काठमाडौं— प्यालेस्टिनी समाचार एजेन्सी ‘शेहाब’ले हमासले मुक्त गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ ।
जुन सूचीमा विपीन जोशीको नाम उल्लेख छैन । यस्तै अज्ञात भनिएका अर्का तमीर निम्रोदीको नाम पनि सूचीमा समावेश छैन ।
सार्वजनिक गरिएका नामहरू पहिले नै सार्वजनिक भएका २० जना जीवित रहेको भनी अनुमान गरिएका बन्धकहरूको सूचीसँग मिल्छन् ।
उनीहरु सबै इजरायली नागरिक हुन् । यी २० जनालाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ । उनीहरुलाई लिन अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको टोली गाजा पट्टी पुगेका छन् ।
यस्तो छ सूचीः
– बार कुपरस्टाइन
– एभ्यातार डेभिड
– योसेफ–चाइम ओहाना
– सेगेभ काल्फोन
– अविनातान ओर
– एल्काना बोहबोट
– म्याक्सिम हेरकिन
– निम्रोद कोहेन
– माटान जाङाउकर
– डेभिड कुनियो
– एइतान हर्न
– माटान एङ्ग्रेष्ट
– एइतान मोर
– गाली बर्मन
– जिभ बर्मन
– ओम्री मिरन
– एलोन ओहेल
– गाइ गिलबोआ–दलाल
– रोम ब्रासलाब्स्की
– एरियल कोनियो