समाज

    Showing 10,201-10,210 of 11,162 items.
  • ठुलीभेरीका १७० घरधुरीलाई निःशुल्क सोलार वितरण

    जाजरकोट / ठुलीभेरी नगरपालिका –९ डोल्पाका १७० घरधुरीलाई निःशुल्क सोलार वितरण गरिएको छ । शनिबार मोतीपुर, डाँगीबाडालगायतका बस्तीका नागरिकलाई कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत वडाका सम्पूर्ण घरधुरीलाई सोलार वितरण गरिएको हो । नगरपालिकाको २० लाख रुपैयाँ र कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ५० लाख रुपैयाँ गरेर कूल ७० लाख रुपैयाँ अनुदान सहयोगमा सम्पूर्ण वडावासी लाभान्वित हुने गरी सोलार वितरण गरिएको वडाध्यक्ष बिर्मलकुमार भण्डारीले जानकारी दिए । जनताको मागअनुसार प्रत्येक घरधुरीलाई २०० वाटको प्यानल र १५० एम्पियरको ब्याट्री निःशुल्क वितरण गरिएको भण्डारीको भनाइ छ ।

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 207 पटक पढिएको
  • लायन्स क्लबद्धार विपन्न बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग

    काठमाडौँ / लायन्स क्लब अफ काठमाडौँ हेरिटेज धरहरा क्लबले सहारा घरमा आश्रित विपन्न बालबालिकाका लागि खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।क्लबले शनिबार चितवनको भरतपुर –१२ नौरङ्गीस्थित अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्र ९सहाराको घर० मा शैक्षिक सामग्री तथा खाद्यान्न सहयोग गरेको हो । सहाराको घरमा रहेका १८ बालबालिकालाई चामल, दाल, चिउरा, तेललगायत खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको क्लबका अध्यक्ष लायन शक्ति श्रेष्ठले जानकारी दिए ।राजधानी काठमाडौँमा स्थापित लायन्स हेरिटेज धरहरा क्लबले विश्व महामारी कोभिड –१९ सङ्क्रमणको जोखिममा समेत विभिन्न अस्पताल तथा आइसोलेशनमा रहेका कोरोनाका

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 123 पटक पढिएको
  • वडा कार्यालयको शौचालयमा पुरुषको शव फेला

    काठमाडौँ / बूढानीलकण्ठ नगरपालिका –८ स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ । निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए । उनका अनुसार– शवको पहिचान हुनसकेको छैन । लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन् ।  प्रहरीले घटनास्थलमा आएर लास जाँच  गरिरहेको छ । शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आज मात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताए ।

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 188 पटक पढिएको
  • ढलमा खसेका बालकको शव ललितपुरमा भेटियो

    बिर्तामोड / गत असोज ४ गते काठमाडौँको कपनमा ढलमा खसेर बेपत्ता भएका १० वर्षीय उज्ज्वल विकको शव भेटिएको छ । विकको शव ललितपुरको बागमती गाउँपालिका –१ स्थित घुसेलमा शनिबार राती भेटिएको हो । उनको कपडाबाट परिवारले शव पहिचान गरेको ललितपुरकी एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् । उनले भनिन, –‘फोटो हेरेर परिवारले सनाखत गरिसक्नु भएको छ, प्रहरीले शव ल्याउँदैछ ।’ 

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 154 पटक पढिएको
  • मौसम पूर्वानुमानः हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौँ / देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।वर्षा हुने स्थानहरुका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।हाल देशमा भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको महाशाखाले जनाएको छ ।हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 117 पटक पढिएको
  • सशक्त महिला अधिकारकर्मी भासिनको मृत्यु

    बिर्तामोड / सशक्त महिला अधिकारकर्मी कमला भासीनको मृत्यु भएको छ । शनिबार बिहान क्यान्सरका कारण उनको मृत्यु भएको हो ।भासीनको आज (शनिबार) विहान २ बजेर ४५ मिने जाँदा निधन भएको कमलाकी मित्र खुसी कबिरले जानकारी दिइन् । भारतको राजस्थानमा सन् १९४७ अप्रिल २४ मा जन्मिएकी भासिन सशक्त लेखक समेत थिइन् । उनले महिला अधिकारका लागि संगत भन्ने संस्था नै स्थापना गरेकी थिइन् । सामाजिक अभियन्ताहरूका अनुसार भासिनले ३५ वर्षसम्म महिला अधिकार, शिक्षा र समानताका लागि वकालत गरेकी थिइन् ।भासिनले सन् १९७२ बाट भारतको ग्रामिण भेगमा स्वयंसेवी हिसाबले काम गरेकी थिइन् । उनले खाध्य सुरक्षा तथा कृषि सस्था मा रहेरसमेत लामो स

