बिर्तामोड/ झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेमा भारतबाट  अबैध रुपमा ल्याएको मदिरा  प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले मे१ज ३३५१ नम्बरको भेन नियन्त्रणमा लिई चेकजाँच गर्दा सिटमुनी लुकाएर  ल्याएको भारतिय मदिरा SIKKIM GOLDEN नामक ८४ बोतल र फायरबल ११ बोतल फेलापारी बरामद गरेको हो । 

OM Sai Pathibhara Hospital

बरामद गरिएको मदिर, भेन र भेन चालक ईलाम सुर्योद्धय–२ का २८ बर्षीय प्रकाश खड्कालाई श्री आन्तरिक राजश्‍व कार्यालय चन्द्रगढी झापामा बुझाई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।