लमजुङ— लमजुङको बेंसीशहर नगरपालिका–११, तिवारीडाँडाका यज्ञनिधि तिवारीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ। ८२ वर्षीय तिवारी आइतबार साँझतिर बाटोमा हिँड्दाहिँड्दै अरिङ्गालको झुण्डले आक्रमण गरेपछि गम्भीर घाइते भएका थिए।
घटनापछि स्थानीयले उनलाई तत्काल उद्धार गरी बेंसीशहरस्थित प्रदेश अस्पताल पुर्याएका थिए। प्रारम्भिक उपचारपछि अवस्था गम्भीर देखिएपछि उनलाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज, भरतपुर पठाइएको थियो।
उपचारकै क्रममा सोमबार बिहान ४ः३० बजे उनको निधन भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले जानकारी दिए।