सुर्खेत— सुर्खेत र सल्यानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा १९ जना घाईते भएका छन् । 

आईतबार बिहान रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङ घोराही जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी सल्यानको कपुरकोट गाउँपालिका वडा नं ३ को चोरखोलामा दुर्घटना हुँदा  रुकुम पश्चिम बाफीकोट गाउँपालिका– ५ का प्रकाश केसी र अन्य दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृतक दुई जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ । 

पाँच जना सवार फोर्स गाडिमा दुई जना घाईते भएको र घाईतेको उपचारका लागि नेपालगन्ज पठाईएको छ । 

यसैबीच बाँकेको नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ११२९ नम्बरको ईभी गाडी वीरेन्द्रनगरको ठूलो बिउरेनीमा दुर्घटना हुँदा १७ जना घाईते भएका छन् । आईतबार बिहान चार बजे रत्न राजमार्गअन्तर्गत सुर्खेतको बिउरेनीनजिक ईभि गाडि दुर्घटना भएको हो । आइतबार (असोज १२) बिहान सवारी दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन् । घाईतेहरुको कर्णाली प्रादेशिक अस्पताल कालागाउँ र देउती नर्सिङहोममा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिए ।