शुक्रबार राजधानीको प्रमुख सडक दरबारमार्ग नै बन्द गरी नेकपा एमालेले आयोजना गरेको जागरण सभाका कारण सर्वसाधारणले सास्ती भोग्नु परेको छ।सार्वजनिक सवारी साधनहरू ठाउँ ठाउँमा डाइभर्सन गरिएको कारण ट्राफिक जाम बढेको छ।सुन्धारा क्षेत्रमा सार्वजनिक सवारी चढ्न सर्वसाधारण भीड नै लागेको छ। जामका कारण समयमा सवारी साधन नपाउँदा सास्ती भोग्नु परेको सर्वसाधारणको गुनासो छ।
काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरु गरेको छ । कोटेश्वर क्षेत्रमा भेला भएर उनीहरूले प्रदर्शन सुरु गरेका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका प्रसाईं अहिले हिरासतमा छन् । सीआईबीले प्रसाईंलाई मंगलबार बिहान भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई बुधबार पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।पक्राउको विरोधमा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले कोटेश्वर क्षेत्रमा कार्यक्रम गर्दैछ ।
झापा— नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो ।‘गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ । चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य हुनुहुन्छ । चियाखेती किसानहरूले गर्नुहुन्छ, हामी पत्ती किनेर तयारी चिया उत्पादन गर्छौं ‘, संस्थाका व्यवसाय प्रमुख रवीन्द्र पाण्डेले भने ।इलामको सूर्योदय–१, माइजोगमाई–१ र झापाको मेचीनगर–५ मा संस्थाले तीनवटा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको छ । इलाममा उत्पादित चियालाई उपभोक्ताले रुचाएकाले त्यहाँ उत्पादित हरियोपत्ती स
काठमाडौं— रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् ।गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी केशव भट्टराईले बताए ।उनका अनुसार कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक लामाले जुत्ताको सोलमा लुकाएको अवस्थामा सुन बरामद भएको थियो ।यसबारे आवश्यक अनुसन्धान र जाँचका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको डीएसपी भट्टराईले जानकारी दिए ।
काठमाडौं— नेकपा एमालेले आज दरबारमार्गमा गर्ने सभाका लागि विभिन्न स्थाबाट र्याली निकाल्न सुरु गरेको छ ।अहिले एमाले कार्यकर्ताहरु भद्रकालीमा भेला भएका छन् । केहीबेरमा सुरु हुने र्याली दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ ।एमाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा सभा गर्दै छ । सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ । कार्यक्रमलाई दिउँसो साढे १ बजे एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले प्रदर्शनसहित सभा गर्न लागिएको एमालेले जनाएको छ ।सभाका लागि काठमाडौं, भक्त
काठमाडौं— काठमाडौं उपत्यकामा आज सवारी साधनको जामका कारण ट्राफिक व्यवस्थापन आज अस्तव्यस्त हुने सम्भावना देखिएको छ । त्यसैले उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सवारी रुट सार्वजनिक गरेको छ ।आज सत्तारुढ नेकपा एमालेसहित विभिन्न पक्षले काठमाडौंका दुई र ललितपुरका दुई स्थानमा केन्द्रित भएर प्रदर्शनको तयारी गरेका छन् ।एमालेले जागरण सभा नामबाट दरबारमार्गमा शक्ति प्रदर्शन गर्दै छ । सभा अघि विभिन्न स्थानबाट र्याली निकाल्ने एमालेले जनाएको छ । दरबारमार्गमा हुने सभाका लागि मञ्च निर्माणको काम भइरहेको छ । त्यसैले ट्राफिक प्रहरीले सो क्षेत्रमा सवारी आउ–जाउ गर्न रोक लगाएको छ ।दरबारमार्गतर्फ आउने सवारी स
काठमाडौं— व्यवसायी मीनबहादुर गुरूङबाट नेकपा एमालेले जग्गा लिएको विषयमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ। न्यायाधीश कुमार चुँडाल र शारङ्गा सुवेदीको इजलासमा पेशी तोकिएको छ।यसअघि मंसिर ४ गते रिटको पेशी हेर्न नभ्याइने सूचीमा राखिएको थियो। सो दिन न्यायाधीश सपना मल्ल प्रधान र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो।यसअघि कार्त्ति २६ गते रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले रिटमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई कार्त्तिक २६ गतेलाई ब
काठमाण्डौ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।तराईका क्षेत्रमा बिहानीपख हल्का हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केहि स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक\दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।आज राती कोशी प्रदेश, गण्डकी प्रदेश र
कैलाली । धनगढीका मेयर गोपी हमालाभन्छन, ’८४ को कुरा नगर्नु यो गोपी हमाल, वालेन साह मात्र स्वतन्त्र भएर देश परिवर्तन हुदैन । देशलाई परिवर्तन गर्नुछ भने हरेक नागरिक स्वतन्त्र हुनु पर्छ l पहिले नागरिक जव स्वतन्त्र हुन्छ देश आफै बदलिन्छ । ५० जना मेयर ५० जना सांसद स्वतन्त्र भएर के हुन्छ एकपटक सबै ३ करोड जनता वनिदिउन स्वतन्त्र मात्र एकदिन मतदान गर्ने दिन स्वतन्त्र बनउ न देश आफै बन्छ।’
काठमाण्डौ । देशभरका सबै जिल्लामा पेट्रोल पम्प पुर्याउने उद्देश्यले नेपाल आयल निगमले दुर्गमका १० जिल्लामा पम्प सञ्चालन गर्ने तयारी थालेको हो। प्याक्ट बिक्रेताको माध्यमले बिक्री हुँदै आएकोमा अब भने कम्तीमा एउटा पम्प सञ्चालन गर्ने निगमको तयारी छ । त्यस क्षेत्रमा अहिलेसम्म पम्प नहुँदा बोटल/बोटलमार्फत इन्धन बिक्री हुन्छ । सर्वसाधारणहरू गुणस्तरसँगै मूल्यमा पनि ठगिएका छन । उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिले सबै जिल्लामा पम्प सञ्चालन गर्ने निर्णय गरेको निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले जानकारी गराएका छन।उनले भने निगमले बझाङ, बाजुरा, कालीकोट, मुगु, हुम्ला, डो
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.