बिर्तामोड / गत असोज ४ गते काठमाडौँको कपनमा ढलमा खसेर बेपत्ता भएका १० वर्षीय उज्ज्वल विकको शव भेटिएको छ ।

विकको शव ललितपुरको बागमती गाउँपालिका –१ स्थित घुसेलमा शनिबार राती भेटिएको हो । 

OM Sai Pathibhara Hospital

उनको कपडाबाट परिवारले शव पहिचान गरेको ललितपुरकी एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

उनले भनिन, –‘फोटो हेरेर परिवारले सनाखत गरिसक्नु भएको छ, प्रहरीले शव ल्याउँदैछ ।’