मोरङ / औषधी खरिदमा विरामी ठगी गरेको आरोपमा विराटनगरको एक जना फार्मेशी संचालकलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले विराट नर्सिङ्ग होम अगाडीको पश्चिमबासी फार्मेसीका संचालक रविन्द्र महतोले विरामीसँग औषधीमा बढी मुल्य लिएर विक्री बितरण गरेको आरोपमा पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

महामारीको फाइदा उठाउँदै कमाउँदै धन्दामा लागेका महतोले औषधी खरिदमा विरामी ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका महतोले विराट नर्सिङ्ग होममा भर्ना भएका विरामीलाई महंगो मूल्यमा औषधी विक्री वितरण गरेको आरोप छ । प्रहरीले पश्चिमबासी फार्मेसीका संचालक महतोसहित विराट नर्सिङ्ग होम अगाडी रहेको अर्को गोलबजार फार्मेशसीका संचालक जितेन्द्र महतोलाई पनि नियन्त्रणमा लिएको थियो । 

औषधिको कालोबजारी गरेको गुनासो आएपछि अनुसन्धानका लागि फार्मेसी सञ्चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । ‘अहिले अनुसन्धान भइरहेको छ,’ डिएसपी राईले भने, ‘थप अनुसन्धानपछि विरामीलाई औषधीमा कति ठगी गरेको रहेछन् । त्यो अनुसन्धानपछि खुल्नेछ ।’

प्रहरी स्रोतको अनुसार विराट नर्सिङ्ग होममा भर्ना भएका विरामीले पश्चीमबासी फार्मेसीबाट एक सय रुपैयाँको औषधी खरिद गरेर लग्यो भने बिलमा १ सय ५० रुपैयाँको बनाउने गरेको प्रमाण भेटिएको छ । ‘यसरी धेरै महंगो औषधीको पनि मूल्य बढाएर ठगी गरिएको भेटिएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘विरामीले खरिद गरेको औषधीको लिस्ट लामो रहेकोले कति रुपैयाँ ठगी गरेको रहेछ, त्यो खुल्न केही समय लाग्नेछ ।’ 

प्रहरीले विराट नर्सिङ्ग होम अगाडीको गोलबजार फार्मेशीका संचालक जितेन्द्र महतोलाई पनि नियनत्रणमा लिएको थियो । तर, गोलबजारले खरिद गरेको बिल अनुसार औषधी बिक्री बितरण गरेको प्रमाण प्रहरीलाई देखाएको छोडिदिने तयारी गरेको छ ।