पाँचथर / कुम्मायक गाउँपालिकाको एक घरमा आगलागी हुँदा १९ लाख ४६ हजार रुपैयाँको क्षति भएको छ । 

प्रहरीका अनुसार वडा नं ४ यासोक बजारका प्रकाश काफ्लेको चार तल्ले घरको चौथो तल्लामा आज बिहान आगलागी हुँदा काठ, जस्ता र प्लाईले बनेको चौथो तला जलेर नष्ठ हुँदा उक्त क्षति भएको हो । 

OM Sai Pathibhara Hospital

खाना पकाउने ग्यास चुहिँदा भएको सो आगलागी स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।