काठमाडौं— धादिङको जवाङखोलामा खसेको सुक्खा पहिरो हटाइएपछि नागढुंगा–मुग्लिन सडकखण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।

बिहान करिब ५ः४० बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङखोला बाँदरे मोडमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। नागढुंगा–मुग्लिन सडक आयोजनाका अनुसार पहिरो पन्छाउने कार्य लगातार सञ्चालन गरिँदा केही घण्टापछि सडक दुबै तर्फ चल्ने गरी खुलाइएको हो।

सडक अवरुद्ध हुँदा यात्रु र सवारीसाधनलाई असुविधा भएको थियो भने पहिरो हटाइएपछि अहिले यातायात सामान्य रूपमा सञ्चालनमा आएको जनाइएको छ।