समाचार

    Showing 9,171-9,180 of 25,668 items.
  • इजरायलले ट्रम्पलाई सम्मानित गर्ने

    काठमाडौं । इजरायलको राष्ट्रपति कार्यालयले अमेरिकी राष्ट्रपति ट्रम्पलाई देशको सबैभन्दा ठूलो नागरिक पदकबाट विभूषित गर्ने घोषणा गरेको छ। हमासले बन्धक बनाएका ४८ जनाको मुक्तिका लागि ट्रम्पले निर्वाह गरेको भूमिकाका लागि उनलाई सम्मानित गर्न लागिएको हो। इजरेली राष्ट्रपति आइज्याक हर्सोगले संसद्‌मा हुने भेटमा ट्रम्पलाई त्यसबारे औपचारिक जानकारी दिनेछन्। यद्यपि उक्त पदक अहिले नभइ पछि दिइनेछ।इजरेल जानुअघि ट्रम्पले नेतन्याहूसँग आफ्नो निकै राम्रो सम्बन्ध भएको बताएका थिए। नेतन्याहूलाई युद्धकालीन राष्ट्रपतिको सङ्ज्ञा दिँदै ट्रम्पले भने, उनले निकै राम्रो काम गरे। उनीसँग मेरो केही मतभेद पनि रह्यो तर त्यो चा

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 412 पटक पढिएको
  • विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

    महेन्द्रनगर, २७ असोज : विगत दुई वर्षदेखि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विद्यार्थी विपिन जोशीको अवस्थाका विषयमा विपिनका परिवारजन र इजरायलस्थित नेपाली दूतावाससँग ‘भिडियो कन्फरेन्स’ भएको छ ।उक्त भिडियो कन्फरेन्समा जोडिनुभएका विपिनका परिवारका सदस्य किशोर जोशीले आज नियन्त्रण मुक्त हुन लागेका २० जना बन्धकमा विपिनको नाम नरहेको इजरायली सरकारका तर्फबाट इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले जानकारी गराएको बतायो । “आज छुट्ने लिष्टमा विपिनको नाम छैन फेरि पनि हामी निरन्तर अपडेट गर्छौँ भनेर इसरायलबाट भनिएको छ”, जोशीले भने, “अहिले छुट्नेमा विपिनको नाम नरहे पनि हामी उनी छुट्नेमा

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 484 पटक पढिएको
  • दक्षिण अफ्रिकामा बस दुर्घटना हुुँदा ४० जनाको मृत्यु

    एजेन्सी—  दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा भएको  बस दुर्घटनामा परी कम्तीमा ४० जनाको ज्यान गएको छ । मृत्यु हुनेहरूमा मालावी र जिम्बावेका नागरिकहरू पनि रहेका छन् ।दुर्घटना आइतबार भएको हो, जब जिम्बावे जाँदै गरेको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट तल खस्दा गम्भीर दुर्घटना भएको थियो । बस दक्षिण अफ्रिकाको ग्क्वेबेर्हा सहरबाट छुटेको थियो, जुन जिम्बावे सीमाबाट करिब एक हजार ५०० किलोमिटर टाढा पर्छ ।लिम्पोपो प्रदेशकी यातायात मन्त्री भायोलेट माथ्येका अनुसार, ‘हाल उद्धारकार्य जारी छ, तर अहिलेसम्म ४० जनाको मृत्यु पुष्टि भइसकेको छ ।’मृतकमध्ये एक १० महिनाकी बालिका पनि रहेको उनले जानकारी दिए ।उक

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 704 पटक पढिएको
  • हमासले बुझायो सात इजरायली बन्दी, अन्य बन्दी बुझाउने क्रम जारी

    काठमाडौँ । दुई वर्षदेखि गाजापट्टीमा बन्धक रहेकालाई प्यालेस्टिनी लडाकु समूह हमासले सात जना इजरायली बन्दीहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) बुझाएको छ ।हमासले रिहा गर्न लागेको २० जनाको सूचीमा नेपालका विपिनको जोशीको नाम नरहेको औपचारिक जानकारी इजरायलस्थित नेपाली दुतावासले पाएको छ ।यो सँगै बहुप्रतिक्षित युद्धविराम सम्झौताको पहिलो चरण सुरु भएको अन्तराष्ट्रिय संचारमाध्यम अलजजिराले जनाएको छ ।सोमबार इजरायलभर हजारौं नागरिकहरुले सार्वजनिक रूपमा प्रसारण गरिएको बन्दी हस्तान्तरणको दृश्य हेर्न भेला भएका थिए । टेलिभिजन च्यानलहरूमा बन्दीहरू रेडक्रसलाइ हस्तान्तरण गरिएको दृश्य देखिनासाथ नागरिकहरुले ख

