समाचार

    Showing 9,701-9,710 of 25,705 items.
  • अर्थमन्त्री खनाल र जापानी राजदूत तोरुबीच द्विपक्षीय भेटवार्ता

    काठमाडौं— अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच आज अर्थ मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ।भेटका क्रममा नेपालको समसामयिक राजनीतिक अवस्था, नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध तथा जापानले नेपालको आर्थिक तथा सामाजिक विकासमा पुर्‍याउँदै आएको सहयोगबारे छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ।अर्थमन्त्री खनालले हाल विशिष्ट परिस्थितिमा गठन भएको सरकारले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्ने आफ्नो प्राथमिक कार्य रहेको बताएका छन्। साथै, यस अवधिमा आर्थिक तथा सामाजिक विकास र पुनर्निर्माणका कार्यलाई पनि निरन्तरता दिइने स्पष्ट पारे।भेटमा हाल निर्माणाधीन नागढुंगा सुरुङमार्ग (ट

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 616 पटक पढिएको
  • काठमाडौंबाट हेलम्बु जाँदै गरेको बस फटकशिलामा दुर्घटना

    काठमाडौं— काठमाडौंबाट हेलम्बु तर्फ जाँदै गरेको बस फटकशिलामा दुर्घटना भएको छ।आइतबार बिहान जोरपाटीबाट छुटेको बा ३ ख ९३०८ नम्बरको यात्रु बाहक बस मेलम्ची नगरपालिका–१३ फटकशिला ठाँटीमा दुर्घटनामा परेको हो।खचाखच यात्रु लिएर गुडेको गाडी सडकमै पल्टिएको प्रत्यक्षदर्शीले जानकारी दिए। दुर्घटनामा केही यात्रु सामान्य घाइते भए पनि सबै सकुशल रहेको प्रत्यक्षदर्शीले बताएका छन्।

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 698 पटक पढिएको
  • उल्लास होइन, दुर्घटनाको कारण बन्ने गरेको छ मदिराः एसएसपी कार्की

    काठमाडौं— काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख, प्रहरी अतिरिक्त महानिरिक्षक दानबहादुर कार्कीले मनोरञ्जनको पर्यायवाची मादक पदार्थ भन्ने किसिमको गलत बुझाइ नेपाली समाजमा रहेको बताएका छन्  ।आइतबार चाडपर्व लक्षित ट्राफिक वाक समापन कार्यक्रममा बोल्दै उनले पछिल्लो समय नेपाली समाजमा चाडपर्वको नाममा भयंकर मदिरा सेवन गर्ने प्रवृत्ति बढेको भन्दै आपत्ति जनाए । उनले भने,‘कतिपयले चाडवाडलाई उल्लासमय बनाउने भनेर आफ्नो जिउ,ज्यानको क्षति हुनेगरी मदिरा सेवन गरेर हिँडेको पनि पाईन्छ । नेपाली समाजमा मादक पदार्थको सेवन गर्ने चलन भएतापनि पनि पछिल्लो समयमा छन् भयंकर सेवन गर्ने,मनोरञ्जनको पयार्यवाची मादक प

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 726 पटक पढिएको
  • विभिन्न कारागारबाट भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ

    काठमाडौं— जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट फरार भएका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय गोरखाले आइतबार उनीहरूलाई पक्राउ गरी पुनः सम्बन्धित कारागार तथा सुधारगृहमा पठाएको जनाएको छ।प्रहरीका अनुसार पक्राउ परेकामध्ये सात जना कास्की कारागार, तीन जना केन्द्रीय कारागार जगन्नाथदेवल, एक जना तनहुँ कारागार र एक जना बालसुधार गृह सानोठिमी, भक्तपुरबाट फरार भएका थिए।जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकका अनुसार प्रदर्शनका बेला भागेका कैदीबन्दीहरूलाई विभिन्न स्थानमा अपरेशन चलाएर पक्राउ गरिएको हो। पक्राउ परेकालाई केही समय

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 548 पटक पढिएको
  • हराउँदै दसैँ, तिहारमा पिङ खेल्ने परम्परा

    बाजुरा— पछिल्लो समय दशैँ, तिहारमा उत्साहकासाथ पिङ खेल्ने परम्परा हराउँदै गएको छ । सुदूरपश्चिमको बाजुरा, अछाम, बझाङ, बैतडी लगायतका जिल्लामा चाडबाडको बेला उत्साहका साथ खेलिने पिङ पछिल्लो समय देखिनै छाडेका छन् । पहिले यहाँका गाउँबस्तीमा जताततै देखिने पिङ अहिले लोपन्मुख अवस्थामा पुगेका हुन् । पहिलेको जस्तो चाडपर्वको आगमनसँगै गाउँघरका चौतारा, रुखतिर पिङ हालिने परम्परा पछिल्लो समय विस्तारै हराउँदै गएको हो ।दसैँको बेला धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा गाउँघरमा एकपटक भए पनि स्थानीयले पिङ हालेर रमाइलो गर्ने गर्दथे तर पछिल्लो समय यो परम्परा हराउँदै गएको बडीमालिका नगरपालिका ७ का स्थानीय हिराल

