बिर्तामोड / देशभर आज स्थानीय वायु र पश्चिमी वायुको प्रभाव परेकाले मौसममा परिवर्तन रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

देशभरका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको र बाँकी भूभागमा आंशिक बदली भइरहेको महाशाखाले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विवराण अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बाँकी प्रदेशका पहाडी भू–भागहरुका केही स्थानमा आंशिक र केही स्थानमा सामान्य बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ ।

महाशाखाका अनुसार आज रातिको मौसमको अवस्था पनि थोरै स्थानबाहेक देशका धेरै भूभागमा सामान्य नै रहनेछ । देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी भू–भागमा पनि आंशिक बदली हुन सक्ने उल्लेख छ ।

यस्तै गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूस्रपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।