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 407 पटक पढिएको
  • ७० लाख घुसकाण्डमा छानबिनमा रहेका पौडेललाई पुनः कास्की सरुवाको चलखेल

    काठमाडौं— देशभर फैलिएको भ्रष्टाचार र अनियमितताविरुद्ध नयाँ सरकारले सुशासनको नारा दिँदै सुधारका कदम चालिरहेको बेला अख्तियारको छानबिनमा रहेका एक विवादास्पद कर्मचारीलाई पुनः पदस्थापन गर्ने तयारी सुरु भएको छ। मालपोत कार्यालय कास्कीका पूर्वप्रमुख चिरञ्जिवी पौडेललाई पुनः सोही कार्यालयमा सरुवा गर्न प्रशासनिक चलखेल चलिरहेको खुलेको छ।पौडेलमाथि मालपोत प्रमुख बन्नका लागि ७० लाख रुपैयाँ घुस दिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। यसअघि यही प्रकरणका कारण उनी कास्कीबाट काठमाडौं तानिएका थिए।तर अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका केही अधिकारीहरूको सक्रियतामा उ

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 591 पटक पढिएको
  • फेरी बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला रु दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रू तीन हजार २२० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो आइतबार सुन प्रतितोला रू दुई लाख ३८ हजार र चाँदी प्रतितोला रू तीन हजार एक सय २५ मा किनबेच भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ७१ अमेरिकी डलर हाराहारी कारोबार भईरहेको छ ।

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 672 पटक पढिएको
  • अरिङ्गालको टोकाइबाट ८२ वर्षीय वृद्धको मृत्यु

    लमजुङ— लमजुङको बेंसीशहर नगरपालिका–११, तिवारीडाँडाका यज्ञनिधि तिवारीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ। ८२ वर्षीय तिवारी आइतबार साँझतिर बाटोमा हिँड्दाहिँड्दै अरिङ्गालको झुण्डले आक्रमण गरेपछि गम्भीर घाइते भएका थिए।घटनापछि स्थानीयले उनलाई तत्काल उद्धार गरी बेंसीशहरस्थित प्रदेश अस्पताल पुर्‍याएका थिए। प्रारम्भिक उपचारपछि अवस्था गम्भीर देखिएपछि उनलाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज, भरतपुर पठाइएको थियो।उपचारकै क्रममा सोमबार बिहान ४ः३० बजे उनको निधन भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले जानकारी दिए।

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 510 पटक पढिएको
  • इजरायली सेनाका अधिकारीले विपिन जीवित नरहेको दिए औपचारिक जानकारी

    काठमाडौं – इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् ।इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् ।ती अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको राजदूत पण्डितले  बताए । टेलिफोनमा कुरा गर्दै राजदूत पण्डितले भने, ‘आईडीएफका अधिकारीले हामीलाई विपिन ईज नो म

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 357 पटक पढिएको
  • इजरायली सेनाका अधिकारीले परिवारलाई भने विपिन जोशी जीवित छैनन्

    काठमाडौँ ।इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् ।इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र इजरायली सेनाका कमाण्डरहरूले अमेरिकामा रहेका विपिनकी आमा र बहिनीलाई तथा नेपालमा रहेका उनका आफन्तलाई विपिन जिवित नरहेको जानकारी गएको पण्डितले जानकारी दिएका छन् ।अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए । तर त्यसपछि उन

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 402 पटक पढिएको
  • २० जना बन्दी रिहा गर्दै हमास, विपीन जोशी अझै अज्ञात

    काठमाडौं— प्यालेस्टिनी समाचार एजेन्सी ‘शेहाब’ले हमासले मुक्त गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ ।जुन सूचीमा विपीन जोशीको नाम उल्लेख छैन । यस्तै अज्ञात भनिएका अर्का तमीर निम्रोदीको नाम पनि सूचीमा समावेश छैन ।सार्वजनिक गरिएका नामहरू पहिले नै सार्वजनिक भएका २० जना जीवित रहेको भनी अनुमान गरिएका बन्धकहरूको सूचीसँग मिल्छन् ।उनीहरु सबै इजरायली नागरिक हुन् । यी २० जनालाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ । उनीहरुलाई लिन अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको टोली गाजा पट्टी पुगेका छन् ।यस्तो छ सूचीः– बार कुपरस्टाइन– एभ्यातार डेभिड– योसेफ–चाइम ओहाना– सेगेभ काल्फोन– अविनातान ओर– एल्काना बोहबो

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 652 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.