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 623 पटक पढिएको
  • ट्रान्सपोर्टेसन र कुकिङ सेक्टरलाई पूर्ण रूपमा विद्युतीय बनाउन आवश्यकः मन्त्री घिसिङ

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले देशभर ट्रान्सपोर्टेसन र कुकिङ सेक्टरलाई पूर्ण रूपमा विद्युतीय बनाउनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा एक इभी चार्जिङ स्टेसनको उदघाटन गर्दै मन्त्री घिसिङले पेट्रोलियम पदार्थको आयात घटाउन र विदेशी मुद्रा सञ्चिति बढाउन ऊर्जा ट्रान्जिसन अपरिहार्य रहेको बताए ।उनले सार्वजनिक यातायातदेखि निजी सवारी साधनसम्म सबैलाई विद्युतीय माध्यममा रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको बताए । उनले भने, ‘देशभर पब्लिक र प्राइभेट ट्रान्सपोर्टेसनलाई इलेक्ट्रिसिटीमा कन्भर्ट गर्नुछ । यसले पेट्रोल, डिजेलको आयात घटाउ

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 537 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं— साताको पहिलो कारोवार दिन नेपाली बजारमा (आइतबार) सुनको मूल्य बढेको  छ । आज सुन प्रतितोला ७०० रुपैयाँले बढेर दुई लाख २३ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि, शुक्रबार सुन प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी दुई हजार ८१० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार दुई हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज ७० रुपैयाँले बढेको हो ।

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 543 पटक पढिएको
  • बिपी राजमार्गमा ट्राफिक सचेतना, यात्रुहरुलाई राम्रो व्यवहार गर्न सुझाव

    रामेछाप— दैनिक चार हजार बढी ठुला–साना सवारीसाधन आवतजावत गर्ने बिपी राजमार्गमा चाडबाड लक्षित ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । बिपी राजमार्गको सिन्धुली जिल्लास्थित नेपालथोकमा सवारी चालक र यात्रुहरूलाई लक्षित गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल स्काउटलगायतको सहकार्यमा सो कार्यक्रम सञ्चालन गरिएको नेपाल स्काउटका एड्भान्स लिडर राज मैनालीले जानकारी दिए ।यात्रुहरूको सुरक्षा र सवारी चालकको सचेतनाको निमित्त कार्यक्रम सञ्चालन गरिएको उनले बताए । दुर्घटना न्यूनीकरणको लागि सक्दो काम गरिरहेको उनले जानकारी दिए । प्रहरी चौकी दुम्जा सिन्धुलीका प्रहरी

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 563 पटक पढिएको
  • ३५५ मेगावाटका २४ सोलार परियोजनासँग पीपीए सुरु

    काठमाडौं— नेपाल विद्युत प्राधिकरणले महिनौंदेखि रोकिएको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) पुनः सुरु गरेको छ ।प्राधिकरणले ३५५ मेगावाट क्षमताका २४ सोलार परियोजनाको पीपीए गरेको हो । यसअघि तत्कालनी उर्जामन्त्री दिपक खड्का र प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रोकेको पीपीए अहिले भएको हो ।प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ उर्जामन्त्री र मनोज सिलवाल कार्यकारी निर्देशकमा नियुक्त भएपछि रोकिएका कामलाई अघि बढाउँदै अन्तिम सहमतिका लागि विद्युत नियमन आयोगमा पठाइएको छ । प्राधिकरणका अनुसार १० मेगावाटभन्दा कम क्षमताका आयोजना १८ महिनाभित्र र १० मेगावाटभन्दा माथिका आयोजन

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 502 पटक पढिएको
  • छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु, १९ जना घाईते

    सुर्खेत— सुर्खेत र सल्यानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा १९ जना घाईते भएका छन् । आईतबार बिहान रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङ घोराही जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी सल्यानको कपुरकोट गाउँपालिका वडा नं ३ को चोरखोलामा दुर्घटना हुँदा  रुकुम पश्चिम बाफीकोट गाउँपालिका– ५ का प्रकाश केसी र अन्य दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृतक दुई जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ । पाँच जना सवार फोर्स गाडिमा दुई जना घाईते भएको र घाईतेको उपचारका लागि नेपालगन्ज पठाईएको छ । यसैबीच बाँकेको नेपा

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 603 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.