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 209 पटक पढिएको
  • छुरा प्रहार गरी छिमेकीको हत्या

    धरान / सुनसरीमा एक व्यक्तिले छुरा प्रहार गरी छिमेकीको हत्या गरेका छन् ।  इटहरी उपमहानगरपालिका –३ सुनौलो टोलका ६२ वर्षीय देवी प्रसाद अधिकारीले छिमेकी २१ वर्षीय राजु थापालाई छुरा प्रहार गरि हत्या गरेका हुन्।शुक्रबार बेलुका साढे ४ बजे सामान्य घरायासी वादविवाद हुँदा अधिकारीले थापालाई छातीमा छुरा प्रहार गरेका थिए । छुराको प्रहारबाट गम्भिर घाईते भएका थापाको उपचारको लागी घोपा धरानमा पुर्‍याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । घटनाकोबारे जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी टोली खटिई अधिकारीलाई पक्राउ गरेको छ । पक्राउ परेका अधिकारी समेत घाईते भएकाले प

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 742 पटक पढिएको
  • झापाका किसानलाई क्रेडिट कार्ड वितरण

    झापा/ झापाको दमकस्थित हिमशिखर एग्रो एन्ड हर्व रिसर्च सेन्टरले किसानलाई क्रेडिट कार्ड वितरण गरेको छ । मेगा बैंकसँगको सहकार्यमा एग्रोले क्रेडिट कार्ड वितरण गरेको हो । किसानका समस्यालाई ध्यानमा राख्दै प्रारम्भमा पाँच किसानलाई क्रेडिट कार्ड वितरण गरेको एग्रोका अध्यक्ष धुव्रप्रसाद न्यौपानेले जानकारी दिएका छन् । एग्रोले किसानलाई डिजिटल कृषि प्रणालीमार्फत सहज तथा सहुलियत रुपमा कर्जा उपलब्ध गराउने उद्देश्यका साथ कार्ड वितरण गरेको उनले बताएका छन् । एग्रोले आज आयोजित कार्यक्रममा किसानलाई वित्तीय साक्षरता सम्बन्धि जानकारी समेत दिएको छ ।  कार्यक्रकममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, एग्र

    • प्रकाशित मितिः असोज ८, २०७८
    • 141 पटक पढिएको
  • वडा कार्यालय आगजनी गर्नेलाई कारबाही गर्न माग

    कर्णाली   / वीरेन्द्रनगर नगरपालिका–१ नं वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी गर्ने व्यक्तिलाई कडा कारबाही गर्न माग गरिएको छ । बुधबार वडा कार्यालय पुगेका एक अज्ञात व्यक्तिले कार्यालयको टेलिफोन प्रयोग गरी वडाध्यक्ष गङ्गाराम सुनारलाई धम्क्याउनाका साथै उनको कार्यकक्षमा आगजनी गरेका थिए । आगजनी गरेलगत्तै फरार ती व्यक्तिको प्रहरीले खोजी तीव्र पारेको जनाएको छ ।नगरप्रमुख देवकुमार सुवेदीले विज्ञप्ति जारी गर्दै प्रत्यक्ष जनतासँग सम्बन्धित कार्यालयमा आगो लगाउने, जनप्रतिनिधि र कर्मचारीको मनोबल गिराउने हर्कत गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी हदैसम्म सजायको माग गरेका छन् । 

    • प्रकाशित मितिः असोज ८, २०७८
    • 143 पटक पढिएको
  • व्यापारी मृत्यु प्रकरणः पाँचजना नियन्त्रणमा

    बैतडी / एक व्यापारीको हत्या आशङ्कामा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ ।  सुर्नया गाउँपालिका– ४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मासु पसल सञ्चालन गर्दै आएका ५५ वर्षीय कमलसिंह महरा आज बिहान मृत फेला परेका थिए । उनकोे टाउको, छाती र शरीरका अन्य भागमा चोट देखिएको  र अनुसन्धानका क्रममा हत्यामा  सम्लग्न भएकोे आशङ्कामा पाँचै जनालाई नियन्त्रणमा लिइएको  प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन्।उनले नियन्त्रणमा लिइएका सबै स्थानीयवासी भएको   र  अनुसन्धान चलिरहेकोले उनीहरूको नाम खुलाउन नमिल्ने बताएका छन् ।  महरालाई  सन्सेरीमाडौँकै एक पसल अग

    • प्रकाशित मितिः असोज ७, २०७८
    • 284 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.