काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज चीनको बेइजिङ प्रस्थान गर्दै छन्।चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनीले यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन्। प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झा
इनरुवा । सुनसरीकाे गढी ६ काे वडा अध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु २२ मतले बिजयी भए । अन्तिम परिणाम : रूख ८१६, हसिया हताैडा ७९४ र सूर्य ७७० मत । उक्त वडा यस अघि एमालेले ७१२ मतका साथ जितेकाे थियाे ।
काठमाण्डौ । नेपालको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र चीनको स्वायत्त प्रदेश सिचाङ अर्थात् तिब्बतका कार्यकारी उपाध्यक्ष छन योङचीबीच भेटवार्ता भएको छ। नेपाल–चीन सीमा व्यापार समन्वय तथा सहकार्य संयन्त्रको दोस्रो बैठकमा सहभागी हुन तिब्बती टोलीको नेतृत्व गर्दै नेपाल आएका योङचीले नोभेम्बर २९ तारिख मन्त्री गुप्तासँग मन्त्रालयमा भेट गरे का छन। उपाध्यक्ष योङ्चीको साथमा नेपालका लागि चिनियाँ राजदूत छन सोङ समेत सहभागी थिए l भेटघाटको अवसरमा मन्त्री गुप्ताले नेपाल–चीन सीमा व्यापार समन्वय तथा सहकार्य संयन्त्रको दोस्रो बैठक सफलतापूर्वक सम्पन्न भएकाकामा बधाई ज्ञा
काठमाण्डौ । शरद यामीको हिमाल आरोहणका लागि ७२ वटा देशका १ हजार २ सय ५१ नागरिक नेपाल आइपुगेका छन् । पूर्वमा संखुवासभामा पर्ने मकालु हिमालदेखि पश्चिममा दार्चुलामा पर्ने अपीसम्मका ४६ हिमाल आरोहण गर्न यस पटक ७२ वटा देशबाट आरोही नेपाल आएको पर्यटन विभागले जनाएको छ। यस पटक सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकाबाट १ सय ३१, बेलायतबाट १ सय ५, फ्रान्सबाट ८३, चीनबाट ७९, जर्मनीबाट ७७ रसियाबाट ७५, जापानबाट ६४, चेक रिपब्लिकबाट ६२, स्पेनबाट ५१ र अस्ट्रेलियाबाट ५० आरोही नेपाल आएका छन् । शरद्कालीन यामको आरोहणका लागि २ सय ९२ महिला र ९ सय ५९ पुरुष आरोही रहेको विभागले जनाए । विदेशीबाहेक
झापा । दमक नगरपालिकामा नयाँ फायर मोटरसाइकल सेवाझापाको दमक नगरपालिकाले आधुनिक र छिटो आपतकालीन सेवा प्रदान गर्न नयाँ फायर मोटरसाइकल सेवा सुरु गरेको छ। यो सेवा विशेष गरी साँघुरा गल्लीहरू र दुर्गम स्थानहरूमा पुग्न डिजाइन गरिएको हो, जहाँ ठूला दमकल पुग्न कठिन हुन्छ।
तिनसुकिया (असम) । तिनसुकिया जिल्लाको मार्घेरिटामा आतंक मच्चाइरहेको चितुवालाई वन विभागका कर्मचारी द्वारा समातिएपछि स्थानीय मानिसहरूले राहत महसूस गरेका छन्। वन विभागले आइतवार जानकारी दिदै स्थानीय मानिसहरूबाट उजुरी प्राप्त भएपछि चितुवालाई समात्नको लागि मार्घेरिटा वन कार्यालयले क्षेत्रमा पासो थापेको थियो, फलस्वरूप चितुवा पासोमा फसेको छ ।चितुवालाई समातिएपछि स्थानीय मानिसहरूको ठूलो संख्या अहिले चितुवालाई हेर्न आएका बताए । स्थानीय मानिसले त्यस क्षेत्रमा चितुवाको संख्या धेरै छ। वन विभागसित अन्य चितुवाहरूलाई पनि खोर राखेर चाँड़ै समात्ने अपील स्थानीयले गरेका छन्।
रोल्पा । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको छ। सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएको हो।जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार टेवा पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको हो।
बिर्तामोड़ । झापामा भन्सार छलेर भित्राएको ९ वटा आई फोनसहित एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्य किशनगञ्ज जिल्ला जानकारी चोक बस्ने अन्दाजी २८ वर्षीय मो. ईस्त्राफिल रहेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वाटर झापाका डीएसपी महेशराज विष्टले जानकारी दिए। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट पन्थपाडाबाट खटिएको पैदल गस्ती टोलीले शनिवार दिउँसो साढे १ बजेको समयमा झापा गाउँपालिका ४ सुकुम्वासी बस्तीमा भारतबाट नेपाल आउँदै गरेको बीआर ३७ जेट ८१०१ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनलाई शङ्का लागि चेकजाँच गर्दा ६ वटा आइफोन फेला पारेको थियो । बराम
जुम्ला । हिमाली क्षेत्रमा पाइने दुर्लभ जनावर रेड पाण्डा (हाब्रे) पाइने क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुले रेड पाण्डा तथा पर्यावरण सरक्षणसम्बन्धी जानकारीमूलक अध्ययन गर्न थालका छन्। संकट अबस्थामा रहेका ती बन्यजन्तु मध्ये रेडपाण्डा संरक्षणबारे समुदाय स्तरमा सचेतना जगाउने उदेश्यले रेडपाण्डाका गतिविधिका बारेमा विद्यार्थीहरुलाई सचेत गराइँदै आएको छ। रेडपाण्डाको बास स्थानसंग जोडिएका गाउँबस्तीका विद्यालयमा यसको संरक्षणका लागि पढाइ भइरहेको हो। रेडपण्डा पाइने जुम्लाको पातारासी र सिंजा विद्यालयका विद्यार्थीहरु संरक्षणसंम्बन्धी शिक्षा हासिल ग
भद्रपुर । नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै आइतबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ बढाएको जानकारी गराएको छ।भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्य तोकेको हो।निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।यो क्षेत्रमा अब पेट्रोलको मूल्य १५७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै दोस्रो वर्गमा सुर्खेत र
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.