काठमाडौँ ।इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् ।

इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र इजरायली सेनाका कमाण्डरहरूले अमेरिकामा रहेका विपिनकी आमा र बहिनीलाई तथा नेपालमा रहेका उनका आफन्तलाई विपिन जिवित नरहेको जानकारी गएको पण्डितले जानकारी दिएका छन् ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए । तर त्यसपछि उनको अवस्था अज्ञात थियो । विपिनको अवस्था पत्ता लगाउन भन्दै सरकारको पहलमा विपिनकी आमा र बहिनी यसअघि इजरायल गएर फर्किएका थिए । त्यसपछि अहिले उनीहरु अमेरिकामा छन् ।