काठमाडौँ / राष्ट्रिय धर्मसभा नेपालको चौथो केन्द्रीय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा प्रा डा. माधव भट्टराई र उपाध्यक्षमा ज्यो पं सूर्यप्रसाद ढुङ्गेल निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी महासचिवमा डा पवित्रबहादुर खड्का निर्वाचित हुनुभएको धर्मसभाले छ । धर्मसभाका सचिवद्वयमा डा पुरुषोत्तम भट्टराई र पं लेखनाथ न्यौपाने तथा कोषाध्यक्ष्माा देवीप्रसाद पाठक चयन भएका छन् ।
यसैगरी केन्द्रीय सदस्यमा पूर्वराज्यमन्त्री कान्ता भट्टराई, प्रा वासुदेव आचार्य, लोकराज पौडेल, पं कृष्णप्रसाद खनाल, सहप्रा डा. माधवप्रसाद पाण्डेय, पुष्पराज पुरुष, भरत शर्मा, आचार्य शिवशङ्कर न्यौपाने, पं डिल्लीराम गौतम, आचार्य सन्तोष वाशिष्ठ, आचार्य लक्ष्मण पन्थी, रामदरेश राय, अनन्तहरि आचार्य, डा बलराम रेग्मी, ज्यो खिलानाथ काफ्ले, टेकराज पनेरू, रामनाथ अधिकारी, कमलादेवी धिताल, सीता खड्का र विक्कीजङ्ग राणा निर्वाचित भएका छन् ।