समाचार

    Showing 9,851-9,860 of 25,705 items.
  • नवनियुक्त कार्यकारी निर्देशक सिलवाल भन्छन्ः मन्त्रीज्यूको निर्देशन कार्यान्वयन हुन्छ

    काठमाडौं— नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले मंगलबार पद्भार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै सिलवालले दुई वटा निर्णयमा हस्ताक्षर समेत गरेका छन् । निर्णयहरुमा १०औँ तहभन्दा माथिका कर्मचारी सरुवा सञ्चालक समितिमा लाने व्यवस्था संशोधन गर्दै कार्यकारी निर्देशकलाई नै अधिकार दिन प्रस्ताव गरिएको छ । त्यस्तै आर्थिक नियमावली अनुसार ठूलो पुँजीका आयोजना र कामहरूको प्रतिस्पर्धापछि नापजाँच गर्नको लागि समिति बनेको छ ।पदभारको क्रममा सिलवालले दशैँ र तिहारको नजिक रहेको भन्दै विद्युतलाई नियमित आपूर्ति गर्न र डेलिकेडेट र ट्रंक लाइनको पैसा उठाउने निर्देशन कार्यान्वयन गर्ने

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 669 पटक पढिएको
  • जनतालाई सहज बनाउन वडा कार्यालयमै सेवा दिनुहोस्ः मुख्यमन्त्री कँडेल

    सुर्खेत— कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले जेनजी आन्दोलनपछि वडा कार्यालय आगजनी गरिएका वीरेन्द्रनगर नगरपालिकाका वडाअध्यक्षहरूसंग छलफल गरेका छन् ।     आन्दोलनमा नगरपालिकाका १ देखि १२ वडासम्मका कार्यालयहरू आगजनी र तोडफोड गरिएपछि ती वडाहरूले हाल जिल्ला समन्वय समितिको हलबाट सेवा दिईरहेका छन । मुख्यमन्त्री कडेल आज जिल्ला समन्वय समितिको हलमै पुगेर सेवाग्राही सहित वडा अध्यक्षसंग छलफल गरेका थिए ।वडा नम्बर १ देखि १२ सम्मका वडा कार्यालय जेन जी आन्दोलनका कारण ध्वस्त भएका कारण असोज ५ गतेदेखि वडाका नागरिकले सहज रुपमा सेवा पाउन भन्दै एकीकृत सेवा सञ्चालनमा ल्याएको थियो । स्थ

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 653 पटक पढिएको
  • बाजुरामा एक वर्षमा ११८ वटा मुद्दा दर्ता, सबैभन्दा बढी भवितव्य ज्यानका

    बाजुरा— बाजुरामा एक आर्थिक वर्षमा विभिन्न प्रकृतिका ११८ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालय बाजुरामा विभिन्न प्रकृतिका ११८ वटा मुद्दा दर्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्यांकअनुसार बाजुरामा गत आर्थिक बर्ष २०८१/८२ मा विभिन्न प्रकृतिका ११८ वटा मुद्दा दर्ता भएका छन् भने चालू आर्थिक बर्षको ३ महिना असोज ७ गतेसम्म मात्रै विभिन्न प्रकृतिका ११ वटा मुद्दा दर्ता भएका छन्।गत आर्थिक बर्षमा सबैभन्दा बढि भवितव्य ज्यानका २३ वटा मुद्दा दर्ता भएका छन्। भने सबैभन्दा कम वैवाहिक जवरजस्ती करणी, अपहरण गरि जवरजस्ती करणी,हातहतियार तथा ज्यान मार्ने उद्योग र ठगीका एक

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 659 पटक पढिएको
  • माइक्रो इन्टरनेशनलले सार्वजनिक गर्यो इन्टेरियर डिजाइनका नवीनतम सामग्री

    काठमाडौं—  माइक्रो इन्टरनेशनल नेपालले इन्टेरियर डिजाइनका लागि नयाँ सामग्रीहरु सार्वजनिक गरेको छ ।उच्च गुणस्तर, टिकाउ र नवीन समाधानहरू घर तथा भवनको भित्री र बाहिरी ठाउँहरू रूपान्तरण गर्न वा वाललाई आकर्षक बनाउन सकिने सामग्री ल्याएको हो । माइक्रो इन्टरनेशनलले भित्ता प्यानल, भुइँ, फर्निचर र खेलकुद उपकरणहरूमा वर्षौंको विशेषज्ञताका साथ, आवासीय र व्यावसायिक वातावरण दुवैलाई बढाउने उच्च–स्तरीय शिल्प कौशल र अत्याधुनिक डिजाइन सेवा प्रदान गर्दै आएको छ । माइक्रो इन्टरनेशनल नेपालको लक्ष्य भनेको दिगो, स्टाइलिश र दीर्घकालीन समाधानहरू प्रदान गरेर भित्री र बाहिरी डिजाइनलाई पुनः परिभाषित गर्नु रहे

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 670 पटक पढिएको
  • पहिरो हटाइएपछि नागढुंगा–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

