धरान / सुनसरीमा एक व्यक्तिले छुरा प्रहार गरी छिमेकीको हत्या गरेका छन् ।  

इटहरी उपमहानगरपालिका –३ सुनौलो टोलका ६२ वर्षीय देवी प्रसाद अधिकारीले छिमेकी २१ वर्षीय राजु थापालाई छुरा प्रहार गरि हत्या गरेका हुन्।

OM Sai Pathibhara Hospital

शुक्रबार बेलुका साढे ४ बजे सामान्य घरायासी वादविवाद हुँदा अधिकारीले थापालाई छातीमा छुरा प्रहार गरेका थिए । छुराको प्रहारबाट गम्भिर घाईते भएका थापाको उपचारको लागी घोपा धरानमा पुर्‍याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

घटनाकोबारे जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी टोली खटिई अधिकारीलाई पक्राउ गरेको छ । पक्राउ परेका अधिकारी समेत घाईते भएकाले प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।