चितवन । चितवनको भरतपुर सडक क्षेत्रमा एक व्यक्तिलाई कुटपिट गर्ने प्रहरी निलम्बनमा परेका छन् । भरतपुर महानगरपालिका–११ बसेनी चोकमा प्रहरीले एक व्यक्तिलाई कुटपिट गरिरहेको भिडियो सार्वजनिक भएपछी प्रहरी सहायक निरीक्षक ९असइ० बुद्धिबहादुर घर्ती निलम्बनमा परेका हुन् । चितवन प्रहरीले घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति समेत गठन गरेको थियो । सवारी चेकजाँचको क्रममा युवकलाई कुटपिट गरेको भिडियोमा देख्न सकिन्छ । मोटरसाइकलको लाइसेन्स चेक गरिरहेको र त्यसपछि सडकपेटी छेउमा सेतो सर्टमा रहेका युवकलाई प्रहरीले बुटले पटकपटक हानेको भिडियोमा देखिएको छ ।तर जिल्ला प्
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरूले सेवन गर्ने दीर्घरोगको औषधिसम्बन्धी लगत सङ्कलन गरिरहेको छ । कामपामा रहेका ज्येष्ठ नागरिकहरूलाई कस्तो किसिमको रोग लागेको छ र उहाँहरूलाई कस्तो औषधि दिन सकिन्छ भन्ने जानकारी लिनका लागि लगत सङ्कलन गरिरहेको कामपा स्वास्थ्य विभागको भनाइ छ । उहाँहरूलाई औषधिको उपलब्धता सरल, सहज र पहुँचयोग्य बनाउने उद्देश्यसहित पुस २२ गतेदेखि परिपत्र गरेर लगत सङ्कलन गरिरहेको कमपा स्वास्थ्य विभागले जानकारी दिएको छ । कामपामा रहेको ३२ वटै वडाको विवरण प्राप्त भएपछि उनीहरूको स्वास्थ्य प्रवद्र्धनका थप कार्यक्रम तर्जुमा गर्न सहज हुनेछ
काठमाडौं । वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रले ऊर्जा क्षेत्रका विभिन्न साझेदार संस्थाहरुको सहयोगमा अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस मनाउने भएको छ । यही माघ १३, १४ र १५ गते मनाइँदै विभिन्न कार्यक्रम गर्ने तयारी पनि गरिएको छ । संयुक्त राष्ट्रसंघले ‘पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणीजगतको हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण र समावेशी रुपान्तरणको लागि सचेतना जगाउने र सोही बमोजिमका क्रियाकलापहरु सञ्चालन गर्ने उद्देश्यका साथ सन् २०२४ देखि हरेक वर्ष जनवरी २६ तारिखलाई ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस मनाउँदै आइरहेको हो । दिवसका अवसरमा विश्वभर विभिन्न कार्यक्रमहरु गर्न
जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नम्बर ४ स्थित मझौरा गाउँको ‘मुसहर’ बस्ती शौचालयविहीन रहेको पाइएको छ । यस बस्तीका दलित मुसहर परिवारहरू शौचका लागि खुला स्थान प्रयोग गर्दै आएका छन् ।स्थानीय बयोवृद्ध ५५ वर्षीय सेवक सदाका अनुसार ७५ घर परिवार रहेको मुसहर बस्तीको कुनै पनि घरमा शौचालय रहेको छैन । यहाँका सबैजना खुला स्थानमै शौच गर्दै आएका छन् । यही बस्तीका २२ वर्षीय शोभेन्द्र सदाका अनुसार वृद्धवृद्धा, वयस्क महिला, पुरूष तथा बालबालिका सबै गरेर तीन सय ७० जनाको जनसङ्ख्या रहेको छ । यहाँ बसोबास गर्ने सबै जना सधैँदेखि गाउँको खेतबारी र बाटोको छेउछाउमै दिशा पिसाब गर्दै आएका छन् र अहिले पनि त्यही स
नेपालगञ्ज (बाँके) । लुम्बिनी प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि चालु आर्थिक वर्षमा बाँकेका लागि ७१ योजना बनाएको छ । पर्यटन डिभिजन कार्यालय, कोहलपुरका प्रमुख टङ्क खनालले जिल्लामा साना तथा ठूला पूर्वाधार, तालिम तथा प्रवर्द्धनका लागि योजना ल्याइएको जानकारी दिए । यसक लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको छ । योजनामा धार्मिक स्थल, ताल तथा तलैयालगायतका क्षेत्रमा पूर्वाधार निर्माण रहेका छन् । प्रदेश सरकारले चालु आवका लागि बाँकेसहित दाङ र बर्दियामा आदिवासी, जनजाति तथा लोपोन्मुख सीमान्तकृत जातिका परम्परागत सीप तथा संस्कृति संरक्षण एवं प्रवद्र्धन कार्यक्रम सञ्च
सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल, नेपालमा विपद् व्यवस्थापन प्रयोजनका लागि तालिमप्राप्त ५३ औं टोली तयार भएको छ । सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरीमा विपद् व्यवस्थापन सम्बन्धी तालिमको आइतबार समापन गरियो ।बरमझियामा अवस्थित शिक्षालयको प्राङ्गणमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीको प्रमुख आतिथ्यमा सि।सं। ५३ विपद् व्यवस्थापन तालिमको समापन गरिएको छ । समापन कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा कन्चनरुप नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ता र हनुमाननगर नगरपालि
उदयपुर । पहाडी क्षेत्रका ग्रामीण सडक ग्राभेलिङ तथा कालोपत्रे नहुँदा यातायात व्यवस्था जोखिमपूर्ण बन्दै गएको छ । विशेषगरी जिल्लाका चार गाउँपालिकाका विभिन्न क्षेत्रमा सञ्चालन हुने यातायात व्यवस्था जोखिमपूर्ण रहेको हो ।रौतामाई गाउँपालिकाको मुर्कुची, पुवाँरे, डिल्लीबर माझखर्क सडक र लिम्चीङबुङ गाउँपालिकाको बासबोटे, माझखर्क, बलाम्ता र ताम्लिछा सडक ग्रामीण सडकको अवस्था नाजुक भएका कारण यातायात सञ्चालन समेत जोखिमपूर्ण भएको यातायात व्यवसायी एवं चालकहरूले गुनासो गर्दै आएका छन् । जिल्लाको उदयपुर गढी गाउँपालिकाको भलायाडाँडा तथा ताप्ली गाउँपालिकाको नुनथला पिपलभञ्ज्याङ, रूपाटार ठानागाउँ सडकखण्ड अहिलेसम्म
गण्डकी । कास्कीको मादी गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल कर्पुडाँडादेखि लमजुङको क्व्होलासोथार जोड्ने पदमार्गको निर्माण अघि बढाइएको छ । एक हजार दुुई वर्षअघि गुरुङ समुदायको बसोबास रहेको उक्त समुदायका व्यक्तिहरू त्यहाँबाट बसाई सरेको इतिहास रहेको उल्लेख गर्दै क्व्होलासोथारलाई केन्द्रित गरी पदमार्ग निर्माण सुरु गरिएको हो । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्गका रुपमा पहिचान गरिएको उक्त मार्गअन्तर्गत कर्पुडाँडाबाट तोरोडाँडा खण्डमा पदमार्ग निर्माण गरिसकिएको मादी गाउँपालिका वडा नं २ का पूर्वअध्यक्ष एकजङ्ग गुरुङले जानकारी दिए ।उनका अनुुसार गण्डकी प्रदेश सरकारले चा
भेरीगङ्गा (सुर्खेत) । ठेकदार कम्पनीको लापर्वाहीका कारण कर्णाली प्रदेश सरकारका दर्जनौँ बहुवर्षीय आयोजना अलपत्र परेका छन् । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका ३३ ठूला आयोजनाको काम ठेकेदारहरुको लापर्वाहीले अलपत्र परेका हुन् । मन्त्रालयका अनुसार सुर्खेतका सात, दैलेखका र जाजरकोटका पाँच÷पाँच कालीकोट तथा मुगुका चार÷चार आयोजना अलपत्र अवस्थामा छन् । यस्तै, सल्यान र रुकुम पश्चिमका दुई÷दुई वटा बहुवर्षीय योजना ठेकेदारको लापर्वाहीका कारण अलपत्र रहेको मन्त्रालयका सूचना अधिकारी एवं सिनियर इन्जिनीयर प्रवीण कार्कीले जानकारी दिए । उनका अनुसार जुम्ला र डोल्पामा एक÷एक आयोजना अल
काँक्रेविहार (सुर्खेत) । डोल्पाको मुडकेचुला गाउँपालिकाको इलमा निर्माण हुने जगदुल्ला जलविद्युत् आयोजना निर्माण गर्न पुनः ठेक्का आह्वान गरिएको छ । रू १६ अर्बमा आयोजनाको पुनः ठेक्का आह्वान गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए ।पहिलोपटक गत जेठ २० गते सिभिल र हाइड्रोमेकानिकलतर्फको ठेक्का आह्वान गरिएको थियो । आयोजनामा हाई हिमालयन हाइड्रो र एजिई कम्पनीको जेभी, झोङदिङ इन्टरनेसनल, पटेल इन्जिनियरिङ, लामा कन्स्ट्रक्सनलगायत सातवटा कम्पनीले आवेदन दिएका थिए । उक्त ठेक्कामा कुनै पनि कम्पनी प्राविधिक प्रस्तावमा पास नभएपछि पुस २१ गते ठेक्का रद्द गरिएको हो ।यो आयोजनाको जेठ पहिलो स
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.