मोरङ / अवैध कारोबार हुण्डीको २१ लाख ७१ हजार ५ सय रुपैयाँसहित प्रहरीले हुण्डी कारोबारी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले हुण्डी कारोबारी विराटनगर १३ झमेली चौका ३३ वर्षिय अमृत कुमार साह सुडीसहित तीन जनालाई पक्राउ गरेको हो ।

मोरङ प्रहरीले विराटनगर ११ रोडेशष चौक देखि बिहीबार दिउँसो हुण्डीको रकमसहित एक महिला र दुइ जना पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर १३ का  २५ वर्षिय श्रवण साह, रंगेली नगरपालिका १ बवियाविर्ताकी २५ वर्षिय जिज्ञासा चौधरी र विराटनगर १३ झमेली चोकका ३३ वर्षिय अमृत कुमार साह सुडीलाई हुण्डीको रकम सहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । पक्राउ परेका मध्ये हुण्डी कारोबारी अमृत रहेको प्रहरीले जनाएको छ ।  

OM Sai Pathibhara Hospital

रोडशेष चौकबाट प्रहरी सुरक्षा चेकजाँचको क्रममा श्रवण साहले बोकेको रातो रंगको भिर्ने झोला भित्र २१ लाख ७१ हजार ५ सय रुपैयाँ फेला परेको थियो । साहलाई पक्राउ गरेपछि प्रहरीले जिज्ञासा चौधरीको साथबाट पनि भारतीय नगद २३ हजार रुपैयाँ बरामद गरेको डिएसपी राईले बताए । साह र चौधरीलाई पक्राउ गरेपछि थप अनुसन्धानको क्रममा हुण्डी कारोबारमा संलग्न अमृत कुमार साह सुडीलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।  प्रहरीले हुण्डी कारोबारी साहलाई उनको घरबाट नियन्त्रणमा लिएको डिएसपी राईले बताए ।

हुण्डी कारोबारी साहको घरबाट प्रहरीले नगद भौचर, डिपोजिट रसिद समेत फेला पारेको छ । कारोबारी साहले २०७७  चैत्र महिना देखि हुण्डी कारोवार वाटसप माफर्त विभिन्न बैकको नाम खातामा रकम जम्मा गरेको पनि प्रहरीको प्रराम्भिक चरणको अनुस्न्धान देखि खुलेको छ ।