काठमाडौं— काठमाडौंबाट हेलम्बु तर्फ जाँदै गरेको बस फटकशिलामा दुर्घटना भएको छ।

आइतबार बिहान जोरपाटीबाट छुटेको बा ३ ख ९३०८ नम्बरको यात्रु बाहक बस मेलम्ची नगरपालिका–१३ फटकशिला ठाँटीमा दुर्घटनामा परेको हो।

खचाखच यात्रु लिएर गुडेको गाडी सडकमै पल्टिएको प्रत्यक्षदर्शीले जानकारी दिए। दुर्घटनामा केही यात्रु सामान्य घाइते भए पनि सबै सकुशल रहेको प्रत्यक्षदर्शीले बताएका छन्।