समाज

    Showing 10,661-10,670 of 11,162 items.
  • एउटै बस्तीमा १३ को मृत्यु

    महोत्तरी / महोत्तरीको भङ्गाहा नगरपालिका–४ को एउटै बस्तीमा पछिल्लो १५ दिनभित्र १३ जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट रामनगर बस्तीमा दुई सातामा १३ जनाको मृत्यु भएको हो । मृतकमध्ये ५० वर्षीया एक महिलाबाहेक कसैको पिसिआर परीक्षण भएको थिएन ।चारैतिर कोभिड–१९ सङ्क्रमणबाट धमाधम मान्छे मर्न थालेपछि बस्तीमा त्रास फैलिएको छ । मृतकमध्ये अधिकांश ५० वर्ष उमेरको हाराहारीका परेका छन् । रुघाखोकी लाग्ने, सामान्य ज्वरो आउने र पखाला लाग्ने व्यथाले धेरैको मृत्यु भएको सो बस्तीकै बासिन्दा मुकुन्द दाहालले बताएका छन् । “बिरामी भएपछि दुई जनालाई परिवारजनले अस्पताल पु¥याएका थिए, अरु घरमै मरे” दाहालले भने, “अस्पताल पु¥याइए

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 127 पटक पढिएको
  • आगलागीबाट एक घर जलेर नष्ट, १९ लाख बराबरको क्षति

    पाँचथर / कुम्मायक गाउँपालिकाको एक घरमा आगलागी हुँदा १९ लाख ४६ हजार रुपैयाँको क्षति भएको छ । प्रहरीका अनुसार वडा नं ४ यासोक बजारका प्रकाश काफ्लेको चार तल्ले घरको चौथो तल्लामा आज बिहान आगलागी हुँदा काठ, जस्ता र प्लाईले बनेको चौथो तला जलेर नष्ठ हुँदा उक्त क्षति भएको हो । खाना पकाउने ग्यास चुहिँदा भएको सो आगलागी स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 141 पटक पढिएको
  • निषेधामा बालबालिका घरभित्र राख्न अभिभावकको महत्वपूर्ण भूमिका

    टीकापुर / यतिबेला दोस्रो चरणको कोरोना सङ्क्रमण फैलिएका कारण देशका अधिकांश भाग निषेधामा छ । कैलालीमा कोरोनाले २०० बढीले ज्यान गुमाइसके । यस्तो त्रासमा अभिभावकलाई बालबालिका घरभित्र व्यस्त राख्न चुनौतिपूर्ण भएपनि अभिभावकको महत्वपूर्ण भूमिका हुन्छ । तर विभिन्न उपायको खोजी गरेर सङक्रमण हुनबाट जोगिन आवश्यक छ  । गाउघरमा बालबालिकाहरु वल्लोपल्लो घर जाने र सहपाठीसँग बढी घुलमिल हुनाले कोरोनाबाट बढी सङ्क्रमित हुन सक्ने शिक्षिका कविता विश्वकर्मा बताउछन् । ‘‘यस्तो वेलामा बालबालिकालाई घरमै व्यस्त राख्न अभिभावकको महत्वपूर्ण भूिमका रहन्छ । उनीहरुलाई व्यस्त बनाउन विभिन्न खेल सामग्रीमा भुलाउने, नयाँ उन

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 107 पटक पढिएको
  • सञ्चारमाध्यममा अपांगतामैत्री सूचना र सामग्री प्रयोग गर्न आग्रह

    पोखरा / कोभिड–१९ महामारीमा अपाङ्गता भएका व्यक्ति थप जोखिममा रहेको भन्दै उनीहरूको आवाजलाई सञ्चारमाध्यमले प्राथमिकता दिन अपाङ्गमैत्री सूचना सामग्री प्रयोग गर्न सरोकारवालाले आग्रह गरेका छन् ।स्वावलम्बन जीवनपद्दति केन्द्र–पोखराले कोभिड महामारीमा अपाङ्गता भएका व्यक्तिको अवस्था र मिडियाको भूमिका विषयक भर्चुअल अन्तक्र्रिया कार्यक्रममा सहभागीले विभिन्न कारणले अपाङ्गगता भएकाको अधिकारलाई स्थापित गर्न सञ्चारमाध्यमले अपाङ्गमैत्री शब्द र सामग्री प्रयोग गर्न आग्रह गरेका हुन् ।दृष्टिविहीन पत्रकार एवं कास्की नेत्रहीन सङ्घका अध्यक्ष श्रीकान्त सापकोटाले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्दै सञ्चारमाध्यममा अ

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 131 पटक पढिएको
  • स्कारपियोकोे ठक्करबाट पैदलयात्रीको मृत्यु

    बनियानी / झापाको कमल गाउँपालिकामा स्कारपियोको ठक्करबाट गए राति पैदलयात्रीको मृत्यु भएको छ । कमल गाउँपालिका–३ सानो केर्खामा प्रदेश३–०१–०२४च ४५३५ नंको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने दर्जीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई ठक्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 120 पटक पढिएको
  • महामारीमा हुँदा खाने र हुनेखानेबीचको खाडल चुलिँदै