    काठमाडौं— धादिङको जवाङखोलामा खसेको सुक्खा पहिरो हटाइएपछि नागढुंगा–मुग्लिन सडकखण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।बिहान करिब ५ः४० बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङखोला बाँदरे मोडमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। नागढुंगा–मुग्लिन सडक आयोजनाका अनुसार पहिरो पन्छाउने कार्य लगातार सञ्चालन गरिँदा केही घण्टापछि सडक दुबै तर्फ चल्ने गरी खुलाइएको हो।सडक अवरुद्ध हुँदा यात्रु र सवारीसाधनलाई असुविधा भएको थियो भने पहिरो हटाइएपछि अहिले यातायात सामान्य रूपमा सञ्चालनमा आएको जनाइएको छ।

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 616 पटक पढिएको
  • नेप्सेमा ५८.६३ अंकको वृद्धि, ५ अर्ब २९ करोडको कारोबार

    काठमाडौं— मंगलबार सेयर बजार नेप्से परिसूचक ५८.६३ अंकले बढेर २६८२.२५ को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३२८ कम्पनीको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक ३८ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, युनिभर्सल पावरको १८ करोड ३० लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको १८ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।आज सप्तकोशी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, ग्रिन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 465 पटक पढिएको
  • ५८ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

    काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ५८.६३ अंकले बढेर २६८२.२५ बिन्दुमा उक्लेको छ । यस अघिको कारोबार आईतबार नेप्से परिसुचक १११.७० अंकले बढेर २६२३.७० बिन्दुमा उक्लेको थियो ।यसदिन कुल ३२८ स्टकको ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ रुपैयाँ बराबरको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर कारोबार भएको छ । आज कारोबारमा आएका मध्ये २३८ कम्पनीको शेयर मूल्य बढ्दा १४ कम्पनीको शेयर मूल्य घटेको छ ।यद्यपी, अघिल्लो कारोबार दिन ९ अर्ब रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको थियो । आज ८ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन् । जसमा सप्तकोशी डेभलपमेन्ट बैंक, जोशी हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 288 पटक पढिएको
  • प्युठानमा खोलाले बगाउँदा १० वर्षीया बालिका बेपत्ता

    दाङ— प्युठानको झिमरूक गाउँपालिका–८ मा खोलामा बगेर एक बालिका बेपत्ता भएकी छन्।जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार १० वर्षीया खुसी सामत मंगलबार दिउँसो झिमरूक खोलामा पौडी खेल्ने क्रममा बगेर हराएकी हुन्।दिउँसो करिब १ः४५ बजे घटनास्थल नजिकै खेल्ने क्रममा खुसी खोलाको भेलमा बगेको स्थानीयहरूले देखेका थिए। खबर पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय ओखरकोटबाट प्रहरी टोली र स्थानीयवासी खोजी कार्यमा खटिएको प्रहरीले जनाएको छ।घटनास्थल आसपास खोजी जारी रहेको र थप विवरण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 472 पटक पढिएको
  • चीनमा विवाहको सिजन : सुन पसलहरु ग्राहकले भरिए

    एजेन्सी । विवाहको सिजन नजिकिँदै गर्दा चीनमा सुनका गहनाको बिक्री बढेको छ ।अक्टोबरमा चीनको विवाहको मौसम मानिन्छ र विवाहको लागि अत्यावश्यक सुनका गहनाको देशभर माग उच्च छ ।शेन्जेन शहरको गहना केन्द्रमा, नयाँ विवाहित जोडीहरू एवम विवाहको तयारीमा रहेका जोडीहरु पसलहरूमा भरिभराउ देखिन्छन् । जसका लागि सुनको व्यापार बढाएको छ ।एक उपभोक्ता भन्छन्,‘हाम्रो विवाहमा सुनका लागि मात्र भनेर १४ हजार अमेरिकी डलरको बजेट छ । मूल्य अझ बढ्नु अघि नै सुन किन्न आएका हौं ।’सुनको मूल्यमा भएको वृद्धिबाट चाँडै विवाह गर्ने जोडीहरू विचलित छैनन् । जसका कारण बजारका खुद्रा विक्रेताहरूले बिक्री राम्रो  भइरहेको छ ।शेन्जेन शुइबेई

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 451 पटक पढिएको
  • निर्वाचन तयारीका लागि आयोगसँग प्रधानमन्त्री र गृहमन्त्रीको छलफल

    काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगका पदाधिकारीहरूसँग मंगलबार छलफल गरेका छन्।सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा निर्वाचन सामग्री, बजेट तथा मतदाता नामावली संकलनसँग सम्बन्धित विषयमा केन्द्रित भएर कुराकानी भएको आयोग स्रोतले जनाएको छ।छलफलमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, अन्य आयुक्तहरू, सचिव र उच्च कर्मचारीहरू सहभागी थिए। प्रधानमन्त्री र गृहमन्त्रीले आयोगसँग समन्वय गर्दै नयाँ मतदाता नामावली संकलनका लागि आवश्यक अध्यादेशको मस्यौदाबारे पनि परामर्श गरेका

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 697 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.