काठमाण्डौ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट बिहिबार र शुक्रबार गरी १७ प्रमुख जिल्ला अधिकारीहरूको सरुवा भएको हो।गृहले प्रमुख जिल्ला अधिकारीहरूसँगै सहायक प्रमुख जिल्ला अधिकारी, सहसचिव र उपसचिव गरी ३७ कर्मचारीको पनि सरुवा गरेको छ । सरुवाको विवरण :
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने भएको छ । रास्वपाले सरकारविरुद्ध शुक्रबार दिउँसो १ बजे माइतीघर मण्डलामा आन्दोलन गर्ने भएको छ ।कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।अदालतको आदेशको केही घण्टापछि नै रास्वपाले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध शुक्रबार दिउँसो १ बजे माइतीघर मण्डलामा राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेको छ।प्रदर्शनमा सहभागी हुन रास्वपाले सबैलाई आह्वान गरेको छ। अब अभियानकै रूपमा अगाडि बढिसकेको बताउँदै रास्वपा नेताहरुले ओली सरकारविरुद्ध देशैभर भण्डाफोर अभियान चलाउने
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको निर्देशनमा बिहीबार राति प्रधानमन्त्री केपी शर्मा ओली तथा ऊर्जा मन्त्री दीपक खड्काको आग्रहलाई अस्विकार गर्दै डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेका महसुल नतिर्ने दर्जनौं उद्योगको लाइन काटिएको छ ।नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगलाई बक्यौता तिर्न दिएको समय कात्तिक ८ गते बिहीबार सकिएपछि लाइन काट्न सुरू गरेको हो। रकम नतिरी बस्ने सबै उद्योगको लाइन काट्ने प्राधिकरणको भनाइ छ।गत असोज २४ गते फूलपातीका दिन प्राधिकरणले एक सूचना प्रकाशित गरी कात्तिक ८ गतेभित्र बक्
काठमाण्डौ । हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ ।बागमती, गण्डकी र कर्णाली प्रदेशको एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ।आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।आज राती कोशी प्रदेश लगायत
पोखरा । पोखरा तनावग्रस्त, रास्वपा कार्यकर्ता माथि अश्रुग्यास प्रहार भएको छ।बिहीबार कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएपछि रास्वपाका नेताकार्यकर्ताहरू निषेधित क्षेत्र तोडेर प्रदर्शनमा उत्रिएका छन् । रवि माथि राजनीतिक प्रतिशोध साँधिएको विरोधमा आन्दोलनरत रविका कार्यकर्ताहरूले निषेधीत क्षेत्र तोडेका छन् । रवि लामिछाने समर्थकहरु निषेधीत क्षेत्र तर्फ अघि बढेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
पोखरा । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।अदालतले यसअघि दिएको म्याद आज सकिएको थियो । पछिल्लो पटक मिलेको म्याद सकिए पनि अनुसन्धान नसकिएकाले थप समय माग्न रविलाइ अदालतमा लगिएको थियो ।पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा लामिछानेलाई सहकारी ठगी तथा सङ्गठित अपराधको मुद्दा अघि बढाइएको छ ।
काठमाण्डौ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।कर्णाली प्रदेशको एक\दुई स्थानमा हल्का वर्षा भैरहेको छ।आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।आज राती कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास र हैसियत भएका दल मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेख्न आग्रह गरेका छन् । सरकारको सय दिनको उपलब्धिबारेको सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले काम गर्न नदिने उद्देश्यले सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह फैलाउने गरिएको टिप्पणी गरे ।प्रधानमन्त्री ओलीले भने, 'हामीलाई काममा सफलता पाउन कर्मचारी प्रशासनको सहयोग चाहिन्छ । अझ सरकारका प्राथमिकतालाई नागरिकको जीवनमा विस्तार गर्न मुख्य जिम्मेवारी ब्युरोक्रेसीले निर्वाह गर्नुपर्छ । कामका दौरानमा मलाई कतिपयले सुनाउनुहुन्छ– बार
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारबाही हुने स्पष्ट पारेका छन् । सिंहदरबारबाट सम्बोधनमार्फत सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरूमाथि सरकारले कानुनी कारबाही सुरु भएको बताए । 'हालसम्म ६ सयभन्दा माथिलाई कानुनी कारबाही गरिएको छ, पाँच सय ७५ भन्दा बढी त जेलमै छन्,' प्रधानमन्त्री ओलीले भने, 'सहकारी ठगहरूलाई कारबाही गर्ने मात्र होइन, बचतकर्ताको बचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाध
काठमाण्डौ । नेकपा एमालेले नयाँ पार्टी कार्यालय निर्माणका लागि भनी कीर्तिपुरमा लिएको जग्गा विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मीनबहादुर गुरुङले दानमा दिएको दाबी गरिएको उक्त जग्गा लिनु र कुनै दलको पार्टी कार्यालय खोल्नु भ्रष्टाचार हुने दाबीसहित अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका हुन् ।सर्वोच्चले सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । तर न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मङ्गलवार दरपिठ बदर गर्दै दर्ता गर्न आदेश गरेको थियो । उक्त आदेशपछि बुधवार रिट दर्ता गरिएको सर्वोच्च प्रशासनले जनाएको छ ।रिटमा १० रोपनी १
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.