बिर्तामोड / सशक्त महिला अधिकारकर्मी कमला भासीनको मृत्यु भएको छ । शनिबार बिहान क्यान्सरका कारण उनको मृत्यु भएको हो ।

भासीनको आज (शनिबार) विहान २ बजेर ४५ मिने जाँदा निधन भएको कमलाकी मित्र खुसी कबिरले जानकारी दिइन् । भारतको राजस्थानमा सन् १९४७ अप्रिल २४ मा जन्मिएकी भासिन सशक्त लेखक समेत थिइन् । 

OM Sai Pathibhara Hospital

उनले महिला अधिकारका लागि संगत भन्ने संस्था नै स्थापना गरेकी थिइन् । सामाजिक अभियन्ताहरूका अनुसार भासिनले ३५ वर्षसम्म महिला अधिकार, शिक्षा र समानताका लागि वकालत गरेकी थिइन् ।

भासिनले सन् १९७२ बाट भारतको ग्रामिण भेगमा स्वयंसेवी हिसाबले काम गरेकी थिइन् । उनले खाध्य सुरक्षा तथा कृषि सस्था मा रहेरसमेत लामो समय काम गरेकी थिइन् ।