    काठमाडौँ / कोभिड–१९ को महामारीमा हुँदा खाने र हुनेखानेबीचको खाडल चुलिँदै गएको छ । निम्न वर्गले धेरै अभाव झेल्नु परेको छ भने हुनेखाने वर्गले महिनौंका लागि आवश्यक सामग्री सञ्चित गरेको छ ।महामारीमा दैनिक ज्यालादारी गरेर खाने तथा समाजका तल्लो तहका वर्गले रोजगारी गुमाएका छन् । मजदुर, साना तथा खुद्रा व्यावसाय गर्ने, होटल रेष्टुराँमा काम गर्नेलाई बिहान–बेलुका हातमुख जोड्नै समस्या छ । शहर बस्न नसक्ने अवस्था भएपछि धेरैले झिटीगुण्टा बोकेर आ–आफ्नो गाउँमा लागिसकेका छन् । उनीहरूका लागि शहरमा खाने र बस्ने आधार छैन । यहाँ सहयोगका लागि कुनै सहारा छैन । त्यसैले यस महामारीमा सबैभन्दा ठूलो मारमा उनीहरू नै परेका

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 195 पटक पढिएको
  • वितीय अपराध : करिब २२ लाख नगद सहित हुण्डी कारोबारी पक्राउ

    मोरङ / अवैध कारोबार हुण्डीको २१ लाख ७१ हजार ५ सय रुपैयाँसहित प्रहरीले हुण्डी कारोबारी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले हुण्डी कारोबारी विराटनगर १३ झमेली चौका ३३ वर्षिय अमृत कुमार साह सुडीसहित तीन जनालाई पक्राउ गरेको हो ।मोरङ प्रहरीले विराटनगर ११ रोडेशष चौक देखि बिहीबार दिउँसो हुण्डीको रकमसहित एक महिला र दुइ जना पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर १३ का  २५ वर्षिय श्रवण साह, रंगेली नगरपालिका १ बवियाविर्ताकी २५ वर्षिय जिज्ञासा चौधरी र विराटनगर १३ झमेली चोकका ३३ वर्षिय अमृत कुमार साह सुडीलाई हुण्डीको रकम सहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी म

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 790 पटक पढिएको
  • बिरामी ठगी गरेको आरोपमा फार्मेशी संचालक पक्राउ

    मोरङ / औषधी खरिदमा विरामी ठगी गरेको आरोपमा विराटनगरको एक जना फार्मेशी संचालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विराट नर्सिङ्ग होम अगाडीको पश्चिमबासी फार्मेसीका संचालक रविन्द्र महतोले विरामीसँग औषधीमा बढी मुल्य लिएर विक्री बितरण गरेको आरोपमा पक्राउ गरेको हो । महामारीको फाइदा उठाउँदै कमाउँदै धन्दामा लागेका महतोले औषधी खरिदमा विरामी ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका महतोले विराट नर्सिङ्ग होममा भर्ना भएका विरामीलाई महंगो मूल्यमा औषधी विक्री वितरण गरेको आरोप छ । प्रहरीले पश्चिमबासी फार्मेसीका संचालक महतोसहित विराट नर्सिङ्ग होम अगाडी रहेको अर्को गोलबजार फार्मेशसीका संचालक

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 286 पटक पढिएको
  • अपहरणपश्चात हत्या गरी फरार तीन अभियुक्त पक्राउ

    लहान / अपहरणपश्चात हत्या गरी फरार रहेका तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।सिरहाको बरियारपट्टी गाउँपालिका–४ सोहपुर निवासी अनिषकुमार सिंहको अपहरणपश्चात हत्या गरी फरार रहेको आरोपमा बरियारपट्टी–४ तेनुवापट्टी निवासी ३९ वर्षीय जयराम साह, ३२ वर्षीय हरेराम साह र ४७ वर्षीय शैलेन्द्र साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले फरार रहेका तीनै जनालाई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।विसं २०७५ वैशाख २९ गते अनिषकुमार सिंहलाई घरबाट अपहरण गरी घाइते बनाइएका उहाँको उपचारका क्रममा

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 118 पटक पढिएको
  • राहत बोकेर प्रकोप पीडितका घर–घरमा मन्त्री गुरुङ

    ओखलढुङ्गा / प्रदेश नं १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ यहाँका प्रकोप पीडितका घर–घरमा राहत लिएर पुगेका छन् । जिल्लाबाट निर्वाचित मन्त्री गुरुङ चम्पादेवीको बाढी पहिरो प्रभावित र मोलुङ गाउँपालिकाका अग्निपीडितका समस्या बुझेर सान्त्वना दिन राहत लिएर स्थलगत निरीक्षणमा पुगेका हुन् ।मन्त्री गुरुङले जिल्लाको मोलुङ गाउँपालिका–१ डुलडुलेका आगलागी पीडितलाई घरैमा पुगेर राहत रकम हस्तान्तरण गरेका छन् । उनले प्रदेश सरकारका तर्फबाट पाँच परिवारलाई ५० हजार रुपैयाँका दरले दुई लाख ५० हजार रुपैया र आफ्नो व्यक्तिगत तर्फबाट प्रतिपरिवार २५ हजार रुपैयाका दरले एक लाख २५ हजार रुपैया राहत उपलब्ध गराएका छन

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 138 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.