुदेव आचार्य, लोकराज पौडेल, पं कृष्णप्रसाद खनाल, सहप्रा डा. माधवप्रसाद पाण्डेय, पुष्पराज पुरुष, भरत शर्मा, आचार्य शिवशङ्कर न्यौपाने, पं डि

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 105 पटक पढिएको
  • सिलिण्डर पड्केर छ घाइते

    भक्तपुर / सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा आगलागी हुँदा सञ्चालकसहित छ जना घाइते भएका छन् ।महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पसलमा खाजा बनाउने क्रममा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको हो । आगलागीबाट घाइते भएका पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भई सूर्यविनायक–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेत, काठमाडाँै कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्कीलाई उपचारका लागि सल्लाघारीस्थित डा। ईवामुरा मेमोरियल अस्पतालमा प्रथम चरणको उपचार गरी थप उपचारका लागि कीर्तिपुरस्थित बर्न सेन्टर अस्पताल पठाइएको ग

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 115 पटक पढिएको
  • हिरासत कक्षमा पुस्तकालय

    बनेपा / विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई आचरण र व्यवहारमा परिवर्तन गर्न सहयोग पु¥याउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलले हिरासत कक्षमा नै पुस्तकालय स्थापना गरेको छ । ‘आचरण व्यवहारमा परिवर्तनका लागि हातहातमा किताब’ भन्ने नाराका साथ कार्यालयले पुस्तकालय स्थापना गरेको हो ।  वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले आज उद्घाटन गर्दै पुस्तकालयले  उत्प्रेरणा र मनोवृत्ति परिवर्तन गर्ने, ज्ञानका कुरा सिक्ने तथा समयको पनि उचित सदुपयोग हुने बताए ।  । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपर

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 170 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.